इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
ओमाएमा अल नज्जर
इमान अल नफजानसँग मेरो पहिलो भेट सन् २००६ को अक्टोबर महिनामा भएको थियो । उनले ब्लगिङ र एक्टिभिज्म थालेको केही समयअघि मात्र हामी दुईबीच परिचय भएको थियो । तिनताका उनी राजा साउद बिन अब्दुलाजिज विश्वविद्यालय (केसीएयु) अन्तर्गत स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अङ्ग्रेजी शिक्षिका थिइन् । साउदी अरबको राजधानी रियादभन्दा अलि बाहिर अवस्थित साउदी अरबी राष्ट्रिय गार्ड (प्रहरी) को कडा पहराभित्र विश्वविद्यालयका कक्षाहरू सञ्चालन हुन्थे । म पनि केसीएयुको स्वास्थ्य विज्ञान प्रतिष्ठानकी विद्यार्थी थिएँ ।
एकाध भेटघाटमै उनी महिला अधिकारबारे गहिरो चासो राख्ने सशक्त विचार बोकेकी प्रगतिशील महिला भएको मैले अनुभव गरें । उनी आफ्नो कुरा प्रष्ट रुपमा बोल्न कति पनि धक मान्दिनथिन् । म अझै पनि उनले पढाएको पहिलो कक्षा सम्झन्छु । उनको पढाउने तरिका मलाई विशेष लागेको थियो । कुनै पनि छलफल गर्न सकिने विषयमा उनी हामीलाई बहस गर्न प्रोत्साहन गर्थिन्, हरेक दिन कुनै न कुनै विषयमा लेख्न अभिप्रेरित गर्थिन् । कुनै निश्चित विषयमा हाम्रो विचार खुलेर पोख्न उत्साहित गर्थिन् । साउदी अरबका विद्यालयहरूमा यस्ताखाले अभ्यास मुस्किलै मात्र देख्न–सुन्न पाइन्छ । त्यहाँ विद्यार्थीलाई आफ्नो विचार पोख्न त परको कुरा, धर्म, संस्कृति वा राजनीतिसँग जोडिएका कुनै पनि विषयमा शिक्षकसँग प्रश्न सोध्नसमेत छुट छैन । तर इमानले भने हामीलाई वाक् स्वतन्त्रता र सहिष्णुताको मूल्यबारे पढाएकी थिइन् । अनुदार वा उदार, जस्तोसुकैखाले विचार भए पनि, स्वतन्त्र रुपमा अभिव्यक्त गर्न हामीलाई हौस्याउँथिन् ।
हाम्रो परिचय भएको दुई वर्षपश्चात सन् २००८ मा इमानले कबगमष्धयmबल।mभ बाट ब्लग लेख्न सुरू गरिन् । साउदी जनताबीच सामाजिक सञ्जाल र ब्लगिङ वेभसाइट छोटो समयमै निकै लोकप्रिय बन्दै गरेको समय थियो त्यो । टीभीमा के प्रसारण गर्ने, अखबारमा के कस्ता सामग्री छाप्ने, पुस्तकालय र पुस्तक पसलका आलमारीमा के कस्ता पुस्तक राख्ने विषयमा सरकारको प्रत्यक्ष नियन्त्रण भएको साउदी अरबजस्तो ज्यादै कडा देशमा ब्लगिङ नै आफ्ना कुरा बाहिर व्यक्त गर्ने अत्यावश्यक दबु बनेको थियो ।
इमानका ब्लग छोटो समयमै निकै चर्चित बने । अन्तर्राष्ट्रिय रुपमा समेत उनका ब्लग महत्वका विषय बने । उनका ब्लग संसारभरि सबभन्दा बढी पढिने साउदी अरबको ब्लग बन्न पुग्यो । मेरो देशमा अनलाइन अभियान (एक्टिभिज्म) थालनी गर्ने सुरूका अभियन्तामध्ये इमान पनि एक जना थिइन् भन्दा अतिशयोक्ति नहोला । सामान्यतः अरूले सार्वजनिक रुपमा बोल्न डराउने विषयमा उनी बहादुरीका साथ बोल्थिन् । उनी बरोबर पुरुषसत्तावादी कानुनको खेदो खनेर ब्लग लेख्थिन् । त्यस्ता कानुनलाई उनी ‘अत्याचारी बन्दोबस्त’ भन्थिन् । उनी बालविवाहको विरोधमा लेख्थिन् । धार्मिक प्रहरीबाट हुने दुव्र्यवहारको धज्जी उडाएर लेख्थिन् । साउदी अरब सरकारले सामाजिक सञ्जालहरूमार्फत आफ्नै नागरिकमाथि गुप्तचरी गरिरहेको समेत उनी उजागर गरिदिन्थिन् ।
अङ्ग्रेजी भाषी विश्वलाई उनी साउदी अरबमा भइरहेका घटनाक्रमबारे बिना सेन्सर, मूलधारमा दुर्लभ मानिने दृष्टिकोण गहिरो किसिमले अवगत गराउँथिन् । ब्लगको संसारमा उनले आफ्नो नाम स्थापित गरिसकेकी थिइन् । पश्चिमी मिडियाहरू जस्तै गार्जियन, द न्युयोर्क टाइम्स, सीएनएन समेतले साउदी अरबका कुनै घटनाबारे धारणा बनाउन उनको सहयोग माग्थे । विद्यावारिधिको पढाई र चार बालबच्चाकी आमा भएर उनी यी सबै गतिविधि सम्हाल्थिन् ।
इमानका कक्षा वास्तवमा आँखा उघारिदिने खालका हुन्थे । उनका त्यस्तै कक्षाको प्रभाव स्वरुप मभित्र एक्टिभिज्म र ब्लगिङप्रति चासोको झिल्को बालिदियो । कुनै पनि विषयमा सार्वजनिक रुपमा बोल्न मभित्र पनि हिम्मत सल्कनथाल्यो ।
केएसएयुको विद्यार्थी भएको नाताले साउदी राष्ट्रिय सैनिक अस्पतालमा आएका विदेशी पाहुनासमक्ष स्थानीय संस्कृतिबारे प्रस्तुति दिने जिम्मेवारी कहिलेकाहीं आइलाग्थ्यो । आफ्नो प्रस्तुतिमा म प्रायशः महिलामाथिको विभेद, धार्मिक अतिवादजस्ता अप्ठ्यारा विषयहरूमा पनि बोलिदिन्थें । मेरो विचार कतिपय साउदी कर्मचारीहरूलाई अपमानजनक लाग्थ्यो, उनीहरूसँग मेरो गरामागरम बहस हुन्थ्यो । एकपल्ट त धार्मिक अध्ययनका एकजना प्राध्यापकले विश्वविद्यालयमा मविरुद्ध उजुरी गर्दा प्रशासनले ‘म आफ्नो गतिविधिमा नसच्चिए’ एल–इमाम मोहम्मद बिन साउद इस्लामिक विश्वविद्यालयमा पठाउने चेतावनीसमेत दिएको थियो । एल–इमाम विश्वविद्यालय वाहाबिज्म सम्प्रदायको चर्चित केन्द्र हो जहाँ अनुदार र कडा धार्मिक मूल्यमान्यताको अभ्यास गरिन्छ ।
तर, उनीहरूको चेतावनीले मलाई कति पनि गलाएन । सन् २०१० मा मैले पनि आफ्नै ब्लग सुरू गरेँ । आफ्नो ब्लगमा मैले धार्मिक अतिवाद र महिला अधिकारका विषयमा लेख्न थालेँ । ब्लग सुरू गरेको केही समयमा नै मलाई घृणाभावले भरिएका इमेल र धम्कीहरू ओइरिन थाले । ब्लग सुरू गरेको एक वर्षमा साउदी सरकारले मेरो ब्लग बन्द गरिदियो । न कोही पाठक न म लेखकले नै त्यो ब्लगको प्रयोग गर्न सक्ने भयौँ ।
त्यस्तो परिस्थितिमा इमानले मलाई निराश बन्नबाट जोगायो । मेरो ब्लगमाथि गरिएको ब्लक खोल्न मैले अनलाइन अभियानको थालनी गरेँ । इमानले मलाई सहयोग गरिन् । कालान्तरमा मैले पुनः मेरो ब्लग चलाउन सक्ने भएँ । तर, सरकारको कडा सेन्सरसीपका कारण मैले आफ्ना लेखनलाई केही नरम बनाउन भने म बाध्य भएँ ।
व्लगिङ र एक्टिभिज्ममा मैले वामे सर्दै गर्दा र त्यसक्रममा हाम्रो सरकारबाट दमनको सामना गर्दै गर्दा साउदी अरबमा सवारी साधन चलाउन महिलामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग सहित आन्दोलन अघि बढ्दै थियो । मेरो पुस्ताका अरू साउदी महिलाजस्तै म पनि सन् १९९० मा रियादमा ४७ जना निडर महिलाले नेतृत्व गरेको प्रतिबन्धविरोधी प्रदर्शनीबारे मलाई थाहा थिएन । साउदी सरकारले त्यो इतिहासलाई इतिहासकै कालकोठरीमा बन्द गरिसकेको थियो । त्यो घटनाबाट पे्ररित भएर साउदी अरबका अन्य महिलाले विद्रोह नगरुन् भन्ने सोच सरकारको थियो ।
तर, साउदी महिलाले विद्रोह गरे । सन् २००७ मा साउदी अरबको पूर्वीय प्रान्तका विख्यात अभियन्ता वाजेहा एल–हुवान्डरले सवारी साधन चलाउन साउदी महिलामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न माग गर्दै हस्ताक्षर सड्ढलन गरी साउदी सरकारसमक्ष बुझाउने हिम्मत गरिन् । सन् २००८ को अन्तर्राष्ट्रिय महिला दिवसको दिन उनी आफैले गाडी चलाउँदै गरेको भिडियो सार्वजनिक गरिन् । युट्युबमा त्यो भिडियो सार्वजनिक भयो । त्यस्ता गतिविधिका कारण उनलाई गिरफ्तार गरियो र दुःख दिइयो ।
सन् २०११ मा मनाल एल–सरिफले वाजेहा एल–हुवान्डरकै बाटो पछ्याउँदै आफूले गाडी चलाउँदै गरेको भिडियो युट्युबमा राखिन् । तर यो पटक परिस्थिति अलि बेग्लै भइसकेको थियो । अरब देशहरूमा अरब क्रान्तिको आगो सल्किरहेको थियो । सवारी साधन चलाउन सरकारले साउदी महिलामाथि लगाइरहेको प्रतिबन्धविरुद्ध मनालको अभियानले साउदी युवामा गहिरो प्रभाव पार्न सफल भयो ।
प्रतिबन्ध फुकाउने विचारप्रति साउदी जनताको बढ्दो समर्थनबारे हेक्का नभएको सरकारले मनाललाई गिरफ्तार गरेसँग उनीहरूको बोली बन्द गर्न सकिने सोच्यो । तर उनीहरूको अपेक्षा गलत थियो । प्रतिबन्धविरोधी आन्दोलनले गति लियो । साउदी अरब र अन्तर्राष्ट्रिय रुपमा यसले सबैको ध्यानाकर्षण ग¥यो । सन् २०१३ मा इमान र केही अरू महिला र पुरूष मिलेर अक्टोबर २६ का दिन सवारी साधन चलाएर प्रतिबन्धको विरोध गर्न आह्वान गरे ।
मैले पनि प्रतिबन्धविरोधी अभियानप्रति ऐक्यबद्धता जनाएँ र सहयोग गरेँ । मसँगै मेरा केही साथी पनि यसमा लागेका थिए । सरकारको दबाबका कारण उक्त दिन सो कार्यक्रम त भएन । तर इमानले सो आन्दोलनमा सामुदायका नेताहरू, धार्मिक नेताहरू, सामाजिक सञ्जाल प्रयोगकर्ता र लेखकलाई सहभागी बनाएर त्यसको आकारलाई अझ व्यापक बनाउन सफल भइन् ।
इमान कोही पनि अभियन्तालाई सरकारले गिरफ्तार गरे तिनलाई रिहा गराउन र उनीहरूमाथि सरकारले गरेको अत्याचार प्रकाशमा ल्याउन सक्रिय हुने गर्थिन् । मनाल एल–शरिफ, लौजेन अल्हाथोलोल, माया अलामोदालगायतलाई साउदी सरकारले गिरफ्तार गर्दा उनले यसरी नै भूमिका खेलेकी थिइन् ।
इमानले साउदी अरबका महिलामा सवारी साधन चलाउन लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने विषयलाई सार्वजनिक बहसमा ल्याइन् र प्रतिबन्ध फुकाउन भएको आन्दोलनको बाटो अझ फराकिलो बनाइन् ।
सन् २०१८ को मे महिनामा इमानलगायत दर्जनौं साउदी महिला अधिकारकर्मीलाई साउदी सरकारले गिरफ्तार गरेको छ । गिरफ्तारीपश्चात् उनीहरूविरुद्ध सरकार स्वयम् उनीहरूको बदनाम गर्ने अभियानमा लागिपरेको छ । ती महिलाहरूमाथि विद्युत्तीय झट्का लगाउने, सुत्न नदिने, यौन दुराचार गर्ने र बलात्कार तथा मारिदिनेसम्मका धम्की दिएको समाचार बाहिर आएपछि साउदीका धेरै अभियन्ताहरू ‘चुपचाप भूमिगत’ जाने निर्णयमा पुगेका छन् ।
गत अक्टोबर महिनाको सुरूमा पत्रकार जमाल खासोस्गीको हत्याको खबर विदेशमा भाग्न सफल धेरै साउदी अभियन्ताको लागि पनि डरलाग्दो समाचार बनेको छ । आज विदेशमा बसेका साउदी समुदायलाई समेत आतड्ढले लघारेको छ । तथापि हामीमध्ये अधिकांशले बोल्न नछोड्ने निर्णय गरेका छौँ । साउदी सरकारको बर्बर गतिविधिविरुद्ध अभियान जारी राख्ने निधो गरेका छौँ ।
संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबलाई मानवअधिकार उल्लङ्घनका गतिविधि जारी राख्ने अनुमतिपत्र दिए पनि इमानको रिहाइको लागि हामी सबैले अभियान जारी राख्नेछौँ । डोनाल्ड ट्रम्पले जस्तै अन्तर्राष्ट्रिय समुदायले साउदी सरकारलाई मानवअधिकार हननको अनुमति पत्र प्रदान गर्न हुन्न । साउदी अरबका राजनीतिक बन्दीहरूलाई भेट्न र उनीहरूमाथि कुनै पनि प्रकारको दुव्र्यवहार तत्काल रोक्न संयुक्त राष्ट्र सङ्घको मातहतमा एउटा स्वतन्त्र समिति गठन गरी तुरुन्तै कार्वाही अघि बढाउनुपर्दछ । राजनीतिक बन्दीको निष्पक्ष छानबिन वा उनीहरूको अधिकार रक्षाको सन्दर्भमा साउदी सरकारलाई विश्वास गर्न सकिन्न ।
साउदी महिलाको अधिकारका लागि निडर भई निस्वार्थभावका साथ लडेका इमान र अरू अभियन्तालाई सहयोग गर्न संसारले न्यूनतम गर्न सक्ने काम यिनै हुन् ।
यसैबीच मलगायत विदेशमा बसेका अरू साउदी अरबी अभियन्ताहरूले साउदी सरकारको क्रुरता उदाङ्ग्याउन छोड्ने छैनौं । आफ्नै देशबासीविरुद्ध नियमित रुपमा साउदी सरकारले गर्ने अपराध संसारसामु ल्याउन हामी पछि हट्नेछैनौं ।
लेखिका ओमाएमा अल नज्जर साउदी ब्लगर र अभियन्ता हुन् ।
स्रोतः अल जजिरा
नेपाली अनुवादः सुशिला
Leave a Reply