भर्खरै :

यस्तो भएको प्रतिफल ?

भैरव रिसाल
गएको साता नेपाल धर्मान्धता, धर्मान्तरण एवम् एउटा विवादास्पद र्धािर्मक संस्थाबाट सोही धर्मको अभिषेक तथा आशीर्वाद बटुल्दैमा राष्ट्र समृद्धिको अभियानमा लाग्न भ्याएन । विद्यमान प्रधानमन्त्री खड्गप्रसाद (केपी) शर्मा ओली त उक्त अभियानलाई सफलताको सगरमाथाको समीटमै उभ्याउन समर्पित नै देखिए । प्रधानमन्त्रीको सुरक्षित एवम् सम्पूर्ण सुविधा र सुरक्षालाई समेत त्यागेर यही खाल्डोको एउटा सबैतारे होटेल – होटेल सोल्टीमा बसाई नै सरे तीन दिनसम्म । हाम्रा महामहिम प्रधानमन्त्री ‘सम्माननीय’ त छन् छन् परन्तु स्वास्थ्यमा निकै कमजोर पनि छन् । उनको औषधि सेवन तथा खानपानको नियमिततामा यत्किञ्चित पनि तल–माथि प¥यो भने परिणाम गम्भीर हुने खतरा स्पष्ट नै छ । यी यस्ता गम्भीर खतरालाई समेत उपेक्षा गरेर ओली सोल्टीकै आश्रित भए । उनका आफ्ना मान्छेले यो हठ रोक्नु पथ्र्यो । रोकेनन् वा सकेनन् । ओलीको हठ्ता र आत्मबलले योपल्ट तत्काल उम्के गम्भीर खतराबाट । बधाई छ । स्वास्थ्य नबिग्रियोस् कामना !
यति लम्पट भएको किन ?
दक्षिण कोरियामा मूल घर भएको, ‘युनिफिकेसन चर्च’ का अधिपति सङ म्यङ मुन होटेल, उद्योग सञ्चारमाध्यम, उद्योग र साना हतियार उत्पादन कम्पनीजस्ता उद्योगबाट आर्जित सम्पत्ति लगानी गरी, प्रयोग गरी आफू र आफ्नी धर्मपत्नी हाक जा हान मुनलाई श्री जिससले नै पठाएको पिता–माताको रूपमा स्थापना गर्दै आएका रहेछन् । श्रीमान् मुन ६ वर्षअघि नै बितेछन् । १४ सन्तान जन्माएकी, जीवित १० छोराछोरीकी आमा श्रीमती हाक जा हान युङ अहिले सो चर्चकी सर्वेसर्वा रहिछन् । उनी अहिले आफूलाई उनको सम्प्रदाय मान्ने यावत अनुयायीहरूकी आमा हुँ भन्दा गर्व गर्छिन् । यता हाम्रा बहालवाला प्रधानमन्त्री ओली, निवर्तमान प्रधानमन्त्री माधवकुमार नेपाललगायत नेपालका धेरै विशिष्ट व्यक्तिहरूले श्रीमती हाकको मातृत्व सार्वजनिकरूपमै स्वीकारेर एउटा रोचक नाटक नै मञ्चन गरे । यी त भए उहाँहरूका सक्कली परिचय । मैले यहाँ उठाउन लागेको मुद्दा नेपालीलाई सुखी बनाउन प्रधानमन्त्री ओलीले प्रारम्भ गर्नुभएको समृद्धिको अभियान नै रोकियो गत साता भन्ने हो । सोल्टी प्रवासबाट प्रधानमन्त्रीले चलाउनु भो कि समृद्धिको अभियान पनि त्यो त थाहा भएन ! किन यतिविधि लम्पट भएको त्यता ?
सहआयोजक राष्ट्रहितविपरीत
धर्मान्तरण गर्ने धर्मान्धता समाजमा पस्यो भने मेरो विचारमा देशको भलो गर्दैन । संसारमा यो प्रमाणित भइसकेको छ धर्मान्धताले देशको प्रगति किमार्थ हुँदैन भलै धर्मान्तरण गर्न उद्यतहरूको भलो भएको हुनसक्छ । नेपाली समाज त्यसै पनि अन्धविश्वासमा जेलिएको छ । त्यसमा पनि शासक पार्टीका प्रशासक र शासकहरू यस्ता गतिविधिमा लागेकोले यो अन्धविश्वास अरू फराकिलो त हुने होइन कतै भन्ने शङ्का हुन लागेको छ । हालै काठमाडौँमा आयोजित एसिया प्रशान्त शिखर सम्मेलनको आवरणमा कम्युनिष्टविरोधी एउटा चर्चले चमत्कारै पो त ग¥यो ! त्यो चर्चको प्रभावकारिता कति रहेछ भन्ने एउटा प्रक्षेपण हुनसक्छ तर त्यो त्यति सत्य होइन रहेछ । उक्त शीर्ष सम्मेलनमा ४५ देशबाट १५ सय मान्छे सहभागी हुन आउनु त्यो संस्थाको आमन्त्रणभन्दा नेपाल सरकारको निम्तो प्रमुख कारण रहेछ । भारतका पूर्व प्रधानमन्त्री एच डी देवगौडा नेपाल सरकारको निमन्त्रणा पाएर मात्र आएका रहेछन् । उक्त शीर्ष सम्मेलनको गुदी थाहा पाएपछि लगत्तै स्वदेश फर्किहालेका रे ! धर्म र सम्प्रदायका अन्तरका कारण धार्मिक एवम् साम्प्रदायिक दङ्गा नभएको समावेशी समाजवाला नेपालमा यस्ता अनुष्ठानमा सरकार स्वयं संलग्न हुनु, सहआयोजक हुन तम्सनु राष्ट्रहितविपरीत होइन र ?
अस्तिका चोखा पनि फसिसकेका !
सरकार यस्ता गतिविधिमा निमग्न हुनलाग्दा देशका देशभक्त प्राध्यापक तथा बौद्धिक समुदाय आगो हुनुपर्ने होइन र ? अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका नाममा धर्म एवम् सम्प्रदायसँग आबद्धहरूले थैलाभरि धन ल्याएर शान्तिपूर्ण सहअस्तित्वमा रहँदै आएको नेपाली समाजमा अनेकथरि खैलाबैला उमार्न गलत तत्व एवम् शक्ति ढुकिराखेको हुन्छ । त्यस्तो तत्वले सरकारलाई समेत मन्त्रमुग्ध पारी हालैका जस्ता अन्य आयोजना पनि आयोजित गराउने चेष्टा भोलि पनि हुनसक्छ, पर्सि पनि हुनसक्छ । यस्ता अवाञ्छित गतिविधि हुन नदिन कम्तिमा प्राध्यापक, डाक्टर, बुद्धिजीवी त एक गोल हुनुपर्ने होइन र ? नेपाली माटो शान्त छ, यो बुद्ध जन्मिएको देश हो भनी बाह्य शक्ति जुर्मुराउन लाग्दा एकदमै चनाखो हुन जरूरी छ । आज यही चर्चित युनिफिकेशन चर्चले जे नाममा भए पनि नेपालमा आँखा गाडेको रहेछ र गत जुलाइमा एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलनको नाममा अस्तिको सम्मेलनमा अनुपस्थित नेताहरूलाई पनि फसाइसकेको रहेछ ।
धर्मान्धता कि धनान्धता ?
आज विकास भनेको भौतिक निर्माण र दृश्य स्वरूपमात्र हो भन्नेजस्ता भ्रम सिर्जना गरी आम मानिसलाई दिग्भ्रमित पार्ने कुचेष्टा भइरहेका छन् । यस्ता प्रदूषणले आम मान्छेको दृष्टिकोण नै सामाजिक, शैक्षिक, राजनीतिक एवम् विविध सांस्कृतिक पाटाहरूको विकास तथा निरन्तरतामा कालो छाया पर्न सक्छ । सरकारको नेतृत्व गर्ने पार्टी आफूलाई कम्युनिष्ट भन्ने दावी गर्छ, परन्तु कामकारबाही भने युनिफिकेसन चर्चको कामलाई विभिन्न आवरणमा बेरबार गरेर विदेशी प्रतिक्रियावादको अभिष्टका निम्ति राष्ट्रका सम्पूर्ण काम ठप्प पारी २४ सै घण्टा त्यतै लाग्छ । यस्ता क्रियाकलापहरूबाट राष्ट्रको हित कसरी होला ? विदेशी शक्ति त्यो धर्ममा आधारित र साना हातहतियार उत्पादन गरी बिक्री गरेको समेत रकमबाट सञ्चालित संस्था कस्तो होला ? त्यस्ता प्रदूषित संस्थाको लगानीमा आयोजित अनुष्ठान कति चोखो होला र परिणाम कति उपयोगी आउला !? पवित्र जलसेचन, जिससकी तथा कथित छोरीबाट पाएको आशीर्वाद कति फलदायी होला !? यस्ता प्रश्न धेरै उठे मनमा । तपाईँ सहभागी माधवकुमार नेपाललगायतका मनमा साँच्चै यस्ता प्रश्न उठेनन् ? कस्तो धर्मान्धता । धनान्धता नै भनौँ भने प्रमाण माग्नुहोला । प्रमाण छैन त !
यो प्रश्न रिसले होइन
प्रधानमन्त्री केपी शर्मा ओलीज्यूसँगका जिज्ञासा – विदेशीबाट मानपद्वी, सम्मान र विभूषण ग्रहण गर्न हाम्रो समाजवादउन्मुख गणतन्त्र नेपालको संविधानमा किटानी साथको व्यवस्था छ । त्यो पक्कै पनि थाहा होला यहाँलाई । यो पनि थाहा होला नेपालको विभूषणबारे ऐनले के व्यवस्था गरेको छ र के प्रावधान राखेको छ । ‘सम्माननीय’ प्रधानमन्त्रीज्यूले अवार्ड हात थाप्दा र पदक गलामा थाप्दा ती प्रावधान याद आए कि आएनन् ? त्यत्रा थुप्रा सल्लाहकार छन् । उनीहरूले पनि त्यसरी हात र गला थाप्न हुने नहुने केही भनेनन् ? कि त्यो कष्ट नै गरेनन् ती महानुभावहरूले ? अन्यथा त्यसै हात र गला थाप्न हुन्थ्यो कि हुँदैनथ्यो ? एउटा जिज्ञासा मात्र हो एक नागरिकको । विरोध गर्न यसो लेखिएको होइन, रिसानी कत्ति पनि नहोला ! त्यत्रो रकम पुरस्कार पाउनु भा छ । त्यो पैसा पनि आफूले लिनु भएन छ त ! अरूहरूको कल्याणका लागि त्यति नै रकम सरकारका तर्फबाट थपी प्रधानमन्त्री कोष नै खडा गर्नुभएछ । अब किन र केका लागि रिस र डाहा ?
जनताबाट राजनीति खोसिएला ?
राजनीतिलाई देशले नै उच्च स्थानमा राख्न छोडेजस्तो छ । देशको मूल जरो वा तत्व भनेको त राजनीति नै हो, होइन र ? देशको राजनीति कमजोर भो भने, राजनीति स्पष्ट भएन र दिशाहीन भयो भने के हालत होला देशको ? राष्ट्रको राजनीति तन्दुरूस्त, स्पष्ट र सशक्त हुनुपर्छ । जनताले राजनीतिको गुह्य बुझ्यो भने राजनीतिलाई शुभलाभमा प्रयोग गर्न पाइँदैन भनी एक शक्ति राजनीतिलाई खुम्च्याउने, साँघुरो पार्ने र थोरैको खेलको हतियार बनाउने प्रपञ्च रच्दैछन् । आम र सर्वसाधारण जनतामा, हुँदा खाने जनतामा राजनीतिक चेतना पुग्यो भने हुने खाने वर्गको शक्ति सङ्कुचन हुनेमात्र होइन निःशस्त्रसमेत भएको ठान्ने एउटा वर्ग छ । त्यो वर्ग आफूलाई सुकिलो ठान्छ, चतुर पनि ठान्छ । यो वर्गको छायाबाट शिक्षाजस्तो पावन ठाउँ पनि मुक्त हुन सकेन । यो शोषक वर्ग यस्तो हलुकासँग प्रवेश गर्छ, सोझो आँखाले पत्ता लगाउनै सकिँदैन । केही वर्षदेखि विश्वविद्यालयहरूमा राजनीतिशास्त्र अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या घटिरहेको छ । राजनीति गर्नेहरू अब राजनीतिशास्त्र नपढेका हुनेछन् । अहिल्यै पनि संसद्मा राजनीतिशास्त्र अध्ययन गरेका, उक्त विषयमै स्नातकोत्तर वा विद्यावारिधी गरेका सांसद छैनन् वा अत्यन्त न्यून सङ्ख्यामा छन् । यसको तात्पर्य राजनीतिको लगाम गैरराजनीतिक मान्छेको हातमा पुग्छ । अनि मुलुकको राजनीतिक घोडा चढ्न नजान्नेले घोढा चढेजस्तो हुनजान्छ, दुर्घटना हुनसक्छ । तसर्थ राजनीतिशास्त्र पढ्न जोड दिनु जरूरी छ ।
हो, अस्तिको आशीर्वादको प्रतिफल ?
घुमिफिरी रूम्जाटार भनेझैँ फेरि पसौँ एसिया प्यासिफिक समिटतिरै । साँच्चै सो सम्मेलनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा कुलक्षण देखिन थालिसक्यो । नेकपाको गएको शनिबार बोलाइएको सचिवालय बैठक चार ठूला हस्ती भनिनेहरूले बहिष्कार गरे । बोलाएको समयमा बैठक बसेनमात्र भनेनन् ती हस्तीहरूले । उनीहरूले त हामीलाई वास्तासम्म पनि गरिएन, बैठक हुने नहुने नि भनिएन, उपेक्षा गरियोसम्म भने । आधा घण्टा कु¥यौँ, कुनै अन्य खबर नभएपछि फक्र्यौँ भने । यसअघि नै पार्टीले बोलाएको समत्न्दा १५ मिनेटभन्दा बढी नपर्खने भन्ने निर्णय नै छ रे ! बोलाउने पक्षले पनि ढिला भएको थिएन उहाँहरू हिँडिहाल्नु भएछ भनी स्पष्टीकरण दिए । यो रडाको कतै एसिया प्यासिफिक समिटको हालैको अभिषेक र आशीर्वादको प्रतिफल त होइन ?
२३ मंसिर २०७५

Leave a Reply

Your email address will not be published. Required fields are marked *