तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काठमाडौँ, २८ मंसिर । नेपाल क्रान्तिकारी मजदुर सङ्घ केन्द्रीय समितिको पूर्ण बैठक शुक्रबार सुरू भयो ।
बैठकमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले मजदुर आन्दोलन अघि बढाउन र मजदुर सङ्गठन गर्न मजदुरहरूको समस्याबारे राम्रो अध्ययन र जानकारी हुनुपर्ने बताउनुभयो ।
मजदुर सङ्गठनका कार्यकर्ताले ऐन–कानुन, अर्थशास्त्र, इतिहास, विश्वका मजदुर आन्दोलन आदिबारे अध्ययन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
श्रमजीवी वर्गको पक्षमा गरिने कुनै पनि आन्दोलन र सङ्घर्ष सहज नहुने प्रकाश पार्नुहुँदै अध्यक्ष रोहितले पुँजीवादी व्यवस्थाले जन्माउने विकृतिबारे मजदुर कार्यकर्ता सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“शोषक वर्गले जतिसुकै रोक्न खोजे पनि वर्तमान अन्यायपूर्ण पुँजीवादी व्यवस्थाको अन्त्य अवश्यम्भावी छ ।”, अध्यक्ष बिजुक्छेंले भन्नुभयो ।
राजनीतिक पार्टीलाई चुनावी परिणामको आधारमा नभई त्यसले अघि सारेको विचार र सिद्धान्तको आधारमा मूल्याड्ढन गर्नुपर्ने प्रस्ट पार्नुहुँदै उहाँले पुँजीवादी निर्वाचन भनेको शोषक वर्गको पैसा र शक्तिको प्रतिस्पर्धा हुने धारणा राख्नुभयो ।
बैठकमा श्रम ऐन २०७४ र सामाजिक सुरक्षा कोष, न्यूनतम पारिश्रमिक आदिबारे छलफल भएको थियो । शनिबारसम्म चल्ने बैठक सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालको अध्यक्षतामा बसेको थियो ।
Leave a Reply