भर्खरै :

ए डिभिजन लिग : थ्री स्टार विजयी

काठमाडौँ, २९ मङ्सिर : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज भएको खेलमा थ्री स्टार क्लब विजयी भएको छ ।
हल्चोकस्थित शसस्त्र प्रहरीको खेलमैदानमा भएको खेलमा मछिन्द्र क्लबलाई १–० गोलले पराजित गर्दै थ्रंी स्टारले महत्वपूर्ण तीन अङ्क जोडेको छ । थ्री स्टारको जितमा एक मात्र गोल रञ्जित धिमालले खेलको १२ औँ मिनेटमा पेनाल्टीमार्फत गरेका थिए ।
थ्री स्टारका मिडफिल्डर निराजन खड्काले प्रहार गरेको बल मछिन्द्रका डिफेन्डर अञ्जन देवकोटाले हातले रोकेपछि थ्री स्टारले पेनाल्टी पाएको थियो । पेनाल्टीलाई धिमालले गोल गरेका हुन् । जितपछि थ्री स्टारले आठ खेलबाट २१ अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । मछिन्द्र तीन अङ्कसहित तालिकाको १३ औँ स्थानमा छ ।
आठाँै चरणका खेल सकिए
यसैबीच आजदेखि जारी लिगमा आठौँ चरणका खेलहरु सकिएका छन् । आठौँ चरणसम्म आइपुग्दा मनाङ शत प्रतिशत नतिजासहित २४ अङ्कका साथ लिगको शीर्ष स्थानमा छ । मनाङलाई थ्रीस्टार र सङ्कटाले पच्छ्याइरहेका छन् । थ्री स्टार र सङ्कटाको समान २१÷२१ अङ्क छ । उनीहरु अङ्क तालिकाको क्रमशः दोसो र तेस्रो स्थानमा छन् ।
 

च्यासल युथ क्लब विजयी

 शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा च्यासल युथ क्लब विजयी भएको छ ।
आज सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा ब्रिगेड ब्वाइज क्लबललाई २–० गोलले पराजित गर्दै जारी लिगमा च्यासलले चौथो जित निकालेको हो ।
च्यासललाई जित दिलाउन सन्तबहादुर गुरुङ र सञ्जोक राईले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुई गोल गर्दै च्यासलले जित निकालेको हो ।
खेलको ६५ औँ मिनेटमा सन्तले गोल गर्दै च्यासललाई शुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८२ औँ मिनेटमा सञ्जोकले गोल गर्दै च्यासललाई २–० को जित दिलाए । खेलमा च्यासलका सञ्जोक राई म्यान अफ दि म्याच घोषित हुँदै रु १० हजार प्राप्त गरे ।
जितसँगै च्यासलले आठ खेलबाट १३ अङ्दै लिगको पाँचौ स्थानमा उक्लिएको छ । ब्रिगेड ब्वाइज आड खेलबाट चर अङ्क जोडेर १२ आँै स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *