तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काभ्रे, २९ मंसिर । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ काभ्रे जिल्ला समितिको आयोजनामा दुईदिने आवासीय कार्यशाला गोष्ठी बनेपामा सम्पन्न भयो । गोेष्ठीको अन्तिम दिन शनिबार नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेश ३ का सभासद् सृर्जना सैंजूले नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घमा अग्रजहरूले असल संस्कार दिएर हुर्काउने गरेको अनुभव सुनाउनुभयो ।
राजनीति भनेको देश र जनताको सेवा गर्नु हो, पाठ्यपुस्तक सँगसँगै पार्टी प्रकाशनको अध्ययनले विद्यार्थीहरूलाई ऊर्जा प्रदान गर्छ ।” उहाँले बताउनुभयो । शासकहरूले समृद्धिको सपना बाँडे, भात खानलाई चिन्ता लिनुपर्दैन भने तर व्यवहारले जनतालाई करको भार थपेर र किसानको जग्गा हडपेर गाँस खोसिरहेको अतिथि सैंजुले बताउनुभयो ।
गोष्ठीमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजुले सङ्घको विधान र नेक्राविङ्घको इतिहासबारे प्रशिक्षण दिनुभएको थियो ।
गोष्ठीको अघिल्लो दिन मंसिर २८ गते नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला समितिका अध्यक्ष कृष्णकुमार वैद्यले नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घमा आबद्ध विद्यार्थीहरूको सैद्धान्तिक स्तर अभिवृद्धिका लागि पाँच वर्ष अघिदेखि गोष्ठीको सुरुवात गरेको बताउनुभयो ।
नेमकिपा काभ्रेका सल्लाहकार नारायणबहादुर दुुवालले विद्यार्थीहरूले देशको वर्तमान अवस्थामा आ–आफ्नो ठाउँबाट कामदार वर्गको हितमा योगदान गर्नुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ काभ्रेका अध्यक्ष तारा तामाङको सभापतित्वमा भएको गोष्ठीमा नेमकिपा बनेपा नगर समितिका सदस्य सत्यनारायण श्रेष्ठ, नेक्राविसं काभ्रेका उपाध्यक्ष तारा न्यौपाने, सचिव होइसेल तामाङले पनि बोल्नुभएको थियो ।
Leave a Reply