भर्खरै :

नेमकिपा वीरेन्द्रनगर नगर समिति सुर्खेतको चौथो नगर भेला

सुर्खेत, २९ मंसिर । नेमकिपा वीरेन्द्रनगर समितिको चौथो नगर भेला शनिबार सम्पन्न भयो ।
भेलामा नेमकिपा वीरेन्द्रनगर समितिका अध्यक्ष एवं कार्यवाहक जिल्ला अध्यक्ष हरिबहादुर बोहराले पार्टी कार्यकर्ताहरूले हालको पुँजीवादी व्यवस्थामा समाजमा हुने शोषण, दमन, अन्याय, अत्याचार, भ्रष्टाचार, कालाबजारी र बलात्कारजस्ता जघन्य अपराधविरूद्ध खबरदारी गर्दै जनतालाई राजनीतिक रुपमा सचेत पार्न क्रियाशील हुनुपर्ने बताउनुभयो ।
भेलामा धनेन्द्र विक, प्रकाश शाही, तुल्सी खड्का, गोविन्दनाथ योगी, हस्तबहादुर सांवद तथा खेमराज कँडेलले पनि बोल्नुभएको थियो । भेलाले शेरबहादुर शाहीको अध्यक्षतामा ९ सदस्यीय वीरेन्द्र नगर नगर समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *