संरा अमेरिकी गृहमन्त्रालय पेन्टागन र वातावरणीय परिवर्तन
- भाद्र २३, २०८३
-अदम्य अर्याल
एमालेको मेची–काली अभियानका क्रममा सोमबार सप्तरीमा एकजना सर्वसाधारणको गोली लागी मृत्यु भएको छ । घटनामा प्रहरीले आफ्नो तर्फबाट गोली नचलेको आधिकारिक रुपमा बताइसकेको छ । शान्ति सुरक्षाको क्रममा गोली हान्ने आदेश दिने अधिकार प्रमुख जिल्ला अधिकारीलाई मात्र हुन्छ । प्रजिअले सो विषयमा केही बोलेका छैनन् । तसर्थ त्यो गोली प्रहरीबाटै हानिएको हो भन्ने विषयमा अझै स्पष्ट भइसकेको छैन । सञ्चारमाध्यमहरुका अनुसार सशस्त्र प्रहरीले सो गोली चलाएको हुन सक्छ । कदाचित सशस्त्र प्रहरीले गोली चलाएको भए पनि त्यहाँको स्थिति गोली चलाउन पर्ने थियो वा थिएन ? यो आजको सन्दर्भमा कम महत्वको प्रश्न पक्कै होइन ।
खुला सीमाना जोडिएको जिल्ला र पारिको अपराधिक रेकर्डको आधारमा पनि घटनाक्रमलाई बुझ्न जरुरी छ । नेपालमा अस्थीरता चाहने र मधेसी जनताबीच उत्तेजना फैलाउन चाहने शक्ति यसमा प्रत्यक्ष लागेको हुनसक्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न ।
कैलालीको घटनाको सापेक्षमा विषयवस्तुलाई बुझ्न जरुरी छ । कैलाली घटना हुनुपूर्व मधेसी नेताहरुले जनताबीच उत्तेजना फैलाउन गरेको भाषण, आन्दोलनकारीहरुले हातहतियार बोकेको अवस्थामा प्रहरी लगभग निहत्था फिल्डमा उत्रनु, प्रतिरक्षाको अवस्थामा सशस्त्रले गोली नहान्नु आदिका कारण त्यो दुःखद् घटना हुन पुग्यो । सप्तरीमा चलेको गोली सुरक्षाकर्मीबाटै भएको हो वा होइन, अनुसन्धानको विषय हो । खुला सीमाना जोडिएको जिल्ला र पारिको अपराधिक रेकर्डको आधारमा पनि घटनाक्रमलाई बुझ्न जरुरी छ । नेपालमा अस्थीरता चाहने र मधेसी जनताबीच उत्तेजना फैलाउन चाहने शक्ति यसमा प्रत्यक्ष लागेको हुनसक्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न ।
तराईका जनतालाई अनावश्यक रुपमा उत्तेजनामा ल्याउने काम मधेसी दलका नेताहरुबाट भइरहेको आजको कुरा होइन । तराईका कुनै पनि भूभागमा गएर नेपालका कुनै पनि राजनीतिक दलले आफ्नो विचार जनताबीच राख्न पाउनु संविधानप्रदत्त अधिकार हो । जसरी आज तराईमा कथित मधेसी मोर्चाका मानिसहरुले एमालेको कार्यक्रम विथोल्ने प्रयास गरे र केही समयअघि नेपाल मजदुर किसान पार्टीको कार्यक्रममा अवरोध भयो, त्यही तरिकाबाट नेपालको कुनै भूभागमा आफूलाई तराईवादी भन्ने दलहरुलाई निषेध गरेको खण्डमा कस्तो परिणाम आउला ?
रगत बग्नु दुःखद कुरा हो । निसन्देह व्यक्तिको हत्या नराम्रो कुरा हो । तर त्यसको अर्थ आत्मसमर्पण अझ डरलाग्दो कुरा हो । लोकतन्त्र र देशको सार्वभौमिकतामाथि भइरहेका हमलालाई रगत बग्ने डरले टाउको झुकाउनुले अझ गलत स्थानमा पु¥याउनेमा कुनै द्विविधा छैन ।
पक्कै पनि यसबाट आउने परिणाम भयावह हुनेछ । तराईका दलहरु आफ्नो धारणालाई नै अन्तिम सत्य मानेर अरुमाथि गरिरहेको निषेधको व्यवहार अलोकतान्त्रिक कदम हो । जुनसुकै दलले गरेको भए पनि निषेधको राजनीतिले लोकतन्त्रलाई कमजोर बनाउनेछ । मधेसी दलहरुले तराईमा कुनै पनि दलमाथि गर्ने निषेधको राजनीतिले अन्ततः लोकतन्त्र कमजोर बनाउनेछ । के मधेसी दलहरु लोकतन्त्रविरोधी हुन् ?
रगत बग्नु दुःखद कुरा हो । निसन्देह व्यक्तिको हत्या नराम्रो कुरा हो । तर आत्मसमर्पण अझ डरलाग्दो कुरा हो । लोकतन्त्र र देशको सार्वभौमिकतामाथि भइरहेका हमलालाई रगत बग्ने डरले टाउको झुकाउनुले अझ गलत स्थानमा पु¥याउनेमा कुनै द्विविधा छैन ।
एमालेले आज तराईमा गरेको अभियानलाई एकै गोलीका कारण रोक्नु गलत हुनेछ । अहिलेका प्रधानमन्त्री र उनका कार्यकर्ताहरुलाई पक्कै थाहा हुनु पर्दछ–राजनीतिक सङ्घर्ष कसैको गोलीका कारण रोकिने गर्दैन, जसरी माओवादी सशस्त्र लडाई रोकिएको थिएन ।
तसर्थ गोली र रगत देखाएर न त एमालेले यो अभियान रोक्नु ठिक हुनेछ न त प्रधानमन्त्रीले यही कारण प्रतिपक्षको अभियानमाथि हिलो छ्याप्न मिल्छ ।
Leave a Reply