भर्खरै :

अल्बाको सम्मेलनमा चाभेजको सम्झना

काराकस, ३ मार्च । हाम्रो अमेरिकाका जनताको बोलिभारियाली मोर्चा(अल्बा)को आसन्न १४ औं शिखर सम्मेलनलाई भेनेजुयलाले आफ्ना दिवंगत राष्ट्रपति ह्युगो चाभेजको स्मृति दिवसको रुपमा मनाइँदै गरेको त्यहाँका संस्कृति मन्त्री एडन चाभेजले भनेका छन् ।
ल्याटिन अमेरिकाबीचको एकता तथा दक्षिण–दक्षिण सहकार्यलाई प्रोत्साहन गर्ने हेतुले चाभेजको पनि पहलकदमीमा स्थापना भएको अल्बाको यो आइतबारबाट शुरु भएको सम्मेलनलाई चाभेजको निधनको चौथौं वर्षको स्मृति दिवसको रुपमा मनाइयो ।
चाभेजप्रतिको सम्मानमा २ सयभन्दा बढी अन्तर्राष्ट्रिय पाहुनाहरु भेनेजुयलामा भेला भएका छन् । स्मृति कार्यक्रम मार्च महिनाको १५ तारिखसम्म मनाइने बताइएको छ ।
निर्धारित कार्यतालिकाअनुसार चाभेज र साम्राज्यवादविरोधी संघर्षमा पु¥याएको योगदानबारे बहस गर्ने कार्यक्रम समावेश गरिएको छ । चाभेज दक्षिण अमेरिकाको विकासका लागि सबभन्दा ठूलो अवरोध साम्राज्यवाद भएको विचारका पक्षपाती थिए ।
अल्बा सन् २००४ मा उर्जा र व्यापारलगायतका क्षेत्रहरुमा अन्तरक्षेत्रीय मोर्चा र सहकार्यलाई विकास गरेर पश्चिमा सहायतम ा कम भर पर्ने लक्ष्यका साथ स्थापना भएको थियो ।सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *