मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
भक्तपुर, ७ पुस । भक्तपुरको प्रसिद्ध नवदुर्गा जात्रा शनिबारबाट मध्यपुर ठिमीमा सुरू भएको छ । विगत १० वर्षअगाडिबाट बन्द भएको उक्त जात्रा यस वर्षबाट पुनः सञ्चालनमा आउने भएको छ ।
नवदुर्गा गण र मध्यपुर नगरपालिकाको मेयरको सक्रियतामा सुरू भएको जात्रा व्यवस्थापन गर्न नवदुगा गणको तर्फबाट ७ सदस्यीय र मध्यपुर नगरपालिकाको तर्फबाट ७ सदस्यीय गरी संयुक्त रूपमा जात्रा व्यवस्थापन समिति गठन गरिएको छ ।
मध्यपुर नगरपालिकाको नगदेश, बोडे र ठिमीका विभिन्न टोलमा सञ्चालन हुने उक्त जात्रा योमरी पुन्हीको दिनदेखि सञ्चालन भई बारअनुसार ७ देखि ८ दिन सञ्चालन हुनेछ ।
Leave a Reply