बाल विकास सहजकर्ताहरूद्वारा नगर प्रमुखको ध्यानाकर्षण
- असार २, २०८३
सुर्खेत, ८ असोज । नेपाल मजदुर किसान पार्टी सुर्खेत जिल्ला समितिका पूर्वअध्यक्ष मणिराम तिवारीको आइतबार नेमकिपा सुर्खेत जिल्ला समितिको आयोजनामा श्रदाञ्जली कार्यक्रम भयो ।
श्रद्धाञ्जली कार्यक्रममा बोल्दै नेमकिपा सुर्खेत जिल्ला समितिका अध्यक्ष बमबहादुर शाहीले हरेक क्रान्तिकारी जहाँजहाँसम्म पुग्ने गर्दछ, अन्याय अत्याचारविरुद्ध लड्ने गर्दछ भन्दै स्मणिराम तिवारीले पञ्चायती व्यवस्थाको विरुद्ध सम्झौताहीन सङ्घर्ष गरेको बताउनुभयो । उहाँले पार्टीको निर्देशनअनुसार प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ–संंस्थाभित्र गएर पनि व्यापक कामदार जनताको पक्षमा सङ्घर्ष गर्नुभएको बताउनुभयो । कुनै पद र सुविधाको लोभमा नपरी पार्टीको निर्देशनमा जस्तोसुकै प्रतिकूल परिस्थितिबीच जनताको सेवामा लाग्नु तिवारीबाट नयाँ पुस्ताले सिक्नुपर्ने पक्ष भएको शाहीले बताउनुभयो ।
कार्यक्रममा कानुन अध्ययन समाजका टीकाप्रसाद पोखरेलले तिवारीको योगदानबारे चर्चा गर्दै जनताका कार्यकर्ताको निधन पहाडजत्तिकै ग¥हङ्गो हुने बताउनुभयो । सरल र असल स्वभावका तिवारी कहिल्यै पनि पुँजीवादी लोभ र विकृतिमा नफसेको बताउनुभयो । कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घ सुर्खेतका अध्यक्ष तुल्सी खड्का र नेमकिपा सुर्खेतका सचिव धनेन्द्र विकले तिवारी पार्टीका इमानदार कार्यकर्ता भएको बताउनुभयो ।
Leave a Reply