भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
–नारायण अधिकारी
चितवन, ९ पुस । भूकम्प, नाकाबन्दी र नारायणगढ–मुग्लिङ सडक समस्याका कारण प्रभावित बनेको यहाँको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव देखिन थालेको छ । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या गतवर्षको पाँच महिनाको तुलनामा यस वर्षको सोही अवधिमा बढेको हो ।
निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा ७१ हजार ७२० पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । गत आर्थिक वर्ष २०७४÷७५ को सोही अवधिमा ५३ हजार ८५ जना मात्रै पर्यटक निकुञ्ज प्रवेश गरेका थिए ।
घिमिरेका अनुसार चालु आर्थिक वर्षको साउनमा ८ हजार ३९४, भदौमा सात हजार ३६३, असोजमा १२ हजार ७९६, कार्तिकमा २६ हजार १६४ र मंसिरमा १७ हजार ९७ पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । यीमध्ये विदेशी ५० हजार ७६४, सार्क मुलुकका सात हजार ३८७ र नेपाली १३ हजार ६५९ जना रहेका छन् ।
गत आर्थिक वर्षको साउनमा ६ हजार ५२२, भदौमा तीन हजार ८५९, असोजमा ११ हजार ९६९, कार्तिकमा १८ हजार १७१ र मंसिरमा १२ हजार ५६४ जना पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । तीमध्ये विदेशी ४० हजार ५३, सार्क मुलुकका चार हजार ४९६ र नेपाली आठ हजार ५३६ रहेका थिए ।
सबैभन्दा बढी आर्थिक वर्ष २०७१÷७२ मा १ एक लाख ८४ हजार पर्यटकले निकुञ्ज घुमेका थिए । सोही आर्थिक वर्षको वैशाखमा भूकम्प गएपछि, नाकाबन्दी, नारायणगढ–मुग्लिङ सडक समस्या लगायतका कारण पर्यटकको सङ्ख्या लगातार घट्दै गएको थियो । गत आर्थिक वर्षमा २०७४÷७५ मा एक लाख ५२ हजार ६७१ पर्यटकले निकुञ्ज घुमेका थिए । आव २०७३÷७४ मा एक लाख ३९ हजार ९७८ र २०७२÷७३ मा ८७ हजार ३९१ पर्यटकले निकुञ्ज घुमेका थिए ।
यो तथ्याङ्कलाई हेर्दा गत वर्षभन्दा यसवर्ष पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । यसवर्षको पर्यटक आशालाग्दो देखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताउनुभयो । निकुञ्जको सौराहा, घटगाई, कसरा पुलगेट र देवनगर, वनकट्टा, लौखानी, अमलटारी, कुजौली क्षेत्रबाट पर्यटक मध्यवर्ती क्षेत्र र निकुञ्ज प्रवेश गर्ने गर्दछन् । उनीहरु हात्ती, डुङ्गा, जिप, पैदलमार्फत ती क्षेत्रको भ्रममा जाने गरेका छन् ।
यसबाहेक पनि चितवनका पर्यटकीय क्षेत्रमा आएर निकुञ्ज प्रवेश नगर्ने पर्यटकको सङ्ख्या पनि ठूलो हुने गरेको पर्यटन व्यवसायी बताउँछन् । रासस
Leave a Reply