नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
वासिङटन, ९ पुस (एएफपी) । सिरियाबाट संरा अमेरिकी फौज फिर्ता गर्ने आदेशमा हस्ताक्षर भइसकेको संरा अमेरिकी सैनिक अधिकारीले बताएका छन् । संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डोगानबीच सैनिक रिक्तता हुन नदिने सहमति भएसँगै उक्त आदेशमा हस्ताक्षर भएको हो ।
गृहयुद्धबाट तहसनहस भएको सिरियाबाट एकाएक संरा अमेरिकी फौज फिर्ता लैजाने राष्ट्रपतिको घोषणाले विश्वभर अमेरिकी साझेदार मुलुकहरू र अमेरिकी राजनीतिक नेतालाई नै अचम्भित बनाएको छ । सिरियामा सङ्घर्षरत इस्लामिक स्टेट (आइएस) का लडाकूविरुद्धको कारबाहीमा बहुराष्ट्रिय सेनासँगै करिब दुई हजार अमेरिकी सेना सिरियामा तैनाथ छन् ।
अमेरिकी सैनिक फिर्तीको आदेशको विस्तृत विवरण भने दिइएको छैन ।
टर्कीले सिरियाबाट संरा अमेरिकी फौज फिर्ती लाई स्वागत गरेको छ । आइएसविरुद्ध अमेरिकी सेनालाई सघाएका कुर्दिस लडाकूमाथि टर्कीले कारबाही गर्छ वा गर्दैन भन्ने कुरा विचारजीय छ । कुर्दिस लडाकूलाई अमेरिकीले मित्रशक्ति माने पनि टर्कीले आतङ्ककारीको रुपमा लिने गरेको छ ।
टर्कीको राष्ट्रपतिको कार्यालयले सार्वजनिक गरेको वक्तव्यमा दुवै राष्ट्रपतिबीच भएको टेलिफोन वार्तामा पनि दुवै मुलुकले सैनिक, कुटनीतिक तथा शक्तिको रिक्ततालाई हटाउन समन्वयात्यकरुपमा कार्य गर्न सहमति भएको उल्लेख छ ।
वक्तव्य आउनुअघि संरा अमेरिकी राष्ट्रपति ट्रम्पले समेत ट्वीट गरी दुवै देशले आगामी दिनमा गर्नुपर्ने सहकार्यकाबारेमा रचनात्मक छलफल भएको बताउनुभएको बताएका थिए ।
कुर्दिस मामिलासम्बन्धी विश्लेषक मुट्लु सिभिरोग्लुले यो सम्झौतापछि कुर्दिसमाथि हमला गर्न टर्कीलाई बाटो खुलेको बताउँदै फेरि रक्तपातपूर्ण युद्ध सुरु हुनसक्ने औंल्याउनुभयो ।
फ्रान्सेली राष्ट्रपति इमानुएल माँक्रोले ट्रम्पको निर्णयबाट आफू दुःखी भएको बताउनुभयो ।
Leave a Reply