भर्खरै :

जिल्ला सम्मेलन सफल पार्न कटुञ्जेमा युवा भेला

भक्तपुर, ९ पुस । आगामी पुस १४ र १५ गते हुने नेपाल क्रान्तिकारी युवा सङ्घको एघारौं भक्तपुर जिल्ला सम्मेलनको तयारीमा सोमबार सुर्यबिनायक नपा कटुञ्जेमा युवाहरूको भेला भयो ।
भेलामा बोल्दै नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका सदस्य तथा सुर्यबिनायक नगर समितिका अध्यक्ष सुर्यभक्त त्वातीले जनताको शिक्षा, स्वास्थ्य र रोजगारीमा ध्यान दिनुभन्दा जनतासँग भएको जमिन भूमाफियाको हितमा दुरुपयोग गर्न खोजिरहेको बताउनुभयो ।
काठमाडाँै उपत्यकाभित्रै प्रदेशको राजधानी पनि बनाउने प्रस्ताव विकेन्द्रिकरण र सङ्घीयताको भावनाविपरीत भएको चर्चा गर्दै रङ्गशाला बनाउने नाममा जनतासँग भएको जमिन खोस्न खोजिरहेको प्रस्ट पार्नुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका सदस्य नारायणबहादुर दुवालले जनताका कार्यकर्ताले आफ्ना व्यक्तिगत स्वार्थलाई भन्दा पनि सामाजिक हित र देशको समस्या समाधानलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
उहाँले कम्युनिष्टहरूले जातीय र साम्प्रदायिक आँखाबाट कहिल्यै नहेर्ने विचार राख्नुभयो ।
नेक्रायुसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष मीनबहादुर बाटाले एघारौं सम्मेलन सफलताको लागि सहयोग गर्न आग्रह गर्नुभयो ।
महेन्द्र बखुन्छेंको सभापतित्वमा भएको कार्यक्रममा लक्ष्मीप्रसाद सुवाल, जेबी खाइजूलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *