भर्खरै :

प्रदेशस्तरीयका लागि १९९ जना छनोट

चितवन, ९ पुस । आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि प्रदेशस्तरीय खेलकूदमा सहभागी हुन जिल्लाबाट १९९ जना खेलाडी छनोट गरिएको छ । छनोट भएका खेलाडीमध्ये ११९ जना पुरुष तथा ८० महिला खेलाडी छन् । फुटबल, एथलेटिक्स, मार्सलआर्टसहित १५ वटा विधामा खेलाडी छनोट गरिएको हो ।
आगामी माघ महिनामा प्रदेश नं–५ मा हुने राष्ट्रिय खेलकूदमा सहभागी हुनका लागि जिल्लाबाट छनोट भएका खेलाडी प्रदेशमा सहभागी हुने र विजेता खेलाडीले राष्ट्रिय खेलकूदमा भाग लिन पाउने चितवन जिल्ला खेलकूद विकास समितिले जनाएको छ ।
जिल्लाबाट फुटबलमा १६ जना महिला तथा १६ जना पुरुष, एथलेटिक्समा आठ जना महिला तथा १२ जना पुरुष, बक्सिङमा ६ जना महिला तथा १० जना पुरुष, टेबल टेनिसमा दुई जना महिला तथा चारजना पुरुष, क्रिकेटमा १४ जना पुरुष छनोट भएका छन् ।
त्यस्तै भलिबलमा १० जना महिला तथा १० जना पुरुष, कबड्डीमा १० जना महिला, उसुमा सात जना महिला तथा सात जना पुरुष, कराँतेमा चार जना महिला तथा आठ जना पुरुष, बास्केटबलमा १० जना पुरुष, बुद्धिचालमा दुई जना पुरुष छनोट भएका चितवन जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख रामजी ढकालले जानकारी दिनुभयो ।
त्यसैगरी, लङ टेनिसमा एकजना पुरुष, टिआइएफ तेक्वान्दोमा चार जना पुरुष, फुल कन्टयाक्ट कराँतेमा चारजना महिला तथा ६ जना पुरुष छनोट भएको ढकालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *