भर्खरै :

चिनियाँ कम्युनिष्ट पार्टीको मार्ग–११ –क्रान्ति –निर्माण –सुधार

 
(चीनको विदेशी भाषा प्रेसले सन् २०१२ मा प्रकाशित गरेको पुस्तक ‘द पाथ अफ द सीपीसी, रिभोल्युसन क्रन्स्ट्रक्सन एण्ड रिफर्म’ को नेपाली अनुवाद राकस्थाले गर्नुभएको हो । पुस्तकको अध्याय १ र २ मजदुर दैनिकमा मंसिर २१ देखि २८ गतेसम्मको अङ्कमा प्रकाशित भएको थियो । चीनको सुधारबारे लेखिएको अध्याय ३ मजदुर दैनिकमा पुस ९ गतेबाट क्रमश प्रकाशित हुँदैछ । अध्याय १ मा चीनको क्रान्ति र अध्याय २ मा चीनको आधुनिक निर्माणको बारे उल्लेख छ । –सम्पादक)
सहरी सुधार– योजनाद्ध अर्थतन्त्रको तीव्र विध्वंस
सहरी आर्थिक पुनःसंरचनामा उद्योग, व्यापार र सेवा समाविष्ट थिए, तर ग्रामीण क्षेत्रको सुधार धेरै जटिल थियो । धेरै अगाडिदेखि नै सुधार थालिए पनि ग्रामीण क्षेत्रमा सुधारकार्यक्रमले धेरै कठिनाइ र अवरोधहरूको सामना गर्नुप¥यो । त्यसैले चिकपाको केन्द्रीय समितिले ग्रामीण क्षेत्रको व्यापक सुधार गर्ने काममा हतारो गरेन, बरु निश्चित क्षेत्रमा नमुना कार्यक्रम सञ्चालन गर्ने र चरणबद्ध सुधार कार्यक्रम लागू गर्ने रणनीति अपनायो ।
लामो समयावधिसम्म चीनको सहरी आर्थिक ढाँचा योजनाबद्ध आर्थिक एवम् व्यवस्थापन प्रणालीअनुसार चलेको थियो । यस्तो प्रणालीको गम्भीर कमजोरी भनेको व्यापारिक स्वतन्त्रता र नाफा नहुने थियो । त्यस्तो प्रणालीमा उद्योगहरू या त राज्यको स्वामित्वमा अथवा सामूहिक एकाइको एकल स्वामित्वमा हुन्थे । उद्योगहरू राज्यको तर्फबाट कारखानाका निर्देशक वा व्यवस्थापकहरूले अह्राएअनुसार सञ्चालन हुन्थे । कम्पनीहरूले स्वतन्त्र लेखाको अभ्यास गर्दैनथे र राज्यको नीतिअनुसार तिनीहरूका सबै मुख्य आर्थिक गतिविधिको व्यवस्थापन हुन्थ्यो ।
नमुना सुधार कार्यक्रम कम्पनीको निर्णय गर्ने क्षमतामा विस्तार गरी सुरु भयो । त्यसमा दुई मुख्य विशेषता थिए ः प्रथमतः नाफाको निश्चित प्रतिशत बाँकी राख्न उद्योगहरूलाई छुट दिने † दोस्रो, कच्चा सामग्री खरिद, उत्पादन योजना निर्माण, तयारी सामान बिक्री र पुँजीको प्रयोगमा उद्योगलाई निश्चित अधिकार दिने । त्यो विस्तारित प्रबन्ध अनुसार कम्पनीलाई उत्पादन बिक्रीमा नियन्त्रण, पुँजीको उपयोग र मजदुर भर्ना र निष्काशाणको अधिकार दियो ।
उद्योगहरू राज्यमातहत राख्ने भन्नुको तात्पर्य उत्पादन सम्बन्धमै आधारभूत परिवर्तन थियो । त्यसले गर्दा बजार सञ्चालकहरूमा व्यापार चेतना बढायो र बजारको माग, बिक्री, नाफा र घाटा हेर्नुको सट्टा राज्यको योजनाबद्ध उत्पादन कोटा पु¥याउने ध्याउन्न मात्र हुने स्थितिमा परिवर्तन भयो । सन् १९७८ को शरद् ऋतुमा सुरु भएको नमुना सुधार योजना सिचुआन प्रान्तका राज्यनियन्त्रित उद्योगमा सीमित थियो । पछि त्यो पैचिङ, तियान्जीन, साङ्घाइ र अन्य सहरहरूमा लागू गरियो । सन् १९७९ को अन्तसम्ममा नमुना व्यापारिक व्यवस्थापन सुधार कार्यक्रमको संख्या बढेर ४ हजार २ सय पुग्यो ।
उद्योगको शक्ति बढाउने ती नमुना कार्यक्रमहरू अगाडि बढेसँगै उद्योगभित्र व्यवस्थापकीय प्रणाली कसरी सुधार गर्ने भन्ने समस्या देखाप¥यो । त्यो समस्या समाधान गर्न ग्रामीण सुधारकार्यक्रमको अनुभवबाट सिकेर केही व्यवसायीहरूले जिम्मेवारी प्रणाली र सम्झौता प्रणाली लागू गरे । चिकपाको केन्द्रीय समितिले त्यस्तो अभ्यासलाई तुरुन्तै स्वीकृति दियो र सबै औद्योगिक प्रतिष्ठानहरूमा आर्थिक जिम्मेवारी प्रणाली लागू गर्ने निर्णय ग¥यो । त्यसले समग्र जिम्मेवारी, राज्य र व्यक्तिगत उद्योगहरूका अधिकार र चासोहरू, उद्योग र मजदुरहरू बीच र मजदुर–मजदुर बीचको सन्तुलनलाई ठीक ठाउँमा राख्थ्यो । सन् १९८२ देखि आर्थिक जिम्मेवारी प्रणाली र श्रम सम्झौता प्रणाली सबै राज्यनियन्त्रित र सामूहिक स्वामित्वका उद्योगहरूमा लागू गरियो । नयाँ प्रणालीअन्तर्गत व्यवसायीहरू र मजदुरहरूले सम्झौताको काम सकिएपछि बचेको नाफा आफैसँग राख्न पाउने भए र त्यसको सबै पक्षले स्वागत गरे र यस प्रणालीले छिट्टै नै सकारात्मक परिणाम ल्यायो ।
त्यस समय, सांस्कृतिक क्रान्तिको बेला ग्रामीण क्षेत्रमा पठाइएका शिक्षित युवाहरू सहर फर्किएपछि कसरी रोजगारी दिने भन्ने गम्भीर समस्या खडा भएको थियो । सन् १९७९ मा देशभरका सहरी क्षेत्रमा २ करोड बेरोजगार जनता थिए । विगतमा राज्यले नै रोजगारीको जिम्मेवारी लिइरहेको ठाउँमा त्यति धेरै मानिसलाई रोजगारी दिने कुरा सरकारको निम्ति कठिन थियो । तर समाधान निकाल्नु पनि अनिवार्य थियो । सन् १९८० को अगष्टमा चिकपाको केन्द्रीय समितिले राष्ट्रिय रोजगारी कार्य–शालाको आयोजना ग¥यो । कार्यशालामा बेरोजगारी समस्या समाधानको निम्ति नयाँ दृष्टिकोण प्रस्ताव गरियो । प्रस्तावमा अझ उदार नीतिहरू अपनाउने, रोजगारीका नयाँ आयाम खोल्ने, बेरोजगारलाई आफ्नो व्यवसाय आफै सुरु गर्न दिने अथवा आफ्नै पहलमा रोजगारीको खोजी गर्न दिने विषय थिए । नयाँ विचार अनुसार स्थानीय सरकारहरूले सामूहिक अर्थतन्त्र र व्यक्तिगत अर्थतन्त्रमा खुकुलो नीति अपनाउने काम गरे । त्यस्तै बेरोजगारलाई उद्योगहरू सञ्चालनको निम्ति उत्साहित गर्ने र त्यसको निम्ति राज्यले सहयोग गर्ने काम गरियो अथवा रोजगारी खोज्न सहयोग गरियो । सन् १९८० को अन्तसम्ममा धेरै सामूहिक उद्योगहरू देखापरे । चार लाख मानिसले व्यक्तिगत व्यवसाय थाले । त्यसले गर्दा ठूलो मात्रामा श्रम स्रोतको परिचालन भयो । सहरी क्षेत्रमा देखिएको बेरोजगारीको दबाब प्रभावकारी रूपमा थेगियो । त्यसले योजनाबद्ध आर्थिक प्रणालीलाई विघटन ग¥यो । सहरी उद्योगहरूमा भएको सार्वजनिक स्वामित्व प्रणालीमा परिवर्तन भयो ।
सुधार र खुलापनको अभ्यासले विभिन्न नयाँआर्थिक संरचनाहरू बनायो, जस्तो–ग्रामीण उद्योगहरू, विदेशी लगानीका उद्योगहरू, संयुक्त लगानीहरू, शेयर भएका उद्योगहरू र व्यक्तिगत उद्योगहरू । स्वामित्व संरचनामा आएको परिवर्तनलाई कसरी हेर्ने ? चीनको सुधारलाई अगाडि बढाउन त्यसको उत्तर दिनैपथ्र्यो । सन् १९८१ को अक्टोबरमा चिकपाको केन्द्रीय समितिले समाजवादी सार्वजनिक स्वामित्व नै मुख्य हुने आधारभूत पूर्वसर्तअन्तर्गत विभिन्न आर्थिक स्वामित्व र सञ्चालन विधिसँगै रहने गरी अभ्यास गर्ने चिकपाको रणनीतिक निर्णय भएको कुरामा जोड दियो । त्यो निर्णय छोटो अवधिको चतु¥याइँ भन्ने थिएन । सन् १९८२ को डिसेम्बरमा पाँचौ महाधिवेशनको पाँचौ बैठकले छलफल गरी पारित गरेको जनवादी गणतन्त्र चीनको संशोधित संविधानले सार्वजनिक स्वामित्व मुख्य खम्बा हुनेगरी विभिन्न प्रकारका आर्थिक स्वामित्वको सहअस्तित्वलाई स्वीकार ग¥यो । सार्वजनिक स्वामित्व मुख्य खम्बा हुनेगरी र राज्यको स्वामित्व, सामूहिक, निजी र व्यक्तिगत स्वामित्वजस्ता सबै प्रकारका स्वामित्व कायम भई सहअस्तित्व र सहकार्य विकास गर्नेजस्तो चीनको नयाँ आर्थिक संरचना बन्यो ।
सन् १९८४ देखि देशभर व्यापक आर्थिक पुनःसंरचना गर्न थालियो । त्यो चरणमा सहरी आर्थिक पुनःसंरचना आधारभूतरूपमा तीन पक्षमा केन्द्रित थियो ः उद्योग, मूल्य निर्धारण र बृहत् नियन्त्रण । राज्यनियन्त्रित उद्योगहरूको सुधारको सम्बन्धमा उद्योगहरूबारे निर्णय गर्न सम्बन्धित उद्योगलाई बढी अधिकार दिने र उद्योगभित्रै व्यवस्थापनको संरचनामा सुधार गर्ने थियो । उदाहरणको निम्ति, राज्य परिषद्ले पारिश्रमिक र बोनसको निर्णय गर्ने अधिकार सम्बन्धित उद्योगलाई प्रत्यायोजन गर्ने र उद्योगभित्रै व्यवस्थापन प्रणालीको स्तरीयकरण गर्ने निर्देशन जारी ग¥यो । केही उद्योगहरूले हिस्सेदारी प्रणाली लागू गर्नेबारे अनुसन्धान पनि थाले ।
बजार प्रक्रियाको विकास गर्नु नै मुख्य काम थियो । सन् १९८४ देखि राज्यले मात्र खरिद गर्ने उत्पादनहरूको सङ्ख्या घटाइयो । किसान वा उद्योगले राज्यको कोटाभन्दा बढी उत्पादित कृषि तथा कृषिसम्बन्धित उत्पादन बजारको मूल्यअनुसार बिक्री गर्न पाउने भए । त्यसपछिको अवधिमा राज्य निर्धारित मूल्य र बजार मूल्य सँगै रहनेगरी ‘दोहोरो प्रणाली’ खडा गरियो । योजनाबद्ध अर्थतन्त्रबाट बजार अर्थतन्त्रमा पदार्पण हुने बेला त्यो मूल्य निर्धारण ढाँचा लागू गरियो । बजारको भूमिका बढेपछि अन्ततः योजनाबद्ध मूल्य इतिहासमा सीमित भयो ।
बृहत् व्यवस्थापनको सम्बन्धमा राज्यले विस्तारै आर्थिक योजनाको व्यवस्थापन अधिकार हस्तान्तरण ग¥यो, अनिवार्य योजना घटायो र अझ बढी व्यावहारिक योजनाहरू लागू ग¥यो । अर्थतन्त्रको व्यवस्थापन गर्न कर, मूल्य, बैंङ्क र अन्य अप्रत्यक्ष आर्थिक माध्यमहरूको प्रयोग गरियो ।
समाजवादी बजार अर्थतन्त्रको स्थापना
चिकपाले पुरानो योजनाबद्ध आर्थिक प्रणालीमा सुधार गर्ने निर्णय ग¥यो । यद्यपि, सुरुमा सुधारबारे फरक मतहरू थिए । भएकै योजनाबद्ध आर्थिक प्रणालीमा सुधार गर्ने वा नयाँ बजार आर्थिक प्रणाली स्थापना गर्ने भन्ने मतहरू थिए । सोभियत संघको नमुना र स्तालिनको सिद्धान्तअनुसार योजनाबद्ध आर्थिक प्रणाली समाजवादको विशेषता थियो, जबकि बजार अर्थतन्त्र पुँजीवादी नीति थियो । पश्चिमा अर्थशास्त्रीहरूको मूलप्रवाहअनुसारै पनि समाजवादमा बजार अर्थतन्त्र लागू गर्न गा¥हो हुन्छ भन्ने तर्क थियो । त्यस्तो वस्तुस्थितिमा चीनले आर्थिक पुनःसंरचनाका उद्देश्यहरू निर्धारण गर्न विभिन्न प्रयोगहरू ग¥यो ।
निर्माण कार्यका ३० वर्षपछि चिनियाँ नेताहरू बजार अर्थतन्त्रलाई पूर्णरूपमा बेवास्ता गर्न सकिंदैन भन्नेतर्फ गम्भीर रूपमा सचेत थिए । चीनले आर्थिक सुधार थालेको समय सन् १९७० को दसकको अन्ततिरको विचार बजारसँग योजना जोड्ने निर्देशक भन्ने थियो । साथै योजनाबद्ध अर्थतन्त्रलाई सहयोग गर्न बजारलाई सहायकको रूपमा लिने भन्ने थियो । त्यस्तो विचारलाई सारमा यस्तो भन्नसकिन्छ † ‘योजनाबद्ध अर्थतन्त्र नेतृत्वदायी भूमिकामा र सहायक भूमिकामा बजार नियमितता ।’ योजनाबद्ध अर्थतन्त्रले मुख्य भूमिका निर्वाह गरे पनि बजार अर्थतन्त्र विकास गर्न प्रचुर सम्भावना थियो । त्यसले चीनलाई अगाडिका भन्दा फरक बाटोमा हिँड्न सहयोग ग¥यो ।
सन् १९८० को दसकको सुरुवातमा सुधारमा प्रत्यक्ष संलग्न थुप्रै अर्थशास्त्रीहरूले चीनको योजनाबद्ध अर्थतन्त्रलाई त्याग्ने र राज्यको बृहत् नियमनमा बजार अर्थतन्त्रमा रुपान्तरण गर्ने नीतिको प्रशंसा गरे । यद्यपि त्यतिबेला जनताको वैचारिक क्षितिज सीमित थियो र त्यस्तो विचार स्वीकार गर्न बहुमत जनतालाई गा¥हो थियो । त्यसको साथै चालू आर्थिक प्रणालीको कृयाकलाप तत्काल बन्द गर्नु असम्भव थियो, अन्यथा राष्ट्रिय अर्थतन्त्र निष्क्रिय हुनसक्थ्यो र ठूलो सामाजिक अन्योल हुन्थ्यो । यसैबीच, प्रतिस्पर्धाको संयन्त्र र बिमा तथा आधुनिक समाजमा भएको कल्याण प्रणाली दुवै नहुनाले त्यस्तो क्रान्तिकारी आर्थिक पुनःसंरचनाबाट निस्किने परिणामहरूलाई सहयोग पुग्ने काम गर्नु चिनियाँ जनताको निम्ति असम्भव हुन्थ्यो ।
ती व्यावहारिक कठिनाइप्रति ध्यान दिई चीनले ‘प्रणाली बाहिर’ बाट आर्थिक पुनःसंरचना थाल्ने रणनीति अपनायो । राज्यको स्वामित्वमा रहेका सहरी उद्योगहरूमा सुधारको कामलाई केन्द्रित नगरी राज्य बाहिरका क्षेत्रमा सुधार गरियो र बजारमुखी उद्योगहरू स्थापना गरियो र तिनलाई मुख्य आर्थिक वृद्धिको जिम्मेवारी दिइयो । त्यस्तो रणनीतिले अवरोध पन्छाउने काम ग¥यो । ग्रामीण सुधारको परिणामस्वरुप निजी उद्योगहरूको विकास भयो । विशेष आर्थिक क्षेत्रहरू र समुद्र किनारस्थित सहरका उद्योगहरूमा संयुक्त लगानी र वैदेशिक लगानीको विकास भयो । राज्यको स्वामित्वमा रहेका उद्योगहरूमा गरिएको सुरुको सुधारबाट चीनको आर्थिक संरचनामा बजार अर्थतन्त्रको स्वामित्व उल्लेखनीय रूपमा बढ्न गयो । त्यसबाट बजार अर्थतन्त्रका फाइदाहरू क्रमशः स्पष्ट देखिन थाले ।
सुधार कार्यक्रमको अभ्यासबाट सैद्धान्तिक विचार र आर्थिक सिद्धान्तहरू विकसित भए । सन् १९८४ मा चिकपाको १२ औं महाधिवेशनको तेस्रो बैठकले आर्थिक संरचनाको सुधार गर्ने निर्णय ग¥यो । योजनाबद्ध अर्थतन्त्रको विपक्षमा बजार अर्थतन्त्रको धारणा विपरीत हुन गएको सुन्दामा बैठकको बढी ध्यान गयो । चीनको समाजवादी अर्थतन्त्र सार्वजनिक स्वामित्वमा निर्भर योजनाबद्ध उपभोग्यवस्तुमा आधारित अर्थतन्त्र थियो । बैठकमा समाजवादी बजार प्रणाली स्थापना गर्न तीव्रता दिने प्रस्ताव गरियो । दस्तावेजले प्रष्ट नभने पनि सुधारको लक्ष्य समाजवादी बजार आर्थिक प्रणाली स्थापना गर्नु थियो । त्यो बजारमा सुधारोन्मुख अग्रसरता थियो ।
त्यसपछिका वर्षमा चीनले आर्थिक पुनःनिर्माणमा ठोस सफलता पायो । राष्ट्रिय अर्थतन्त्र तीव्ररूपमा वृद्धि भयो र बजारले नयाँ आयाम पायो । यद्यपि सन् १९८० को दसकको पछिल्लो चरणमा देखिएको आर्थिक विकास र आर्थिक परिवर्तनसँगै केही द्वन्द्वहरू देखापरे । यसले गर्दा सुधारका कामलाई कठिन चरणमा पनि पु¥यायो । योजनाबद्ध अर्थतन्त्र कालको प्रशासनिक समायोजन माध्यमको प्रभाव घटिरहेको बेला बजार अर्थतन्त्रअनुसारको प्रशासनिक संरचना बन्दैथियो तर त्यसले राम्ररी काम गर्न पाइरहेको थिएन । बजार अर्थतन्त्र र योजनाबद्ध अर्थतन्त्र दुवै चलाउनुपर्ने कारणबाट सिर्जित केही समस्याहरू थिए । राज्यको स्वामित्वमा रहेका उद्योगहरूको आर्थिक अवस्था खस्किँदै थियो, मुद्रा अवमूल्यनको दबाब बढ्दो थियो र आर्थिक दिशा अस्तव्यस्त थियो । त्यो अवस्थामा चिकपाको केन्द्रीय समितिले ‘आर्थिक व्यवस्थामा सुधार र सुधार योजनालाई अझ व्यवस्थित गरी आर्थिक वातावरण सुधार गर्ने’ नीति पारित ग¥यो । आर्थिक वातावरण र व्यवस्थापन सुधार गर्ने त्रिवर्षीय प्रयासले सफलता प्राप्त ग¥यो । सांघाइको पुटोङको विकास र सुधार साथै सांघाइ र सेन्चेनमा स्थापित शेयर बजारले सुधार योजनामा अरु बढी प्रगति भएको देखाएको थियो ।
यद्यपि, चीनको आर्थिक पुनःसंरचनाबारे सन् १९९० को दसकका सुरुवाततिर मात्र पूर्ण निर्णय गरिएको थियो । सन् १९८८ को गम्भीर मुद्रास्फीति र सन् १९८९ को राजनीतिक हलचलपछि ‘योजनाबद्ध अर्थतन्त्रलाई प्राथमिकता दिई’ सुधार योजना लागू गर्नु अत्यावश्यक भएको सम्बन्धमा तर्कले स्थान पायो र सैद्धान्तिक वृत्तमा चर्को बहस भयो ।
चीनको आर्थिक संरचनाहरू कमजोर भएको यो गम्भीर समयमा तेङ सियाओपिङले ठूलो महत्वपूर्ण भूमिका निर्वाह गरे । सन् १९९२ को सुरुवातमा तेङ सियाओपिङले दक्षिण चीनको अनुगमन भ्रमण गरेर चरणबद्ध महत्वपूर्ण मन्तव्य दिए । उनले पुँजीवाद र समाजवादको भिन्नता भनेको योजनाबद्ध अर्थतन्त्रविरुद्ध बजार तर्थतन्त्र होइन, कुनै योजनाबद्ध अर्थतन्त्र समाजवादी हुन्छ र बजार अर्थतन्त्र पुँजीवादी हुन्छ भने नसोच्नु । कुरा त्यसो होइन । वास्तवमा बजारबाटै योजना निर्माण र नियमन गरेर दुवैले आर्थिक गतिविधिलाई नियन्त्रण गर्दछन् र बजारले पनि समाजवादको सेवा गर्नसक्छ । पुँजीवादलाई भन्दा समाजवादलाई बढी फलदायी बनाउने हो भने हामीले सबै संस्कृतिका सफलताहरूबाट सिक्न हिचकिचाउनुहुन्न र विकसित पुँजीवादी देशहरूको साथै सबै देशबाट सिक्नुपर्छ । आधुनिक समाजवादी उत्पादनको निम्ति विकसित कार्यशैली र व्यवस्थापनका विधिहरू सिक्नुपर्छ । तेङ सियाओपिङका या विचार धेरै वर्षदेखि तेर्सिएका केही सैद्धान्तिक प्रश्नहरूको जवाफ थियो । साथै त्यसले लामो समयदेखि चिनियाँ जनताको दिमागलाई बेरिरहेका योजनाबद्ध अर्थतन्त्र र बजार अर्थतन्त्रलाई सिद्धान्तसँग जोड्ने सवालमा लागेको तुवाँलो हटाईदियो । त्यो विचारले सारा चीनलाई आर्थिक पुनःसंरचनाको दिशा बुझ्न सहयोग ग¥यो सुधार कार्य अगाडि बढाउन पनि मुख्य भूमिका खेल्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *