न्यायालय पनि लामो समयदेखि दबाबमा बाँच्ने गरेको देखिन्छ
- बैशाख ७, २०८३
काठमाडौँ, ११ पुस : प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न राजनीतिक दलका सांसदले शान्तिसुरक्षा तथा भ्रष्टाचारलगायत मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा भाग लिने सांसदले जनतासँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, सङ्घीय, मामिलामा सबैभन्दा भ्रष्टाचार भएको तथ्याङ्क अख्तियार दुरुपयोग आयोगबाट आउनुले समाजमा भ्रष्टाचार व्याप्त छ भन्ने पुष्टि गरेको बताएका हुन् ।
सङ्घीय समाजवादी फोरम नेपालका सांसद राजेन्द्र श्रेष्ठले पुनर्निर्माणको अभियानमा समानताका आधारमा अघि बढाउन तथा समुदाय विशेषका आधारमा नभई सबै जातजातिका चाडपर्वमा समान हिसाबले बिदा दिने व्यवस्था गर्न सुझाव दिनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङदेनले दुई तिहाइ सरकारले विकास र समृद्धिको गतिलाई अघि बढाउन नसक्नुमा व्यक्ति दोषी होइन, प्रणालीकै कमजोरी भएको बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले संविधानले धर्म निरपेक्ष गरेको राष्ट्रमा एउटा धर्मको सहआयोजक सरकार बन्नुले समाजमा प्रश्न उठेको बताउँदै शान्तिसुरक्ष कायम गर्ने विषयमा पनि सरकार कमजोर साबित भएको आरोप लगाउनुभयो ।
नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल वायु सेवा निगमको वाइड बडी जहाज खरीदमा घोटला भएको हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अघिकारीको राजीनामा माग गर्नुभयो । (रासस)
Leave a Reply