तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काठमाडौँ, ११ पुुस । जिल्ला जिल्लामा विविध प्रशिक्षणात्मक तथा वैचारिक गतिविधि गरी नेपाल मजदुर किसान पार्टीले विश्व सर्वहारा वर्गका नेता तथा चिनियाँ समाजवादी क्रान्तिका नेता माओ त्सेतुङको १२५ औं जन्म दिवस मनाएको छ ।
सो अवसरमा नेमकिपा विदेश सम्बन्ध विभागको आयोजनामा बुधबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले माओ त्सेतुङका कृतिको व्यवस्थित र सिलसिलाबद्ध अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।
इतिहासको अध्ययन नगरी वर्तमानको अध्ययन अपूर्ण हुने विचार राख्नुहुँदै अध्ययनलाई आफ्नो सन्दर्भ र परिस्थितिसँग जोड्न आवश्यक हुने विचार उहाँले राख्नुभयो ।
चिनियाँ क्रान्तिबारे चर्चा गर्नुहुँदै अध्यक्ष बिजुक्छेंले रूसी क्रान्तिको ढाँचा जस्ताको तस्तै चीनमा लागू गर्न खोज्दा चीनमा कम्युनिष्टहरूले ठूलो क्षति भोग्नुपरेको बताउनुभयो ।
“रूसी क्रान्तिलाई जस्ताको तस्तै लागू गर्न सहरी विद्रोहहरू भएका थिए । तर सहरमा प्रतिक्रियावादी वर्ग शक्तिशाली हुने भएकाले ती विद्रोहहरू असफल भए । माओ त्सेतुङले यसको गम्भीरतापूर्वक अध्ययन गर्नुभयो । त्यसकारण उहाँले क्रान्तिलाई रणनीतिक रूपमा उपयुक्त चिङकाङसान पहाडमा लिएर जानुभयो ।”, चीनको क्रान्तिबारे उहाँले भन्नुभयो ।
“चीनको इतिहासमा भएका विद्रोह र युद्धबाट सिक्नुभएको रणकौशल नै माओले साम्राज्यवादविरोधी युद्धमा प्रयोग गर्नुभयो । उहाँ एकजना कुशल रणविद् हुनुहुन्थ्यो ।”, माओ त्सेतुङबारे बिजुक्छेंले भन्नुभयो ।
ख्रुश्चेभ नेतृत्वको सोभियत संशोधनवादसँग माओ त्सेतुङको सैद्धान्तिक सङ्घर्षबारे चर्चा गर्नुहुँदै अध्यक्ष रोहितले भन्नुभयो – “संसारका सबै समाजवादी पक्षका देशको सुरक्षा आफ्नो मातहतमा ल्याउने सोभियत संशोधनवादको योजनाविरूद्ध माओ त्सेतुङले सम्झौताहीन सङ्घर्ष गर्नुभएको थियो ।”
राजनीतिक नेतृत्व सही नभए देशमा प्रतिभाशाली जनशक्ति भएर पनि काम नलाग्ने उल्लेख गर्दै उहाँले सोभियत सङ्घमा संशोधनवादी नेतृत्व आएपछि त्यहाँका धेरै वैज्ञानिक र विद्वानले आत्महत्या गर्न र देश त्याग्न बाध्य भएको बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेंले काठमाडौँमा सम्पन्न एसिया प्यासिफिक सम्मेलनमा सरकारी सहयोग अमेरिकी विदेशमन्त्रीसँग नेपालका परराष्ट्रमन्त्रीको भेटघाटको लागि सूत्र भएको हुनसक्ने बताउनुभयो ।
संरा अमेरिकी विदेशमन्त्री माइक पाम्पेओसँग हालै नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेको भेटबारे टिप्पणी गर्नुहुँदै अध्यक्ष बिजुक्छेंले भन्नुभयो, “एकजना बर्दी लगाउने व्यक्तिले फोन गरेर जानकारी दिनुभयो, हाम्रा परराष्ट्रमन्त्रीलाई आफूले अमेरिकामा हस्ताक्षर गरेको कागजको ठेलीमा कति पृष्ठ छन् भन्ने कुरासमेत थाहा थिएन ।”
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले चिनियाँ भूमिमा माक्र्सवाद–लेनिनवादको सफल प्रयोगको अनुभव नै माओ त्सेतुङ विचारधारा भएको बताउनुभयो ।
चीनको विशिष्ट परिस्थितिमा माओ त्सेतुङले माओ त्सेतुङ विचारधारा प्रतिपादन गर्नुभएझैं नेमकिपाले पनि आफ्नो छैटौं महाधिवेशनबाट मजदुर–किसानको नेतृत्वमा देशभक्त पुँजीपति र प्रगतिशील बुद्धिजीवी सम्मिलित जनताको प्रजातन्त्र कार्यक्रम पारित गरेको उहाँले बताउनुभयो ।
माक्र्सवाद–लेनिनवादबाट दीक्षित कार्यकर्ताकै नेतृत्वमा क्रान्ति अघि बढ्ने धारणा राख्दै प्रजापतिले नेपालको परिस्थितिमा नवउदारवादविरोधी सङ्घर्षलाई पनि प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउनुभयो ।
‘कम्युनिष्ट’ भनिएका नेपालका शासक पुँजीवादी पार्टीले पुँजीवादी सरकारमा गएर कम्युनिष्ट आन्दोलनको बद्नाम गरिरहेको उहाँले बताउनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य सरोजराज गोसाईले माओ त्सेतुङ संसार बदल्ने योद्धा भएको उल्लेख गर्दै सिद्धान्त र व्यवहारलाई एकाकार गर्ने चहकिलो प्रतीक भएको बताउनुभयो ।
खु्रश्चेभको संशोधनवादविरूद्ध माओ त्सेतुङले सङ्घर्ष गरेर विश्व कम्युनिष्ट आन्दोलनलाई पथभ्रष्ट हुनबाट जोगाउनुभयो उहाँले बताउनुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले ‘माओ त्सेतुङ विचारधारा’ र इन्जिनियर समाज नेपालका ई.सुनिल दुवालले ‘तत्कालीन चीनको परिस्थितिबारे’ प्रस्तुति दिनुभएको थियो ।
किसानले सम्झे माओ
माओ त्सेतुङको १२५ औँ जन्म दिवसकै अवसरमा नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा बुधबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले चिनियाँ जनता, चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओ त्सेतुङको नेतृत्वमा जापानी साम्राज्यवाद र चिनियाँ प्रतिक्रियावादी च्याङ काइसेकविरुद्ध गृहयुद्ध गरी चिनियाँ भूमिलाई मुक्त गरेको बताउनुभयो ।
‘‘हामीले आफ्नो देशको रक्षा र जनताको हितमा निःस्वार्थरुपले सेवा गरेमात्र उहाँको जन्म दिवस मनाएको सार्थक हुन्छ । आज नेकपा नाउँका नेता र कार्यकर्ताहरू देश र जनताको हितभन्दा कुशासन र भ्रष्टाचार गरी आफ्नो व्यक्तिगत स्वार्थमा लागेका छन्’’, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं नेक्रामहिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले चिनियाँ क्रान्तिका नेता माओ त्सेतुङको जीवनी, रुसी अक्टोबर क्रान्तिका नेताहरू लेनिन र स्तालिनको जीवनी पनि अध्ययन गर्नु आवश्यक छ भन्नुभयो ।
जनवादी गणतन्त्र स्थापनापश्चात् चीनमा माओले सांस्कृतिक क्रान्तिलाई अगाडि बढाएको उहाँले चर्चा गर्नुभयो ।
नेपाली जनताको जनजीवनमा अन्धविश्वासको प्रभाव न्यूनीकरण गर्न सांस्कृतिक परिवर्तनको लागि नयाँ पुस्ता अघि बढ्नुपर्छ, उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘जसरी रुसी अक्टोवर क्रान्तिले विश्वमा समाजवादी शिक्षा प्रचार प्रसार भएको थियो, त्यसरी नै रुसमा पनि संशोधनवादीहरूले स्तालिनको निधनपछि विश्व कम्युनिष्ट आन्दोलन संशोधनवादमा पतन गराउन खोज्दा माओकै नेतृत्वमा विश्व कम्युनिष्ट आन्दोलन अगाडि बढाएको इतिहास स्मरणयोग्य छ ।’’
नेमकिपा भक्तपुर जिल्ला समितिका सदस्य नारायणबहादुर दुवालले नयाँ पुस्तालाई राजनैतिक र सैद्धान्तिकरुपले सचेत र सङ्गठित बनाउँदै लानुपर्ने आवश्यकता औँल्याउनुभयो ।
आयोजक समितिका अध्यक्ष गोविन्द दुवालको सभापतित्वमा भएको कार्यक्रममा हरिराम सुवाल, गङ्गाराम ज्याख्व, नारायणभक्त न्हेम्हाफूकी र नारायणभक्त भेलेले पनि बोल्नुभएको थियो ।
जुम्ला
माओ दिवसको अवसरमा नेमकिपा जुम्लाको आयोजनामा विचार गोष्ठी सम्पन्न भयो । गोष्ठीमा पार्टीका जिल्ला अध्यक्ष शिवलाल डाँगीले सर्वहारा वर्गका महान नेता माओ त्सेतुङले विश्व मानचित्रबाट विलय गराइन लागिएको चीनलाई सङ्घर्षको बलबाट बचाएको र समाजवादी क्रान्ति सफल पारी विश्वमै समृद्ध देशको रुपमा निर्माण गर्न सफल भएको बताउनुभयो । ।
नेमकिपा जुम्लाका उपाध्यक्ष राजेश्वर देवकोटाले माओ त्सेतुङले माक्र्सवादलाई चीनको अनुकूलताअनुसार प्रयोग गरी समाजवादी क्रान्ति सफल पारेको जानकारी दिनुभयो ।
कार्यक्रममा नेमकिपा जुम्लाका अन्य कार्यकर्ताहरूले पनि आ–आफ्नो विचार व्यक्त गरेका थिए ।
कैलालीमा माओ जयन्ती
नेमकिपा कैलालीको आयोजनामा स्तालिन र माओ त्सेतुङ दिवस सम्पन्न भयो । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले माओ र स्तालिनको शिक्षाबारे चर्चा गर्नुभयो ।
नेक्राकिसङ्घ कैलालीका अध्यक्ष गजबहादुर दर्लामी मगरको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावल, गुप्तबहादुर शाही, तिलक सिजापति, तृष्णा पुनमगर, लक्ष्मी पुनमगर, गगनबहादुर थापालगायतले माओ त्सेतुङको नेतृत्वमा सम्पन्न क्रान्तिबारे बोल्नुभएको थियो ।
Leave a Reply