भर्खरै :

चिनियाँ कम्युनिष्ट पार्टीको मार्ग–१२ –क्रान्ति –निर्माण –सुधार

समाजवादी बजार अर्थतन्त्रको स्थापना
तेङ सियाओपिङले दक्षिण चीन भ्रमणमा दिएका मन्तव्यहरूको आधारमा सन् १९९२ मा सम्पन्न चिकपाको १४ औँ महाधिवेशनले चीनको आर्थिक पुनः संरचनाले समाजवादी बजार अर्थ प्रणाली स्थापना गर्ने लक्ष्य लिने भनेर प्रस्ताव ग¥यो । त्यसको अर्थ सरकारको बृहत् नियमनमा बजारलाई स्रोत व्यवस्थापनको भूमिका निर्वाह गर्न दिने थियो । त्यसैबीच समाजवादी बजार अर्थ प्रणाली आधारभूत समाजवादी प्रणालीसँग मेल खान्छ भन्ने कुरामा जोड दिइयो । महाधिवेशनले चीनको समाजवादी सुधार र खुलापन र समाजवादी आधुनिकीकरण विकासको एउटा नयाँ चरणमा पुगेको ठहर ग¥यो ।
सन् १९९३ मा १४ औं महाधिवेशनको तेस्रो बैठकले समाजवादी बजार अर्थ प्रणाली स्थापना गर्ने निर्णय ग¥यो । समाजवादी बजार अर्थ प्रणालीमा चिकपाको १४ औं महाधिवेशनले अगाडि सारेका सुधारका उद्देश्यहरू स्पष्ट पारियो । त्यसले समाजवादी आर्थिक प्रणालीको आधारभूत संरचना तयार पा¥यो । त्यसको साथै त्यस निर्णयले केही मुख्य क्षेत्रमा सफलता हासिल गर्दै सुधार नीति अगाडि बढाउने रणनीति पारित ग¥यो । निर्णय सार्वजनिकीकरणसँगै चीनको सुधार र खुलापनले ‘ढुङ्गाको अनुभव नगर्दै नदी तर्ने’ चरण पार गर्दै व्यापक र व्यवस्थित तरिकाबाट विकासको अर्को चरणमा पदार्पण ग¥यो ।
समाजवादी बजार अर्थतन्त्रको निर्माणमा आर्थिक आधार र अरु विभिन्न सामाजिक क्षेत्रहरू समावेश हुन्छन् । साथै सम्बन्धित संस्थागत र नीतिगत मेल पनि समावेश भएको हुन्छ । सन् १९९३ देखि चिकपाको केन्द्रीय समितिले योजनाबद्ध र चरणबद्ध रूपमा सुधारका उपायहरू अपनाइरहेको छ । ती उपायहरूमध्ये राज्यको स्वामित्वमा रहेका उद्योगहरूमा भएको सुधारले चीनको आर्थिक पुनःसंरचनामा फरक पार्छ । राज्य परिषद्ले सर्वप्रथम एक सयवटा उद्योगहरूमा नमुना सुधारका कार्यक्रम लागू ग¥यो । उद्योगहरूलाई पुनर्जीवन दिन सञ्चालित सुधारका कदमअन्तर्गत बोलपत्रको माध्यमबाट सञ्चालन विधिमा सुधार र आन्तरिक व्यवस्थापनलाई अझ बलियो बनाउने काम भयो । राज्यसञ्चालित उद्योगहरूलाई आधुनिक उद्योग प्रणालीमा फेर्ने सुधार प्रकृया थालेपछि ठूलो पुँजीका थुप्रै उद्योगहरू खुलेर तिनै उद्योग राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बने । त्यसैबीच, मूल्य, अर्थतन्त्र र कर, वैदेशिक व्यापार र विदेशी विनिमय, समाजिक सुरक्षा, आवास र भूमि प्रयोगमा क्रमशः सुधार कार्यक्रम लागू गरियो । ती सुधारका उपायहरूको अवलम्बनबाट स्रोत व्यवस्थापनमा बजारले खेलेको आधारभूत भूमिका अरु बलियो भयो र त्यसले आर्थिक विकासको क्षमतालाई उल्लेखनीय रूपमा बढायो । परिणामतः आर्थिक निर्माण तीव्र गतिमा अगाडि बढ्यो ।
माथि उल्लेखित सुधारका योजनाहरू लागू गर्दागर्दै चिकपाले राज्यको बृहत् नियमन प्रणाली स्थापना गर्ने कामलाई ठूलो महत्व दियो । सन् १९९३ को जुनमा चिकपाको केन्द्रीय समिति र राज्य परिषद्ले बृहत् नियमन विस्तार गर्ने र आर्थिक तथा मौद्रिक नीति कडा बनाउने र त्यसबेला सामना गर्नुपरेको मुद्रास्फीतिको दबाबलाई कम गर्न बृहत् नियमन बलियो पार्न र सुधार गर्न १६ उपायहरू निर्णय गरे ।
तीन वर्षको प्रयासपछि अनावश्यक रूपमा चलायमान अर्थतन्त्रलाई नियन्त्रण गरियो र चीनको अर्थतन्त्रले ‘नरम अवतरण’ ग¥यो । पछि चीनले सन् १९९७ मा सुरु भएको एसियाली आर्थिक सङ्कटलाई सफलतापूर्वक सम्हाल्यो । चीनले त्यसअघि कहिल्यै नभएको आर्थिक मन्दीको कुशल व्यवस्थापन ग¥यो ।
वर्षौंको प्रयोग र सतत् प्रयासपछि २१ औं शताब्दीको सुरुवातमा समाजवादी आर्थिक प्रणाली आधारभूत रूपमा स्थापना भयो । सुधार र खुलापन लागू गर्दा सुरुवातदेखि नै निर्णायक उपलब्धिहरू हासिल भएका थिए ।
राजनीतिक प्रणालीमा सुधार गर्दै सकारात्मक र नियमित रूपमा अघि बढ्ने प्रस्ताव
सुरुवातदेखि चीनको सुधार कार्यक्रमले आर्थिक तथा राजनीतिक पक्षहरूको सम्बोधन गर्दैथ्यो । सन् १९७८ को हिउँदमा सम्पन्न चिकपाको केन्द्रीय समितिको कार्यशालामा तेङ सियाओपिङले भने ः ‘‘प्रजातन्त्रलाई कानुनद्वारा संस्थागत गर्नुपर्छ ताकि सत्ता र पार्टी नेता परिवर्तन हुँदैमा नेताहरूको विचार वा प्राथमिकता परिवर्तन हुँदैमा प्रणाली र कानुन परिवर्तन नहोस् ।’’ कार्यशालापछि बसेको चिकपाको ११ औं केन्द्रीय समितिको पूर्ण बैठकले दुईवटा निर्णय ग¥यो । एक, देशको आधुनिकीकरण गर्न ध्यान केन्द्रित गर्ने । दोस्रो, समाजवादी प्रजातन्त्र र कानुन प्रणाली बनाउन थप जोड गर्ने । तीस वर्षभन्दा बढी समयपछि चीनको राजनीतिक प्रणाली निरन्तर अगाडि बढिरहेको छ । यद्यपि यसले देशको आर्थिक सुधारले जति आकर्षण गर्न सकेको छैन ।
नेतृत्व प्रणालीमा सुधार र जीवनभर नेतृत्वमा रहने प्रणालीको खारेजी ः चीनको राजनीतिक प्रणालीको आधारभूत पक्षको आकार सन् १९४९ देखि १९५६ को समयावधिमा भएको थियो । त्यो प्रणालीले क्रान्तिकारी युद्धको साख बोकेको थियो र त्यो कुरा योजनाबद्ध अर्थतन्त्रले पनि आत्मसात गरिएको थियो । त्यसको मुख्य विशेषतामध्ये एउटा बुँदा शक्तिको उच्च केन्द्रिकरण थियो । सांस्कृतिक क्रान्तिपछि त्यो प्रणालीमा धेरै समस्या भएको प्रस्ट भयो ।
तेङ सियाओपिङले दक्षिण चीन भ्रमणमा दिएका मन्तव्यहरूको आधारमा सन् १९९२ मा सम्पन्न चिकपाको १४ औं महाधिवेशनले चीनको आर्थिक पुनः संरचनाले समाजवादी बजार अर्थ प्रणाली स्थापना गर्ने लक्ष्य लिने भनेर प्रस्ताव ग¥यो । त्यसको अर्थ सरकारको बृहत् नियमनमा बजारलाई स्रोत व्यवस्थापनको भूमिका निर्वाह गर्न दिने थियो । त्यसैबीच समाजवादी बजार अर्थ प्रणाली आधारभूत समाजवादी प्रणालीसँग मेल खान्छ भन्ने कुरामा जोड दिइयो । महाधिवेशनले चीनको समाजवादी सुधार र खुलापन र समाजवादी आधुनिकीकरण विकासको एउटा नयाँ चरणमा पुगेको ठहर ग¥यो ।
सन् १९९३ मा १४ औं महाधिवेशनको तेस्रो बैठकले समाजवादी बजार अर्थ प्रणाली स्थापना गर्ने निर्णय ग¥यो । समाजवादी बजार अर्थ प्रणालीमा चिकपाको १४ औं महाधिवेशनले अगाडि सारेका सुधारका उद्देश्यहरू स्पष्ट पारियो । त्यसले समाजवादी आर्थिक प्रणालीको आधारभूत संरचना तयार पा¥यो । त्यसको साथै त्यस निर्णयले केही मुख्य क्षेत्रमा सफलता हासिल गर्दै सुधार नीति अगाडि बढाउने रणनीति पारित ग¥यो । निर्णय सार्वजनिकीकरणसँगै चीनको सुधार र खुलापनले ‘ढुङ्गाको अनुभव नगर्दै नदी तर्ने’ चरण पार गर्दै व्यापक र व्यवस्थित तरिकाबाट विकासको अर्को चरणमा पदार्पण ग¥यो ।
समाजवादी बजार अर्थतन्त्रको निर्माणमा आर्थिक आधार र अरु विभिन्न सामाजिक क्षेत्रहरू समावेश हुन्छन् । साथै सम्बन्धित संस्थागत र नीतिगत मेल पनि समावेश भएको हुन्छ । सन् १९९३ देखि चिकपाको केन्द्रीय समितिले योजनाबद्ध र चरणबद्ध रूपमा सुधारका उपायहरू अपनाइरहेको छ । ती उपायहरूमध्ये राज्यको स्वामित्वमा रहेका उद्योगहरूमा भएको सुधारले चीनको आर्थिक पुनःसंरचनामा फरक पार्छ । राज्य परिषद्ले सर्वप्रथम एक सयवटा उद्योगहरूमा नमुना सुधारका कार्यक्रम लागू ग¥यो । उद्योगहरूलाई पुनर्जीवन दिन सञ्चालित सुधारका कदमअन्तर्गत बोलपत्रको माध्यमबाट सञ्चालन विधिमा सुधार र आन्तरिक व्यवस्थापनलाई अझ बलियो बनाउने काम भयो । राज्यसञ्चालित उद्योगहरूलाई आधुनिक उद्योग प्रणालीमा फेर्ने सुधार प्रकृया थालेपछि ठूलो पुँजीका थुप्रै उद्योगहरू खुलेर तिनै उद्योग राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बने । त्यसैबीच, मूल्य, अर्थतन्त्र र कर, वैदेशिक व्यापार र विदेशी विनिमय, समाजिक सुरक्षा, आवास र भूमि प्रयोगमा क्रमशः सुधार कार्यक्रम लागू गरियो । ती सुधारका उपायहरूको अवलम्बनबाट स्रोत व्यवस्थापनमा बजारले खेलेको आधारभूत भूमिका अरु बलियो भयो र त्यसले आर्थिक विकासको क्षमतालाई उल्लेखनीय रूपमा बढायो । परिणामतः आर्थिक निर्माण तीव्र गतिमा अगाडि बढ्यो ।
माथि उल्लेखित सुधारका योजनाहरू लागू गर्दागर्दै चिकपाले राज्यको बृहत् नियमन प्रणाली स्थापना गर्ने कामलाई ठूलो महत्व दियो । सन् १९९३ को जुनमा चिकपाको केन्द्रीय समिति र राज्य परिषद्ले बृहत् नियमन विस्तार गर्ने र आर्थिक तथा मौद्रिक नीति कडा बनाउने र त्यसबेला सामना गर्नुपरेको मुद्रास्फीतिको दबाबलाई कम गर्न बृहत् नियमन बलियो पार्न र सुधार गर्न १६ उपायहरू निर्णय गरे ।
तीन वर्षको प्रयासपछि अनावश्यक रूपमा चलायमान अर्थतन्त्रलाई नियन्त्रण गरियो र चीनको अर्थतन्त्रले ‘नरम अवतरण’ ग¥यो । पछि चीनले सन् १९९७ मा सुरु भएको एसियाली आर्थिक सङ्कटलाई सफलतापूर्वक सम्हाल्यो । चीनले त्यसअघि कहिल्यै नभएको आर्थिक मन्दीको कुशल व्यवस्थापन ग¥यो ।
वर्षौंको प्रयोग र सतत् प्रयासपछि २१ औं शताब्दीको सुरुवातमा समाजवादी आर्थिक प्रणाली आधारभूत रूपमा स्थापना भयो । सुधार र खुलापन लागू गर्दा सुरुवातदेखि नै निर्णायक उपलब्धिहरू हासिल भएका थिए ।
राजनीतिक प्रणालीमा सुधार गर्दै सकारात्मक र नियमित रूपमा अघि बढ्ने प्रस्ताव
सुरुवातदेखि चीनको सुधार कार्यक्रमले आर्थिक तथा राजनीतिक पक्षहरूको सम्बोधन गर्दैथ्यो । सन् १९७८ को हिउँदमा सम्पन्न चिकपाको केन्द्रीय समितिको कार्यशालामा तेङ सियाओपिङले भने ः ‘‘प्रजातन्त्रलाई कानुनद्वारा संस्थागत गर्नुपर्छ ताकि सत्ता र पार्टी नेता परिवर्तन हुँदैमा नेताहरूको विचार वा प्राथमिकता परिवर्तन हुँदैमा प्रणाली र कानुन परिवर्तन नहोस् ।’’ कार्यशालापछि बसेको चिकपाको ११ औं केन्द्रीय समितिको पूर्ण बैठकले दुई वटा निर्णय ग¥यो । एक, देशको आधुनिकीकरण गर्न ध्यान केन्द्रित गर्ने । दोस्रो, समाजवादी प्रजातन्त्र र कानुन प्रणाली बनाउन थप जोड गर्ने । तीस वर्षभन्दा बढी समयपछि चीनको राजनीतिक प्रणाली निरन्तर अगाडि बढिरहेको छ । यद्यपि यसले देशको आर्थिक सुधारले जति आकर्षण गर्न सकेको छैन ।
नेतृत्व प्रणालीमा सुधार र जीवनभर नेतृत्वमा रहने प्रणालीको खारेजी ः चीनको राजनीतिक प्रणालीको आधारभूत पक्षको आकार सन् १९४९ देखि १९५६ को समयावधिमा भएको थियो । त्यो प्रणालीले क्रान्तिकारी युद्धको साख बोकेको थियो र त्यो कुरा योजनाबद्ध अर्थतन्त्रले पनि आत्मसात गरिएको थियो । त्यसको मुख्य विशेषतामध्ये एउटा बुँदा शक्तिको उच्च केन्द्रिकरण थियो । सांस्कृतिक क्रान्तिपछि त्यो प्रणालीमा धेरै समस्या भएको प्रष्ट भयो ।
मुख्य क्षेत्रमा राजनीतिक प्रणालीमा सुधार थालियो । चिकपा र राज्यको नेतृत्व प्रणाली मुख्य थिए । सन् १९८० को अगस्तमा चिकपाको केन्द्रीय समितिको राजनीतिक ब्युरोको विस्तारित बैठक बस्यो । बैठकले नेतृत्व प्रणालीमा सुधारबारे महत्वपूर्ण निर्णय गर्ने थियो । बैठकमा तेङ सियाओपिङले सुधार सम्बन्धी राखेका आधारभूत बिचार र सुरुवाती अवधारणा यस प्रकार छ ः प्रथमतः शक्तिको अति केन्द्रिकरण हुनुहुँदैन । दोस्रो, एकै समयमा एकै व्यक्तिले धेरै नेतृत्व एवम् सहायक पद लिनुहुँदैन । तेस्रो, अधिकारको स्पष्ट परिभाषा नहुँदा चिकपा र प्रशासनिक अङ्गहरूमा समस्या छन् र कहिलेकाहीँ प्रशासनिक अङ्गहरूको ठाउँमा चिकपाका अङ्गहरूले काम गरिरहेका हुन्छन् । चौथो, शक्ति हस्तान्तरणको समस्या सबैको हित हुने गरी दिगो रूपमा समाधान गरिनुपर्छ ।
उनले चीनको सुधारको निम्ति तीन आवश्यकताहरू प्रस्ताव गरे ः पहिलो, आर्थिक क्षेत्रमा सामाजिक उत्पादनशक्ति छिटो बढाउनुपर्छ । साथै आमजीवनको सांस्कृतिक स्तर विस्तारै सुधार गर्नुपर्छ । दोस्रो, राजनीतिक क्षेत्रमा जनताको प्रजातन्त्रलाई पूर्ण कार्यान्वयनमा गर्नुपर्छ । सबै मानिसले राज्यको उपस्थितिको अनुभूति गर्न पाउनुपर्छ । तेस्रो, प्रतिभाहरूको पहिचान गरी तिनीहरूलाई फस्टाउन दिनुपर्छ र राज्य र चिकपाका सामाजिक संरचनाहरूको निर्माणमा उपयोग गर्नुपर्छ । ती प्रतिभाहरू तुलनात्मक रूपमा जवान, विशेषज्ञता भएका र चार आधारभूत सिद्धान्तहरूलाई आत्मसात गरेका हुनुपथ्र्यो । तेङले केही अभ्यासहरू अनुपयुक्त भएको र त्यसलाई चिकपा र राज्य प्रणालीबाट हटाउनुपर्ने अनुभव गरे । ती विशेषाधिकारसम्बन्धी समस्या थिए, जस्तो कर्मचारीतन्त्र, शक्तिको अतिकेन्द्रिकरण, पितृसत्ताका अभ्यासहरू र कार्यकर्ता र नेताहरूको जीवनभर पदमा बस्ने परिपाटी । ती समस्याहरू समाधान भएनन् भने आर्थिक प्रणालीमा सुधार अवरुद्ध हुन्छ र समाजवादी आधुनिकीकराणको काम सफल पार्न चिकपालाई कठिन हुन्थ्यो ।
बैठकभन्दा अगाडि शक्तिको अतिकेन्द्रिकरणको समस्या सम्बोधन गर्न चिकपाको केन्द्रीय समितिले राजनीतिक ब्यूरो र स्थायी समितिको नेतृत्वमा केन्द्रीय सचिवालयले केन्द्रीय समितिको दैनदिनीको काम सम्हाल्ने निर्णय ग¥यो । बैठकपछि राष्ट्रिय जनकङ्ग्रेस र राज्य परिषद्मा व्यक्तिहरूको समायोजन गरियो । वरिष्ठ क्रान्तिकारीहरूको एक समूहले राष्ट्रिय जनकङ्ग्रेसको उपाध्यक्ष वा राज्य परिषद्को उपप्रधानमन्त्रीको पदबाट राजीनामा गरे । चिकपाले अध्यक्ष र उपाध्यक्षको ठाउँमा एउटै पद महासचिवको बन्दोवस्त ग¥यो । त्यसरी, चिकपा र सरकारमा उपाध्यक्षका पदहरू क्रमशः घटाउन माथिबाट तल जाने नीति अपनायो । साथै एउटै मानिसले धेरै पदहरू ओगट्ने काम कम भयो ।
कार्यकर्ता समूहको संरचनामा परिवर्तन र नयाँ र पुराना कार्यकर्ता बीचको काम हस्तान्तरण गर्ने कामलाई तीव्र बनाइयो । सांस्कृतिक क्रान्तिपछि पुराना कार्यकर्ताको ठूलो समूहले केन्द्रीय र स्थानीय सरकारमा पुनः नेतृत्व गर्न थाले । युद्धको समयमा चिकपामा सक्रियतापूर्वक लाग्ने ती कार्यकर्तामध्ये धेरैमा आधुनिकीकरण काममा विशेषज्ञता थिएन । त्यो समस्या समाधान गर्न चिकपाको केन्द्रीय समितिले दुई उपायहरू अपनायो । एक त युवा कार्यकर्ताको ठूलो समूहको छनोट र प्रशिक्षणलाई तीव्र बनाउनुपथ्र्याे । ‘क्रान्तिकारी, युवा उमेर, शिक्षित र व्यावसायिक रूपमा सक्षम’ लाई विभिन्न तहका नेतृत्व समूहमा ल्याउनु थियो । अर्को, कार्यकर्ताको अवकाश प्रणाली स्थापित गरियो । साथै जीवनभर कार्यकर्ता एवम् नेता बन्ने परिपाटीलाई हटाइयो । पुरानाबाट नयाँमा नेतृत्व सजिलै हस्तारन्तरण गराउन चिकपाको केन्द्रीय समितिले सन् १९८२ देखि १९९२ मा केन्द्रीय र प्रान्तीय तहमा पुराना कार्यकर्ताको सल्लाहकार समिति गठन ग¥यो । केही क्षेत्रहरूमा परीक्षा र अवलोकन साथै कार्यकर्ता र नेताहरू, चिकपाका अङ्गहरू र आमजनताबाट खुला रूपमा कार्यकर्ता र नेताको छनोट गरियो । यसरी आर्थिक पुनःसंरचनाको निम्ति आवश्यक मानव प्रतिभाको समस्या समाधान गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *