भर्खरै :

सम्पदा संरचनाको संरक्षण तथा पुनःनिर्माणबारे गोष्ठी

भक्तपुर, १२ पुस । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको आयोजनामा सम्पदा संरक्षण तथा पुनःनिर्माणबारे नेपाली र जापानी विशेषज्ञहरूले तयार पारेको १० वटा प्रस्तुतीकरणको कार्यशाला गोष्ठी सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले सम्पदाहरूको संरक्षण र पुनःनिर्माण कार्य पहिलेदेखि नै गरिआएको बताउनुभयो ।
२०७२ साल वैशाख १२ गतेको भूकम्पपछि भूकम्पीय जोखिम न्यूनीकरणसम्बन्धी प्रथम अन्तराष्ट्रिय सम्मेलन गरेको बताउँदै उहाँले सङ्कटमा सहयोग गर्ने देश मित्र देश हुनेछ भन्नुभयो ।
भक्तपुर नगरपालिकामा जापानका प्रतिनिधिहरूले भूकम्पीय जोखिम न्यूनीकरण गर्नेसम्बन्धी अनुसन्धानमा सहयोग पु¥याउनुभएकोमा जापान सरकारलाई धन्यवाद दिंदै उहाँले कलेजमा अध्ययनरत विद्यार्थीहरू जापानमा जोखिमसम्बन्धी अनुसन्धान गर्न अवसर मिलेकोमा खुसी व्यक्त गर्नुभयो । दुई देशबीचको विचार, अनुभव र सीपलाई आदान–प्रदान गर्न दुवै पक्ष अग्रसर हुनु राम्रो पक्ष भएको बताउँदै प्रमुख प्रजापतिले यस्ता सहकार्य निरन्तर भइरहनुपर्छ भन्नुभयो ।
नेपाल इन्जिनियरिङ अध्ययन संस्थान प्रा.डा.प्रेमनाथ मास्केले पहिलो सत्रको अध्यक्षता गर्दै कार्यक्रमको औचित्यता बारेमा बताउनुभएको सो कार्यक्रममा कलेजका प्राचार्य ई.सुजन माकले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
ख्वप इन्जिनियरिङ कलेजका डा. मन्जिप शाक्यले Damage assessment of culture heritage structure during 2015 Gorkha earthquake, सह प्राध्यापक ई.चन्द्रकिरण कवांले Exposed foundation of historical temple, र डा.सुवेगमान बिजुक्छेंले Estimation of 3-D velocity structure of the Kathmandu Basin बारेमा प्रस्तुतीकरण दिनुभएको थियो ।
Ehime University Japan का प्रा. नेत्रप्रकाश भण्डारीले दोस्रो सत्रको अध्यक्षता गर्दै 3D-SEM ground respond annalysis of Kathmandu valley during the 2015 Nepal earthquake बारेमा प्रस्तुती दिनुभएको थियो । सो कार्यक्रममा जापानका Tsukuba University, MIE University, Tokyo Denki University, Kyushu University, Shinshu University / KindaiUniversity का विशेषज्ञहरूले भूकम्पीय जोखिम न्यूनीकरणसम्बन्धी प्रस्तुतीकरण गर्नुभएको सो कार्यक्रमपछि उहाँहरूले स्थलगत अध्ययन भ्रमण गर्नुभएको थियो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *