यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, १२ पुस । भक्तपुर नगरपालिकाको आयोजनामा बिहीबार आत्मरक्षासम्बन्धी नपाका जनप्रतिनिधि र कर्मचारीबीच अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महिला हिंसा, बलात्कार, छुवाछूतजस्ता घटना बढिरहेको समयमा आत्मरक्षाको तालिम महत्वपूर्ण हुने बताउनुभयो । आफ्नो आत्मविश्वास र आत्मबल बढाउन आत्मरक्षासम्बन्धी तालिम उपयोगी हुने उहाँले बताउनुभयो ।
भक्तपुर नगरपालिकालाई सुन्दर र व्यवस्थित नगरको रूपमा विकास गर्न कमजोरी पक्षलाई सुधार गर्दै बहुमत जनताको हितमा निरन्तर काम गरिरहेको प्रमुख प्रजापतिले बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, ‘‘भक्तपुर नगरपालिकाले १० वटै वडामा शारीरिक व्यायामका सामग्रीहरू जडान गर्दैछ र घरदैलो नर्सिङ सञ्चालन गरी नगरवासीहरूको स्वास्थ्य स्थितिको जानकारी लिने कार्य पनि अगाडि बढेको छ ।’’
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले आत्मरक्षा महिलालाई मात्र होइन पुरूषलाई पनि आवश्यक भएको बताउनुभयो । भनपालाई लैङ्गिक हिंसामुक्त गर्ने अभियान चलाउनुपर्ने औंल्याउनुभयो ।
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूलाई आत्मरक्षासम्बन्धी तालिम प्रशिक्षक पद्मा खयरगोलीले दिनुभएको कार्यक्रममा नपाका विभिन्न वडाका वडाअध्यक्षहरूको पनि सहभागिता रहेको थियो ।
Leave a Reply