तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
दैलेख, ११ पुस । नेपाल मजदुर किसान पार्टी चाविनपा दैलेखको आयोजनामा १२५ औं माओ जयन्ती कार्यक्रम हाडाकोटमा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले माओले चीनलाई मात्र मुक्ति नदिएर संसारका न्यायप्रेमी जनताको मुक्तिको बाटो देखाउनुभएको विचार व्यक्त गर्नुभयो । हाम्रो देशको कम्युनिष्ट सरकार कम्युनिष्ट नभई भारतीय घोडा भएको जिकिर उहाँले गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य बजिरसिंह विकले कार्यकर्ताहरू अनुशासित र अध्ययनशील हुनुपर्ने भन्दै वर्तमान सरकार खोलमात्रै कम्युनिष्ट भएको बताउनुभयो ।
नेमकिपा जिल्ला सदस्य निरु शाही, मनबहादुर विक, दिनेश शाहीलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सभापतित्व चावि नगर अध्यक्ष विष्णु रेग्मीले गर्नुभएको थियो ।
कार्यक्रममा स्थानीय झाँकीहरू (मारुनी, मागल, धमारी, पञ्चेबाजालगायत प्रस्तुत गरिएका थिए । कार्यक्रम अगाडि जुलुसले नगर परिक्रमा गरेको थियो । सो अवसरमा नेमकिपाका पुराना कार्यकर्ताहरू कर्णबहादुर तारामी, बलबहादुर मलइ, कांसे कामी, धनबहादुर विकलगायत अन्यलाई सम्मान गरिएको थियो ।
कालीकोट
नेपाल मजदुर किसान पार्टी जिल्ला समिति कालीकोटको आयोजनामा चिनियाँ क्रान्तिका महान् नेता माओत्सेतुङको १२५ औं जन्म दिवस जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले किसान आन्दोलनका नेता र चिनियाँ भुमिमा माक्र्सवाद – लेनिनवादलाई प्रयोग गर्न माओ त्सेतुङ एक सफल चिनियाँ नेता भएको बताउनुभयो ।
तत्कालीन चीनमा साम्राज्यवादी देशहरूको आक्रमण र उपनिवेशवादको विरोधमा निरन्तर सङ्घर्षको नेतृत्व गर्दै विशाल चीनमा समाजवादको झण्डा फरफहराउने महान् नेतालाई आज संसारभरका श्रमिक जनताले सम्झिरहेको उहाँले बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय उपाध्यक्ष नरदीप शाहीले माओ त्सेतुङले रुसी संशोधनवादविरुद्ध लगातार सङ्घर्ष गर्नुभई संसारको कम्युनिष्ट आन्दोलनलाई बाटो देखाउनुभएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी जिल्ला समिति कालीकोटका उपाध्यक्ष दीपेन्द्रबहादुर शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा खड्गराज शाही, रङ्गलाल देवकोटा, धनञ्जय अधिकारी नेक्राविसङ्घका खडानन्द अधिकारीलगायतका नेताले बोल्नुभएको थियो ।
अछाम
नेपाल मजदुर किसान पार्टी कमलबजार नगरपालिका वडा नं. ६ को आयोजनामा माओ त्सेतुङको १२५ औँ जन्म जयन्ती मनाइयो । उक्त कार्यक्रममा नेमकिपा अछामका अध्यक्ष तथा सुदूर प्रदेश समितिका सदस्य झंकरबहादुर शाहीले माओ त्सेतुङले जापानी साम्राज्यवादको पञ्जाबाट चीन मुक्त गराउनु भएझैं नेपाललाई पनि भारतीय विस्तारवादको पञ्जाबाट मुक्त गराउन सङ्घर्ष गर्नुपर्छ भन्नुभयो । उहाँले माओ त्सेतुङले जापानी साम्राज्यवादले उपनिवेस बनाएको देशलाई जनवादी क्रान्तिमार्फत चीनलाई पुँजीवादी र सामन्ती व्यवस्थाबाट अन्त्य गरी जनवादी गणतन्त्रको स्थापना गर्नुभएको थियो भन्नुभयो । नेपालमा माओ त्सेतुङको नाममा १० वर्ष जनयुद्ध गरेका माओवादी भारतीय दलाल र नेपालका नदीनाला भारतलाई दिने राष्ट्रघाती, संशोधनवादी, अवसरवादी सावित भएको उहाँको दाबी थियो ।
नेमकिपा कनपा ६ का पूर्ववडा सदस्य सुरेन्द्र शाही, नेपाल क्रान्तिकारी युवा सङ्घ कनपा ६ का वीरबहादुर शाही, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका कनपा ६ का रामबहादुर शाहीलगायतले बोल्नुभएको थियो ।
Leave a Reply