नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
मेक्सिको सिटी, २९ डिसेम्बर । संरा अमेरिकी राष्ट्रपति कार्यालयमा मेक्सिकोसँग जोडिएको दक्षिणी सिमाना बन्द गर्ने वा नगर्ने भन्ने विषयमा बहस गरिरहेको बेलामा मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज अब्राडोरले सो विषय संरा अमेरिकाको ‘आन्तरिक विषय’ भएको प्रतिक्रिया दिएका छन् ।
“त्यो विषयमा हाम्रो कुनै धारणा छैन किनभने त्यो संरा अमेरिकाको आन्तरिक मामिला हो । हामी त्यो विषयमा मौन बस्न उचित ठान्छौँ ।”, उनले पत्रकारहरूसँग भने ।
“हामी संरा अमेरिकासँग धेरै राम्रो सम्बन्ध कायम राख्ने पक्षमा सदा छौंँ।”, उनले थपे ।
यसअघि संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिमानामा पर्खाल बनाउने विवादास्पद विषयमा डेमोक्रेटिक पार्टीको बहुमत भएको संसदले बजेट निकासा नगरे दक्षिणी सिमाना पूर्ण रूपमा बन्द गर्ने सम्भावना देखाएका थिए ।
ट्वीटरमा ट्रम्पले भने, “हामी या त पर्खाल बनाउनेछौँ नभए दक्षिणको सिमाना पूर्णरूपमा बन्द गर्नेछौँ ।”
संसदमा दबाब दिन ट्रम्पले गएको शनिबार सङ्घीय सरकार आंशिक रूपमा बन्द गर्ने घोषणा गरेका थिए ।
संरा अमेरिकाले सन् २०१६ को चुनावी अभियानको क्रममा सिमानामा पर्खाल लगाउने घोषणा गरेको थियो । त्यसको निम्ति उनले संसदमा ५ अर्ब अमेरिकी डलरको माग गरेका थिए ।
तर डेमोक्रेटिक नियन्त्रित संसदले भने १ अर्ब ५० करोड अमेरिकी डलरमात्र बजेट विनियोजन गर्न तयार भएको छ । डेमोक्रेटहरू पर्खाल बनाउने विपक्षमा उभिएका छन् । उनीहरूले सिमानाको रक्षाको सो बजेट विनियोजन गरेका थिए ।
Leave a Reply