तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
कैलाली, १४ पुस । विश्व सर्वहारा वर्गका नेताद्वय स्तालिनको १३९ औँ र माओ त्सेतुङको १२५ औँ स्थापना दिवसको अवसरमा शनिबार कैलालीमा प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी कैलालीका अध्यक्ष रमेशकुमार रावलले समाजवादी व्यवस्था स्थापनाको लागि शिक्षक–बुद्धिजीवी एवं कार्यकर्ताहरूले मजदुर–किसानलाई प्रशिक्षित गर्नुपर्ने बताउनुभयो ।
भारतीय विस्तारवादले ६० हजार हेक्टर भन्दा बढी नेपाली भूमि अतिक्रमण गरिरहेको चर्चा गर्दै उहाँले देशको सार्वभौमिकता रक्षाको लागि सबै नेपाली सचेत हुनुपर्छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य जगतबहादुर तारामीले समाजवादी व्यवस्थाले मात्र कामदार वर्गलाई न्याय गर्न सकिने उल्लेख गर्नुभयो ।
Leave a Reply