शिक्षा र स्वास्थ्यमा निराशाजनक बजेट !
- जेष्ठ १८, २०८३
भक्तपुर, १४ साउन । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रअन्तर्गतका महिला स्वयम्सेविकाहरूले शनिबार वनभोज कार्यक्रमको आयोजना गर्यो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वयम्सेवकहरूले समाजसँग घुलमिल भएर काम गर्नुपर्ने र जनता र नगरपालिकाबीचको पुल भएर काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले जुनसुकै क्षेत्रमा काम गरे पनि जनताको सेवा गर्ने भावनाले काम गर्नुपर्ने बताउँदै नेपाल मजदुर किसान पार्टीले आफ्नो घोषणापत्रअनुरूप कार्य गर्दै आएको र जनताको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
भक्तपुरको स्वास्थ्य क्षेत्रमा स्तरीय सेवा दिने उद्देश्य नगरपालिकाले कार्य गर्दै आएको बताउँदै प्रमुख प्रजापतिले विद्यालय र कलेजहरूमा पनि विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य सेवा दिने योजना रहेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाअध्यक्ष रवीन्द्र ज्याख्वले नगरवासीको स्वास्थ्य सुविधाको निम्ति खटिनुभएका स्वयम्सेवकले राजनैतिक र वर्गीय समाजबारे सचेतना जगाउनुपर्ने बताउनुभयो ।
उहाँले नेपाल मजदुर किसान पार्टीको दृष्टिकोणअनुरूप काम गरी खाने जनताको सेवा गर्ने भावनाले उत्साहित भएर काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले स्वास्थ्य स्वयम्सेविकाहरूको कामले नगरवासीहरू लाभान्वित भएको र निःस्वार्थ रूपमा अझ जनताको सेवा गर्ने भावनाले काम गर्नुपर्ने बताउनुभयो ।
Leave a Reply