भर्खरै :

माओ त्सेतुङको सम्झना

भक्तपुर, १४ पुस । नेपाल क्रान्तिकारी युवा सङ्घ भनपा ८ वडा एकाइ समितिको आयोजनामा शुक्रबार १२५ औँ माओ जयन्ती मनाइयो ।
कार्यक्रममा भनपा वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमलीले सामाजिक राजनीतिक गतिविधिमा युवाहरू सक्रिय हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कम्युनिष्ट भनिने सरकारले देशमा सुशासन दिन नसकेको बरू जनतालाई छलछाम गर्ने काममात्र गरिररहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिका अध्यक्ष गङ्गाराम ज्याख्वले भक्तपुरको किसान आन्दोलन यहाँका किसानहरूको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको हुँदा अग्रजहरूको योगदानलाई कदर गर्नुपर्ने बताउनुभयो ।
नेक्रायुसंघ भजिसतसका सचिव एच.एस.सुवालले देशको सार्वभौमिकता र भूअखण्डता रक्षाको लागि युवाहरू एकजुट भइ लाग्नुपर्ने खाँचो औँल्याउनुभयो ।
नेक्रायुसङ्घ भनसका सचिव श्याम बासुकलाले सम्मेलनले युवाहरूलाई सचेत र सङ्गठित बनाउन मद्दत पुग्ने विचार राख्नुभयो ।
नेक्रायुसंघ भनपा ८ एकाइ अध्यक्ष रामसुन्दर बासीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपा भनपा वडा नं. ८ का अध्यक्ष कृष्णप्रसाद कोजू र सुनिल बोहजूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *