हैजा फैलिएको बेला गुणस्तरहीन खाद्यान्नले झन् स्वास्थ्यमा असर पर्ने
- भाद्र २३, २०८३
हिना सुवाल
भक्तपुर, २३ फागुन । भक्तपुरलगायत १५ जिल्लामा फागुन २२ र २३ गते ५ वर्षमुनिका बालबालिका र शिशुलाई पोलियोको खोप खुवाइयो । बालबालिकालाई पोलियो रोग लाग्नबाट बचाउन सो कार्यक्रम २०१० देखि नै सुरु गरिएको हो । भक्तपुरलगायत १५ जिल्लामा मात्र यस्तो कार्यक्रम भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका सुपरिवेक्षक पार्थमणि न्यौपानेले बताए ।
न्यौपानेले पोलियो खोपको लागि सरकारले १९ लाख बजेट विनियोजन गरेको जानकारी दिए । साथै उनले सो कार्यक्रमलाई भनेर ११ सय जना स्वयम्सेवक भक्तपुर जिल्लामा परिचालन गरिएको बताए ।
“दुई दिनको कार्यक्रमलाई ५ सय ५० वटा टोली बनाएका थियौं । हरेक टोलीमा ४ जना स्वंयसेवक परिचालन गरिएको थियो । सबैजना घरदैलोमा पुगी पोलियो थोपा खुवाएका थिए ।” सुपरभाइजर न्यौपानेले भने ।
जिल्लामा जनस्वास्थ्य कार्यालयले यो वर्ष ४५ हजार बालबलिका र शिशुलाई पोलियो खुवाउने लक्ष्य राखेको छ ।
भक्तपुर नगरपालिका वडा नं १३ का स्वयम्सेवक ममता चाकुमणिले सोमबारसम्म ३२ जना बालबच्चाले सो सेवा प्राप्त गरेको जानकारी दिइन् ।
पोलियोको खोपले पोलियो रोग लाग्नबाट जोगाउने गर्दछ । कम्तिमा तीन पटक खुवाउनु पर्ने पोलियो ६ महिना, १० महिनामा खुवाउनुपर्दछ । यसो गर्दा बालबच्चालाई पोलियो लाग्ने डर हुँदैन ।
“भक्तपुरमा पोलियो अभियान कार्यक्रममा छुटेको बालबच्चालाई नजिकैको स्वास्थ्य केन्द्र वा वडा कार्यालयमा लगेर खुवाउन सकिने व्यवस्था गरिएको छ । साथै सबै बालबच्चाले पोलियो थोपा खाएको हो वा होइन भनी जनस्वास्थ्य केन्द्रले अनुगमन पनि गर्नेछ । अनुगमनमा बालबच्चासँग पलिस या छाप छ कि छैन भनेर हेरिने छ ।” सुपरभाइजर न्यौपानेले बताए ।
Leave a Reply