शिक्षा र स्वास्थ्यमा निराशाजनक बजेट !
- जेष्ठ १८, २०८३
भक्तपुर, १४ पुस । नेपाल मजदुर किसान पार्टीका सचिव तथा सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा लसकुस बचत तथा ऋण सहकारी संस्था लि.को एघारौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा उद्घाटन मन्तव्य राख्दै सांसद सुवालले भन्नुभयो, ‘‘सहकारी संस्थाले सबै सदस्यको हित हुने गरी गतिविधि सञ्चालन गर्नु उपयुक्त हुनेछ । आन्तरिक उत्पादन नहुँदा नेपालीले चामललगायत खाद्यान्न र फलफूल एवं तरकारी विदेशबाट आयात गर्नुपर्ने स्थिति भयो । यसबारे सहकारीका साथीहरुले चिन्तन गर्नु आवश्यक छ ।’’
सहकारी संस्थाका सदस्यहरुलाई पनि देश र जनताको हितमा समर्पित गराउन संस्थाको कार्य समितिले काम गर्नु आवश्यक भएको चर्चा गर्दै उहाँले बैङ्कले लगानीकर्ताहरुको हितमात्र हेर्ने र सर्वसाधारण जनता बैङ्कको चर्को ब्याज एवम् शोषणमा पर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका कार्यपालिका सदस्य तथा संस्थाका सल्लाहकार रोशनमंैया सुवालले भक्तपुर नगरपालिकाले युवा तथा विद्यार्थीहरुको हितमा विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको बताउनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि चण्डिका छुुकांले भक्तपुर नगरका सहकारीहरुले नमुना सहकारीको रुपमा कार्य गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा विभिन्न मित्र सहकारीका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा संस्थाका सचिव राजेश दिस्ती, कोषाध्यक्ष सुनिल सुवाल, लेखा सुपरीवक्षेण समितिका संयोजक श्रीराम दथेपुथेले प्रस्तुत गरेको प्रतिवेदन पारित भएको थियो ।
कार्यक्रममा विश्वनाथ सुजखू र सपना गोर्खालीले पनि बोल्नुभएको थियो ।
Leave a Reply