शिक्षा र स्वास्थ्यमा निराशाजनक बजेट !
- जेष्ठ १८, २०८३
भक्तपुर, २१ पुस । भिन्तुना बचत तथा ऋण सहकारी संस्थाको १६ औँ वार्षिक साधारणसभा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एक समारोहबीच शनिबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले सहकारी सदस्यहरूको साझा संस्था भएकोले सहकारीकै मार्फत समुदायको हित र सेवामा अगाडि बढनुपर्ने बताउनुभयो ।
‘सम्पदा पुनःनिर्माण कार्यमा विदेशी सहयोगलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेका चर्चा गर्दै उहाँले एनजीओ र आईएनजीओलाई निषेध गर्ने उद्देश्यले भनपा अगाडि बढिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले नियमित रूपमा सरसफाइको कार्य अगाडि बढाइरहेको उल्लेख गर्दै नगर प्रमुख प्रजापतिले नपाका जनप्रतिनिधि, कर्मचारी, नपाभित्रका सङ्घ–संस्था, टीम क्लब, विद्यालय आदिको संयुक्त सहकार्यले सरसफाइको अभियान अगाडि बढिरहेको बताउनुभयो ।
भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले नगरवासीले घर निर्माण गर्दा भनपाको मापदण्डलाई ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका श्रीप्रसाद त्यातजू र लेखा परीक्षक रमेश थापा श्रेष्ठले पनि बोल्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष शिवकृष्ण कोजूको सभापतित्वमा भएको उक्त कार्यक्रममा सचिव कृष्णप्रसाद सुवाल र सञ्चालक चञ्चल सुवालले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतिबाट पारित भएको थियो ।
Leave a Reply