रास्वपा सरकारको बजेटले सरकार पुँजीवादी भएको पुष्टि
- जेष्ठ १८, २०८३
आफूलाई ‘लिटिल बुद्ध’ दाबी गर्ने कथित तपस्वी रामबहादुर बमजनमाथि उनकै आश्रमका आनीहरूलाई बलात्कार र हिंसा गरेको आरोप लागेको छ । आरोप आरोपमा मात्र सीमित छैन, सप्रमाण र सविस्तार आएका छन् । त्यस्तै उनको आश्रममा बसिरहेका तीन किशोरी बेपत्ता भएको आरोप पनि छ । बेपत्ता किशोरीका परिवारले कि ती किशोरी कहाँ छन् सार्वजनिक होस् कि मारिइसकेको भए लास देऊ भनी मागिरहेका छन् । त्यसरी सञ्चारमाध्यमहरूमार्फत निरन्तर अभियोग लगाइरहँदा पनि बमजन र उनको आश्रमले प्रतिवादमा केही नबोल्नु र पीडित परिवारले प्रहरीमा उजुरी गर्दा समेत प्रहरी प्रशासनले कुनै कदम नचाल्नु अर्को रहस्य भएको छ । बमजनको कथित आश्रममाथि अनुसन्धान गर्न राज्य वा सरकारलाई केको अप्ठ्यारो वा बन्देज ? बमजन दोषी वा अपराधी होइनन् भने नै हो भने पनि अनुसन्धानले वास्तविक दोषी पत्ता लाग्ने र बमजनमाथि लागेको आरोपबाट मुक्ति पाउनेछन् । के बमजन पनि वर्तमान सरकारकै भित्रियामध्ये एक हो ?
–सन्ध्या भ्लोन तामाङ
Leave a Reply