यासुकुनी मन्दिरको भ्रमण र आर्थिक प्रस्तावहरूले जापानको ‘शान्तिको देश’ मकुन्डो च्यात्छ
- कार्तिक १०, २०८३
तेहरान, ३० डिसेम्बर । इरानी सेनाका सेनापतिले खाडी क्षेत्रमा संरा अमेरिकाले असुरक्षा बढाइरहेको बताएका छन् ।
“रणनीतिक क्षेत्रमा उपस्थित भएर खाडी क्षेत्रमा संरा अमेरिकाले असुरक्षा बढाइरहेको छ ।”, इरानी सशस्त्र बलका प्रमुख मोहम्मद बकारीले भने ।
“संरा अमेरिकाले जहाँ पनि आफ्नो उपस्थिति देखाउने गरेको छ, त्यहाँ असुरक्षाको अवस्थालाई मलजल गर्ने गरेको छ ।”, उनले प्रेस टीभीलाई भने ।
उनले खाडी देशहरू आफ्नो सुरक्षाको बन्दोबस्त गर्न आफैं सक्षम भएको र खाडीमा संरा अमेरिकाको उपस्थितिले थप खतरा बढाएको प्रष्ट पारे ।
इरानका विदेशमन्त्री जाभेद जारिफले खाडी क्षेत्रमा संरा अमेरिकी सेनाको उपस्थिति ‘अवैध’ भएको बताएका छन् । उनले संरा अमेरिकी सेनाले तनाव बढाउने काममात्र गरेको बताए । खाडी क्षेत्रमा संरा अमेरिकी युद्धक विमानहरू बोक्ने जहाजको तैनाथीले तनावको अवस्था बनाउने विदेशमन्त्रीको भनाइ थियो ।
गएको डिसेम्बर २१ मा संरा अमेरिकी युद्धक विमान बोक्ने जहाज, द जोन सी स्टेनिस खाडी क्षेत्रमा तैनाथ गरिएको थियो । संरा अमेरिकाले गएको नोभेम्बर महिनादेखि इरानमाथि नाकाबन्दीको नयाँ चरण सुरू गरेको थियो ।
मे महिनामा संरा अमेरिकाले इरानसँगको आणविक सन्धिबाट हात झिकेको थियो ।
Leave a Reply