तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
दैलेख, १६ पुस । नेपाल मजदुर किसान पार्टी डुङ्गेश्वर गाउँपालिकाको आयोजनामा पीपलचौतारामा विश्व कामदार जनताका गुरु माओ त्सेतुङको १२५ औँ जन्म दिवसको अवसरमा जनसभा कार्यक्रम भयो । कार्यक्रममा हालै दिवंगत हुनुभएका नेपाल मजदुर किसान पार्टी जिल्ला समिति दैलेखका पूर्वउपाध्यक्ष एवम् नेपाल क्रान्तिकारी किसान सङ्घ केन्द्रीय सल्लाहकार मणिराम तिवारीप्रति श्रद्धाञ्जली व्यक्त गरियो ।
नेपाल मजदुर किसान पार्टीका पूर्वकेन्द्रीय सदस्य उदयजङ्ग शाहीले माओ त्सेतुङको जीवनी र चिनियाँ क्रान्तिबारे प्रकाश पार्दै चिनियाँ क्रान्तिकारी जनताले माओको नेतृत्वमा चीनभित्रका स्वदेशी तथा विदेशी प्रतिक्रियावादी वर्गविरुद्ध कठोर र निर्मम लडाइँ लड्नुभएको बताउनुभयो ।
माक्र्सवाद–लेनिनवादलाई चिनियाँ भूमिमा प्रयोग गर्दै बहुमत किसानलाई सचेत र सङ्गठित गर्दै माओको नेतृत्वमा चिनियाँ क्रान्ति सम्पन्न भएको चर्चा गर्दै उहाँले नेपालको कम्युनिष्ट आन्दोलनलाई बदनाम गर्न साम्राज्यवादी र विस्तारवादीहरूले नक्कली कम्युनिष्ट तयार गरेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका खगेन्द्र गौतम, धनबहादुर विक, मिनबहादुर पौडेल, भीमबहादुर अर्याल, लिलाप्रकाश दाहाल, चन्द्रमणि शर्मा, नेक्राविसङ्घ दैलेखका डिल्ली न्यौपाने, गंगाप्रसाद न्यौपाने, बिन्दुलाल रेग्मीलगायतले माओ र चिनियाँ क्रान्तिबारे बोल्नुभएको थियो । कार्यक्रम नेपाल मजदुर किसान पार्टी डुङ्गेश्वर गाउँपालिका समितिका जगतबहादुर वलीको सभापतित्वमा भएको थियो ।
माओ दिवसकै अवसरमा नेपाल मजदुर किसान पार्टी दुल्लु नगर समितिको आयोजनामा पुस १३ गते दुल्लुगढीमा जनसभा भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले माओले चीनलाई मात्र नभएर संसारलाई मुक्तिको बाटो देखाउनुभएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा जिल्ला सल्लाहकार संयोजक शिवराज दाहाल, सल्लाहकार सदस्य मोतीराम लम्साल, नेक्राशिसङ्घका लोलप्रसाद आचार्य र बासुदेव बुढा, नेपाल क्रान्तिकारी महिला सङ्घका रुमा गुरुङले पनि बोल्नुभएको थियो । कार्यक्रममा वयबहादुर थापा, महेन्द्रप्रसाद आचार्य, मदनकुमार भण्डारीलगायतले माओ त्सेतुङका व्यक्तित्वबारे बोल्नुभएको थियो ।
कीर्तिपुर
नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर समितिको आयोजनामा आइतबार विश्व सर्वहारा वर्गका महान गुरु स्तालिनको १३९ औँ र माओ त्सेतुङको १२५ औँ जन्म दिवस मनाइयो । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले स्तालिन र माओको शिक्षा विश्वका गरिब वर्गको लागि पथप्रदर्शक रहेको बताउँदै कार्यकर्ताहरूले कम्युनिष्ट नेताहरूको जीवनीको गहिरो अध्ययन गर्न आग्रह गर्नुभयो ।
उहाँले आफूले अध्ययन गरेका विषय अन्यलाई पनि बताउन र माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई जनस्तरमा फैलाउन सक्रिय हुनुपर्ने बताउनुभयो । कीर्तिपुर नगर समितिका अध्यक्ष हरिकुमार महर्जनको सभापतित्वमा भएको कार्यक्रममा राजकुमार महर्जनले पनि बोल्नुभएको थियो ।
ललितपुर
नेपाल क्रान्तिकारी मजदुर सङ्घ ललितपुर महानगर वडा नं. २४ को आयोजनामा विश्व सर्वहारा वर्गका महान नेता माओ त्सेतुङ्गको १२५ औं जन्म दिवसको अवसरमा सोमबार भेला भयो ।
कार्यक्रममा नेमकिपा ललितपुरका अध्यक्ष टीकाराम महर्जनले अध्यक्ष माओको कुशल नेतृत्वले चीनमा समाजवादी क्रान्ति सम्पन्न भएको र विश्वमा कम्युनिष्ट आन्दोलन अगाडि बढाउन ठूलो मद्दत पुगेको बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले माओ त्सेतुङ्गले माक्र्सवादी सिद्धान्त विकास गर्न संशोधनवादबाट जोगिँदै आधुनिक चीन निर्माण गर्ने आधार तयार गर्नुभएको बताउनुभयो । उहाँले नेपालमा माओका नाममा नक्कली कम्युनिष्टहरूले शासन गरी कम्युनिष्टहरूको बदनाम गरिरहेकाले कार्यकर्ताहरू सचेत हुनुपर्छ भन्नुभयो । कार्यक्रममा प्रेम, देवेन्द्र, सृजनालगायतले बोल्नुभएको थियो ।
Leave a Reply