नेपालीहरू भारतविरोधी होइनन् – १
- कार्तिक ११, २०८३
(चीनको विदेशी भाषा प्रेसले सन् २०१२ मा प्रकाशित गरेको पुस्तक ‘द पाथ अफ द सीपीसी, रिभोल्युसन क्रन्स्ट्रक्सन एण्ड रिफर्म’ को नेपाली अनुवाद राकस्थाले गर्नुभएको हो । पुस्तकको अध्याय १ र २ मजदुर दैनिकमा मंसिर २१ देखि २८ गतेसम्मको अड्ढमा प्रकाशित भएको थियो । चीनको सुधारबारे लेखिएको अध्याय ३ मजदुर दैनिकमा पुस ९ गतेदेखि पुस १३ गतेसम्म प्रकाशित भयो । चौथो अध्याय पुस १६ बाट प्रकाशित गरेका छौं –सम्पादक)
यद्यपि, चीनको आर्थिक पुनःसंरचनाबारे सन् १९९० को दसकको सुरुवातसम्म पूर्ण निर्णय भएको थिएन । सन् १९८८ को गम्भीर मुद्रास्फीति र सन् १९८९ को राजनीतिक हलचलपछि ‘योजनाबद्ध अर्थतन्त्रलाई प्राथमिकता दिई’ सुधार कार्यक्रम लागू गर्न अत्यावश्यक भएको तर्कले स्थान पायो र सैद्धान्तिक वृत्तमा चर्को बहस सुरु भयो ।
चीनको आर्थिक संरचनाहरू कमजोर भएको त्यो गम्भीर समयमा तेङ सियाओपिङले ठूलो र महत्वपूर्ण भूमिका निर्वाह गरे । सन् १९९२ को सुरुवातमा तेङ सियाओपिङले दक्षिण चीनको अनुगमन भ्रमण गरे तथा चरणबद्धरुपमा महत्वपूर्ण मन्तव्यहरू दिए । उनले पुँजीवाद र समाजवादको फरक भन्नु योजनाबद्ध अर्थतन्त्रविरुद्ध बजार तर्थतन्त्र होइन, कुनै योजनाबद्ध अर्थतन्त्र समाजवादी हो र बजार अर्थतन्त्र पुँजीवाद हो भनी नसोच्न भन्नुभयो । वास्तवमा बजारबाटै योजना बन्ने र नियमन हुने हुनाले दुवैले आर्थिक गतिविधिलाई नियन्त्रण गर्दछन् र बजार अर्थतन्त्रले पनि समाजवादको सेवा गर्नसक्छ । पुँजीवादलाई भन्दा समाजवादलाई बढी फलदायी बनाउने हो भने हामीले सबै संस्कृतिका सफलताहरूबाट सिक्न हिचकिचाउनु हुन्न र विकसित पुँजीवादी देशहरूको साथै सबै देशबाट सिक्नुपर्छ । आधुनिक समाजवादी उत्पादनको निम्ति विकसित कार्यशैली र व्यवस्थापनका विधिहरू सिक्नुपर्छ । तेङ सियाओपिङका ती विचार धेरै वर्षदेखि तेर्सिएका केही सैद्धान्तिक प्रश्नहरूको जवाफ थियो । साथै त्यसले लामो समयदेखि चिनियाँ जनताको दिमागलाई बेरिरहेको योजनाबद्ध अर्थतन्त्र र बजार अर्थतन्त्रलाई सिद्धान्तसँग जोड्ने अस्पष्टतालाई हटाई दियो । त्यसबाट देशको आर्थिक पुनःसंरचनाको दिशा बुझ्न सहयोग मिल्यो । त्यसले सुधार कार्य अगाडि बढाउन मुख्य भूमिका खेल्यो ।
तेङ सियाओपिङले दक्षिण चीन भ्रमणमा दिएका मन्तव्यहरूको प्रकाशमा सन् १९९२ मा सम्पन्न चिकपाको १४ औं महाधिवेशनले चीनको आर्थिक पुनःसंरचनाले समाजवादी बजार अर्थ प्रणाली स्थापना गर्ने लक्ष्य लिएको प्रस्ताव ग¥यो । त्यसको अर्थ सरकारको बृहत् नियमनमा बजारलाई स्रोत व्यवस्थापनको भूमिका निर्वाह गर्न दिने भन्ने थियो । त्यसैबीच समाजवादी बजार अर्थ प्रणाली आधारभूत समाजवादी प्रणालीसँग मेल खान्छ भनेर अरु जोड दिइयो । महाधिवेशनले चीनको समाजवादी सुधार र खुलापन एवम् समाजवादी आधुनिकीकरण विकासको एउटा अर्काे चरणमा पुगेको ठहर ग¥यो ।
सन् १९९३ मा १४ औं महाधिवेशनको तेस्रो बैठकले समाजवादी बजार अर्थ प्रणाली स्थापना गर्ने निर्णय ग¥यो । समाजवादी बजार अर्थ प्रणालीमा चिकपाको १४ औं महाधिवेशनले अगाडि सारेका सुधारका उद्देश्यहरू स्पष्ट पारियो । त्यसले समाजवादी आर्थिक प्रणालीको आधारभूत संरचना तयार पा¥यो । यसको साथै त्यस निर्णयले केही मुख्य क्षेत्रमा सफलता हासिल गर्दै सुधार कार्य अगाडि बढाउने रणनीति पारित ग¥यो । निर्णय सार्वजनिकीकरणसँगै चीनको सुधार र खुलापनले ‘ढुङ्गाको अनुभव नगर्दै नदी तर्ने’ चरण पार ग¥यो र व्यापक र व्यवस्थित तरिकाले विकासको चरणमा पदार्पण ग¥यो ।
समाजवादी बजार अर्थतन्त्रको निर्माणमा आर्थिक आधार र अरु विभिन्न समाजिक क्षेत्रहरू समावेश हुन्छन् । साथै सम्बन्धित संस्थागत र नीतिगत मिलान पनि समावेश हुन्छन् । सन् १९९३ देखि चिकपाको केन्द्रीय समितिले योजनाबद्ध र चरणबद्धरूपमा सुधारका उपायहरू अपनाइरहेको छ । ती उपायहरूमध्ये राज्यको स्वामित्वमा रहेका उद्योगहरूको सुधार हँुदा चीनको आर्थिक पुनःसंरचनामा फरक पार्छ । राज्य परिषद्ले सर्वप्रथम एक सय वटा उद्योगहरूमा नमुना सुधार लागू ग¥यो । उद्योगहरूलाई पुनर्जीवन दिन सञ्चालित सुधारका कदमअन्तर्गत बोलपत्रको माध्यमबाट सञ्चालन विधिमा सुधार र आन्तरिक व्वस्थापनलाई अरु बलियो बनाउने काम भयो । राज्यसञ्चालित उद्योगहरूलाई आधुनिक उद्योग प्रणालीमा फेर्ने सुधार प्रकृया थालेपछि ठूलो पुँजीका थुप्रै उद्योगहरू बने र ती नै राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बन्ने । त्यसैबीच, मूल्य, अर्थतन्त्र र कर, वैदेशिक व्यापार र विदेशी विनिमय, समाजिक सुरक्षा, आवास र भूमि प्रयोगमा क्रमशः सुधार कार्यक्रम लागू गरियो । ती सुधारका उपायहरूबाट स्रोत व्यवस्थापनमा बजारले खेलेको आधारभूत भूमिका अरु बलियो भयो र त्यसले आर्थिक विकासको क्षमतालाई उल्लेखनीय रूपमा बढायो । परिणामतः आर्थिक निर्माण तीव्र रूपमा अगाडि बढ्यो ।
माथि उल्लेखित सुधारका योजनाहरू लागू गर्दागर्दै चिकपाले राज्यको बृहत् नियमन प्रणाली स्थापना गर्ने कामलाई ठूलो महत्व दियो । सन् १९९३ को जून महिनामा चिकपाको केन्द्रीय समिति र राज्य परिषद्ले बृहत् नियमन विस्तार गर्ने र आर्थिक तथा मौद्रिक नीतिमा कडाइ गर्ने र त्यसबेला सामना गर्नु परेको मुद्रास्फीतिको दबाबलाई कम गर्न, बृहत् नियमनलाई बलियो बनाउन सुधार गर्न १६ उपायहरूबारे निर्णय ग¥यो ।
तीन वर्षको प्रयासपछि अनावश्यक रूपमा तातिएको अर्थतन्त्रलाई नियन्त्रणमा लिइयो र चीनको अर्थतन्त्रले ‘नरम अवतरण’ ग¥यो । पछि चीनले सन् १९९७ मा सुरु भएको एसियाली आर्थिक सङ्कटलाई सफलतापूर्वक सम्हाल्यो । चीनले यसअघि कहिल्यै नभएको आर्थिक मन्दीमाथि विजय प्राप्त ग¥यो ।
वर्षौंका अनेकौं प्रयोग र प्रयत्नपछि २१ औं सताब्दीको सुरुवातमा समाजवादी बजार आर्थिक प्रणाली आधारभूत रूपमा स्थापना भयो । चीन परम्परागत योजनाबद्ध आर्थिक प्रणालीबाट एक समाजवादी बजार आर्थिक प्रणालीमा फेरियो । सुधार र खुलापनको सुरुवातदेखि निर्णयात्मक अगुवाईले गर्दा सबभन्दा प्रभावशाली र महत्वपूर्ण उपलब्धिहरू हासिल भए ।
राजनीतिक प्रणालीमा सुधार गर्दै सकारात्मक र नियमित रूपमा अघि बढ्ने रणनीति
सुरुवातदेखि चीनमा भएको सुधार कार्यले आर्थिक तथा राजनीतिक पक्षहरूको सम्बोधन ग¥यो । सन् १९७८ को हिउँदमा सम्पन्न चिकपाको केन्द्रीय समितिको कार्य सम्मेलनमा कार्यशाला तेङ सियाओपिङले भने ः “प्रजातन्त्रलाई कानुनद्वारा संस्थागत गर्नुपर्छ । किनभने, सत्ता र पार्टी नेता परिवर्तन हुँदैमा वा नेताहरूको विचार वा ध्यान परिवर्तन हुँदैमा प्रणाली र कानुन परिवर्तन हुनुहुँदैन ।” कार्यशाला पछि बसेको चिकपाको ११ औं केन्द्रीय समितिको पूर्ण बैठकले दुई वटा निर्णय ग¥यो । एक, देशको आधुनिकीकरण गर्न ध्यान केन्द्रित गर्ने । दोस्रो, समाजवादी प्रजातन्त्र र कानुनी व्यवस्था निर्माण गर्न अरु जोड गर्ने । तीस वर्षभन्दा बढी समयपछि चीनको राजनीतिक प्रणाली निरन्तर अगाडि बढिरहेको छ । यद्यपि त्यसले देशको आर्थिक सुधार कार्यक्रमले जति आम मानिसलाई आकर्षण गर्न सकेको छैन ।
Leave a Reply