भर्खरै :

किसान कार्यकर्ता मणिराम तिवारीको सम्झना

भक्तपुर, १७ पुस । नेपाल क्रान्तिकारी किसान सङ्घ केन्द्रीय समितिले सङ्घका पूर्वकेन्द्रीय सल्लाहकार मणिराम तिवारीको पुस ६ गते भएको असामयिक निधनमा मङ्गलबार श्रद्धाञ्जलीसभा आयोजना ग¥यो ।
सभामा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को सन्देश प्रस्तुत गर्नुहुँदै पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले तिवारीको व्यक्तित्व र योगदानबारे चर्चा गर्नुभयो ।
तिवारी पार्टी निर्देशनबमोजिम निःस्वार्थरूपमा सङ्गठन विस्तारमा लाग्नुभएका अनुशासित कार्यकर्ता भएको अतिथि गोसाईले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पार्टीमा आबद्ध भएपछि निरन्तर जनताको सेवामा लाग्नुभएका तिवारीको सरलता, सक्रियता, सङ्घर्षशीलता र इमानदारी नै उहाँको विशेषता हो । अहङ्कार नभएका, कुनै खालको कुलतमा नपरेका, जीवनमा कहिल्यै पनि फाइदा र बेफाइदामा नलागेका, जनतालाई चित्त दुखाउने काम नगरेका तिवारी जनताका प्रिय कार्यकर्ता हुनुहुन्थ्यो ।”
पार्टीका पुराना कार्यकर्तामध्ये तिवारी सङ्गठन भाँड्न खोज्ने गलत तत्वका विरुद्ध सङ्घर्षमा सक्रिय रहनुभएको र प्रतिक्रियावादीसँग कहिल्यै नझुकेको सांसद गोसाईले बताउनुभयो ।
तिवारी नेमकिपाका एक उदाहरणीय कार्यकर्ता भएको चर्चा गर्नुहुँदै उहाँले भन्नुभयो– “एक कार्यकर्तामा हुनुपर्ने गुणले उहाँ सम्पन्न हुनुहुन्थ्यो । सङ्घर्षका उपलब्धिलाई जोगाउने र सङ्घर्षलाई अथकरूपमा निरन्तरता दिने विषयमा अब सम्पूर्ण कार्यकर्ताले विशेष ध्यान पु¥याउन आवश्यक छ ।”
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले तिवारीको निडर र सङ्घर्षशील व्यक्तित्वबारे चर्चा गर्नुहुँदै उहाँ पद र पैसाको लागि प्रतिक्रियावादीसँग नझुक्ने कार्यकर्ता हुनुहुन्थ्यो भन्नुभयो । अत्यन्त मिजासिलो, सरल व्यक्तित्वका धनी तिवारीले इमानदारीपूर्वक पार्टीको सिद्धान्त नीतिमा अडिग रहेर काम गरी जीवनमा कमाएको मान, सम्मान र प्रतिष्ठा नै उहाँको सम्पति भएको उहाँले स्मरण गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका पुराना कार्यकर्ता, पूर्वजनप्रतिनिधि, पूर्वकेन्द्रीय सल्लाहकार र पूर्वदैलेख जिल्ला उपाध्यक्ष, पूर्वसुर्खेत जिल्ला अध्यक्षसमेत रहनुभएका तिवारीको सम्मानमा एक मिनेट मौनधारण गरी सुरु भएको सभामा नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले तिवारी अनुशासित र सङ्घर्षशील कार्यकर्ता भएको बताउनुभयो ।
सभामा नेक्राकिसङ्घका केन्द्रीय सचिव विकल प्रजापति, कोषाध्यक्ष हरिराम सुवाल, नेक्राकिसङ्घ काठमाडौँका अध्यक्ष गुणदास महर्जन, नेक्राकिसङ्घ काभ्रेका कान्ति अवा, नेक्राविसङ्घ दैलेख – काठमाडौँ सम्पर्क समितिका खगेन्द्र सिजापतिले तिवारीको विभिन्न पक्षबारे चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *