‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
भक्तपुर, १८ पुस । उमेरले ६५ टेकेकी सिठीमाया खुजूलाई आजभोलि बुढ्यौली लागेको महसुस भएको छ । सरकारले दिने ज्येष्ठ नागरिक भत्ता लिन अब केही वर्ष त बाँकी छ ¤ उमेरले पनि आजभोलि उनलाई पहिलेजस्तै खेतीको काम गर्न गाह«ो छ । तर काम गरेरै हुर्केकी उनलाई काम नगरी बस्न पनि मन छैन । आफ्नो हातमा जे इलम छ, त्यसैलाई प्रयोग गर्नु नै त काम हो । आजभोलि उनी त्यही हातमा भएको सीप प्रयोग गर्दै दिन बिताउँछिन् ।
चिसो महिना, घरनजिकैको पाटी (भक्तपुर नपा वडा नं १० नगाँचा) मा बसेर सिठीमाया गोका बनाउँछिन् । गोका पाँच रङ्गका धागो प्रयोग गरी बनाइएको माला हो । भक्तपुरको नवदुर्गा गणको प्रसादको रुपमा यसको प्रयोग गरिने परम्परा छ । हिउँद याममा नवदुर्गा गण काठमाडौँ उपत्यकाका विभिन्न नेवार बस्ती र बनेपा, धुलिखेलसम्म जात्रा गर्न जाने गर्छ । जात्रामा नवदुर्गालाई पूजाआजा गर्ने भक्तजनलाई प्रसादको रुपमा गोका दिने चलन छ । नवदुर्गा गण सदस्य स्वयम्ले पनि गोका लगाउने गर्छन् ।
सिठीमायाको नाम नै नेवारी परम्परासँग गाँसिएको छ । सिठी नखः को दिन जन्मेकी हुनाले उनको नाम सिठीमाया राखिएको उनी बताउँछिन् । गोका बनाउने उनको सीपले पनि उनको नामअनुसार नेवारी परम्परा जोगाउन मद्दत गरिरहेको छ । गोका बनाउन जान्ने सिपालु धेरै छैनन् । भक्तपुरको यो मौलिक सीपको बिंडो थामेका थोरै मानिसमध्ये सिठीमाया एक जना पनि हुन् ।
उनले गोका बनाउने सीप हेर्दाहेर्दै आफै सिकेको बताउँछिन् । “पहिले पढ्न पर्दैनथ्यो । अनि यस्तै काम सिकियो, गरियो ।”, उनले भनिन् ।
उनका ग्राहक नवदुर्गा गणकै सदस्य हुन् । नवदुर्गा गणका सदस्य उनीसँग गोका किनेर जात्राको समयमा प्रसादको रूपमा भक्तजनलाई गोका दिने गर्छन् । सिठीमायाले एउटा सानो आकारको गोकाको सात रुपैयाँ र ठूलो आकारको गोका २५ रुपैयाँमा बेच्ने गरेको बताइन् ।
Leave a Reply