भर्खरै :

मायादेवी मन्दिरमा प्रयोग भएका ढुङ्गा इँटा फेला

चन्द्रौटा, १९ पुस ः कपिलवस्तुको शिवराज नगरपालिका–३ मा रहेको ऐतिहासिकस्थल सोनवागढ क्षेत्रमा पहिलो चरणको उत्खनन्मा पुरातत्व विभागले गुप्तकालीन इँटा, माटोका भाँडाका टुक्रा, विभिन्न माटोका घोडा तथा मूर्तिहरु फेला पारेको छ ।
मन्दिरको पाँच किलोमिटर वरपरसम्म विभिन्न पुरातात्विक वस्तु छरपस्ट अवस्थामा रहेकाले हाल मन्दिर छेउ दुईवटा ट्रेन्च बनाएर उत्खन्नन् गर्दा लुम्बिनीको मायादेवी मन्दिरको बाहिरी भागमा प्रयोग भएका ढुङ्गा तथा इँटाहरु फेला परेकाले सोनवागढ पनि तत्कालीन राजाका राजदरबार हुनसक्ने प्रदेश सांसद अर्जुन केसीले बताउनुभयो ।
उत्खनन्का क्रममा शिव मन्दिरमा बनाइने शिवको बहान बसाहा भेटिएको र अन्य स्थानमा पनि उत्खनन् गरेर सोनवागढको सम्बन्ध लुम्बिनीसँग भएको हुनसक्ने् उल्लेख गर्दै उहाँले स्थानीय तहलगायत प्रदेश सरकारबाट आगामी वर्ष अन्य स्थानमा पनि उत्खनन्का लागि बजेट व्यवस्था गरेर यस सोनवागढ आसपासका सबै ठाउँमा उत्खनन् जारी राख्ने जानकारी दिनुभयो ।
शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले सोनवागढ उत्खनन् गर्दा फेला परेका पुरातात्विक वस्तु यसै क्षेत्रमा सङ्ग्राहलय निमार्ण गरेर प्रदर्शनीका लागि प्रयास गर्ने बताउनुभयो ।  (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *