भर्खरै :

लनटेनिस टोली थाइल्याण्ड प्रस्थान

काठमाडौँ, २१ पुस  : एशिया यू–१४ डेभलोपमेन्ट च्याम्पियनसीपमा सहभागी हुन सात सदस्यीय नेपाली लनटेनिस टोली आज बिहान थाइल्याण्डको बैंकक प्रस्थान गरेको छ ।
यही पुस २२ गतेदेखि माघ ४ गतेसम्म हुने प्रतियोगितामा समान नेपालबाट तीन/तीन पुरुष/महिला खेलाडीले सिङ्गल्स र डबल्स स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । उक्त टोलीमा पुरुषतर्फ आरभसम्राट हाडा, आर्यन गिरी र चिराग तिम्सिना तथा महिलामा शर्भानी श्रेष्ठ, सुभाङ्गीलक्ष्मी शाह र इशाश्री शाह तथा प्रशिक्षकमा रामेश्वर थापा रहेका छन् ।
टोलीलाई नेपाल टेनिस सङ्घकी अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मूललगायतका पदाधिकारीले शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) मा आयोजित कार्यक्रममा बिदाइ गर्नुभएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *