संयुक्त राष्ट्रसङ्घद्वारा गाजापट्टीमा जारी इजरायली आक्रमणको निन्दा
- जेष्ठ १९, २०८३
पेइचिङ, ५ जनवरी । चीनको राष्ट्रपति सी चिनफिङले चिनियाँ जनमुक्ति सेनालाई आफ्नो प्रतिरोध क्षमता विकास गर्न निर्देशन दिएका छन् । उनले नयाँ आरम्भबिन्दुबाट प्रतिरोध क्षमता बढाउन र बलियो सेना निर्माणका लागि नयाँ आधारक्षेत्र खोल्न सेनालाई निर्देशन दिएका हुन् ।
चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव र चिनियाँ केन्द्रीय सैनिक आयोगका अध्यक्ष रहेका सीले चीनको राजधानी पेइचिङमा बसेको केन्द्रीय सैनिक आयोगको बैठकमा यस्तो निर्देशन दिएका हुन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनयता प्राप्त ऐतिहासिक सैनिक उपलब्धिबारे चर्चा गर्दै सीले चिनियाँ सेनाले चीनको सार्वभौमिकता, सुरक्षा र विकासलाई दृढतापूर्वक रक्षा गरेको जटिलभन्दा जटिल परिस्थिति र सङ्कटको घडीमा पनि प्रतिबद्ध रहेको बताए ।
“संसारले यो शताब्दीकै प्रमुख परिर्वतनको समय सामना गरिरहेको छ र चीन पनि आफ्नो रणनीतिक विकासको महत्वपूर्ण कालखण्डमा उभिएको छ ।”, चीनसामु विभिन्न खतरा र चुनौती आइरहेको प्रति सावधानी गर्दै सीले भने ।
उनले बैठकमा सिङ्गो चिनियाँ सशस्त्र फौजले चीनको सुरक्षा र विकासको गतिबारे सही तरिकाले बुझ्न जरुरी भएकोमा जोड दिएका थिए । उनले खतरा, सङ्कट र युद्धप्रति चिनियाँ सेनाको सचेतता बढाउने पर्ने भन्दै पार्टी र जनताले दिएको जिम्मेवारी पूरा गर्न प्रतिरोधको तयारीका लागि ठोस पहल गर्न निर्देशन दिए ।
सेनाको प्रतिरोध क्षमतालाई एकमात्र आधारभूत पक्षको रुपमा चर्चा गर्दै चिनियाँ नेताले सबै ध्यान, शक्ति र स्रोतलाई सेनालाई तयारी अवस्थामा राख्न र त्यसमा आवश्यक प्रगति देखाउन निर्देशन दिएका थिए ।
सीले भविष्यमा आउन सक्ने कुनै पनि आकस्मिक खतराको तत्काल र प्रभावकारी प्रतिरोधका लागि सेनाको क्षमता बढाउन, संयुक्त कारबाहीको कमाण्ड क्षमताको स्तरोन्नति गर्न, नयाँ सैनिक प्रतिरोध दस्ता विकास गर्न र आकस्मिक अवस्थाको निम्ति सैनिक तालिममा सुधार गर्न आग्रह गरेको छ ।
उनले केन्द्रीय र स्थानीय तहका पार्टी र सरकारका विभाग र निकायहरूले प्रतिरक्षा र सैनिक विकासको लागि आवश्यक पर्ने सबै सहयोग गर्न तयार हुनुपर्ने बताए ।
केन्द्रीय सैनिक आयोगका उपसभापति छि छिल्याङको अध्यक्षतामा सबैको बैठकमा आयोगका अर्का सदस्य ज्याङ युक्सियाले चिनियाँ सेनाका दस एकाइ र २० जना व्यक्तिलाई उत्कृष्ट कार्यसम्पादनको पुरस्कार घोषणा गरेका थिए । पुरस्कृत एकाइ र व्यक्तिलाई राष्ट्रपति सीलगायतका नेताहरूले पुरस्कार दिएका थिए ।
सो बैठकमा सैनिक आयोगको सैनिक तालिमसम्बन्धी सन् २०१९ को पहिलो आदेशमा सीले हस्ताक्षर गरेका थिए ।
सैनिक आयोगमा सीको उक्त भनाइलाई आफूमाथिको ‘नयाँ खतरा’ को रुपमा व्याख्या गर्दै चिनियाँ भूमि ताइवानका राष्ट्रपति शा इन वेनले शनिबार ‘अन्तर्राष्ट्रिय जगत’लाई गुहारेकी छिन् । उनले सीको भनाइलाई ताइवानको ‘प्रजातन्त्रमाथिको खतरा’ को रुपमा व्याख्या गरेकी छिन् ।
Leave a Reply