भर्खरै :

वाइडबडी खरिदमा अनियमितता गर्नेलाई कारबाही गर्न माग

काठमाडौँ, २१ पुस  । संसदीय उपसमितिले नेपाल वायुसेवा निगमको वाइडबडी प्रकरणमा भ्रष्टाचार भएकोले त्यसमा संलग्न दोषीलाई प्रचलित कानुनअनुसार कारवाहीको माग गरेको छ ।
राजधानीमा आयोजित अन्तक्र्रियामा सार्वजनिक लेखा समिति, उपसमितिका सदस्यहरूले मुलुकको विकास र समृद्धिको लागि भ्रष्टाचारको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
सार्वजनिक लेखा समितिका सदस्य तेजुलाल चौधरीले उक्त प्रकरणमा भ्रष्टाचार भएको दाबी गर्दै संसदीय उपसमितिले तयार गरेको प्रतिवेदनका आधारमा दोषीलाई कारबाहीको सिफारिस गरिने बताउनुभयो ।
अर्का सदस्य विशाल भट्टराईले नेपाल वायुसेवा निगमले पछिल्लो पटक विमान खरिदमा अनियमितता भएको र बदमासी गर्ने जो कोहीलाई पनि कारबाही हुने बताउँदै त्यस घटनामा जोडिएका अन्य दोषीको पनि सूक्ष्म अध्ययन गरिने बताउनुभयो ।
पूर्वमन्त्री सञ्जय गौतमले उक्त प्रकरणमा अनियमितता भएका कारण आफूले सो विषयलाई संसदमा उठाएको बताउनुभयो । उपसमितिका सदस्य चन्दा चौधरीले वाइडबडी प्रकरणको छानबिनको क्रममा विमान खरिदको लागि दिइएको रकमको बिल उपलब्ध नगराइएको, २४२ मेट्रिक टनको सम्झौता गरी २३० मेट्रिक टन ल्याउने प्रयत्न गरिएका कारणले अनियमितता पुष्टि भएको विचार व्यक्त गर्दै भ्रष्टाचारको अन्त्य गर्नका लागि दोषीलाई दण्डित गर्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *