तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २१ पुस । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको बा¥हौं नगर सम्मेलन शनिबार एक कार्यक्रमबीच नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा प्रतिनिधि सभा सदस्य प्रेम सुवालले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा सचिव सुवालले विद्यार्थी कार्यकर्ताले पार्टीको तत्कालीन कार्यक्रम जनताको प्रजातन्त्र, दीर्घकालीन कार्यक्रम समाजवाद र साम्यवादबारे अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले पुँजीवादी राजनीतिक पार्टीहरूले व्यापक कामदार जनताको हित गर्न नसक्ने बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि सरकारमा गएका राजनीतिक दल पुँजीवादी राजनीतिक पार्टी भएकै कारण उनीहरूबाट व्यापक नेपाली जनताको हित नभएको बताउनुभयो ।
“पुँजीवादी पार्टीहरूले निर्वाचनमा आचारसंहिता उल्लङ्घन गर्छन्, झूटा आश्वासन दिएर चुनावमा जित्छन्, सरकारमा गएर भ्रष्टाचार गर्छन्, वाइडबडी काण्ड र सुन तस्करी काण्ड शासक दलका यस्ता गलत क्रियाकलापका पछिल्ला उदाहरण हुन् ।”, सुवालले भन्नुभयो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले नेक्राविसङ्घले कामदार जनताका छोराछोरीलाई राजनीतिक र सैद्धान्तिक रूपमा सचेत र सङ्गठित बनाउन निरन्तर लागिरहेको र शिक्षामा नवउदारवादविरूद्ध सङ्घर्षमा नेक्राविसङ्घले जोड दिइरहेको बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका उपेन्द्र सुवालले विद्यार्थीहरू माक्र्सवादी दर्शनको गहिरो अध्ययन गरी कामदार जनतालाई त्यसबारे प्रचार गर्नुपर्ने धारणा राख्नुभयो ।
नेक्राविसङ्घ भक्तपुर नगर समितिका अध्यक्ष राजन अवालको सभापतित्वमा भएको कार्यक्रममा नेक्रायुसङ्घ भक्तपुर नगर समितिका जगतराम धुख्वा, सविता त्वानाबासूलगायतले बोल्नुभएको थियो ।
सम्मेलनले प्रवीण प्रजापतिको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।
Leave a Reply