तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काठमाडौँ, २१ पुस । नेपाल मजदुर किसान पार्टी चन्द्रागिरी नगर समितिको आयोजनामा बलम्बुमा पार्टीको मुखपत्र ‘मजदुर किसान’ को नयाँ अङ्कबारे शनिबार अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले वर्तमान सरकार पुँजीवादी सरकारको भएकोले संसार कुनै पनि पुँजीवादी देशमा जस्तै नेपालमा पनि बलात्कार र अपराधका घटना बढिरहेको बताउनुभयो ।
उहाँले व्यापक जनताको हितमा कुनै पनि उल्लेख्य काम हुन नसकेको बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले संरा अमेरिकी साम्राज्यवादले संसारका गरिब तथा स्वतन्त्र र सर्वाभौम देशमाथि दमन गरिरहेको बताउनुभयो । संसारका कामदार जनता साम्राज्यवादको विरोधमा उत्रेका हुनाले आज साम्राज्यवाद क्रमशः एक्लिैँदै गएको उहाँले बताउनुभयो ।
उहाँले समाजवादी देश चीनले गरेको आर्थिक विकासबाट तर्सेर संरा अमेरिकाले व्यापार युद्ध गरेको बताउनुभयो ।
कार्यक्रममा गुणदास महर्जन, शान्त महर्जन, विनिता श्रेष्ठ, पुनम महर्जन, अस्मिता महर्जन, पूजा महर्जनलगायतले ‘मजदुर किसान’ बारे आ–आफ्नो भनाइ राख्नुभएको थियो ।
Leave a Reply