भर्खरै :

हरियो वन विनाश गर्नेमाथि कारबाही हुनुपर्ने

काठमाडौं, २३ पुस । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार निजी क्षेत्रले गर्न नपाउने प्रावधान विधेयकमा राख्नु आवश्यक छ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा त्यससम्बन्धी विधेयकमा संशोधन पेश गर्नुहुँदै सांसद सुवालले वन्यजन्तु र वनस्पति संरक्षणको लागि वन जङु्गल विनाश रोक्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सांसद सुवालले ‘हरियो वन, नेपालको धन’ कुन कुन मन्त्रीको पालामा विनाश गरियो छानबिन गरी कारबाही गर्नुपर्ने आवश्यकता औँल्याउनुहुँदै अहिले पनि गुणस्तरीय साल काठ भारतमा तस्करी भइरहेको तर सरकारले नियन्त्रण नगरेको बताउनुभयो ।
वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले राज्यले सञ्चालन गरेको सार्वजनिक संस्थान घाटामा गएको उल्लेख गर्दै निजीकरण निषेध गर्न गा¥हो हुने स्पष्टिकरण दिनुभयो ।
मन्त्री बस्नेतको स्पष्टिकरण सुनेका सांसदहरूले बैठकपछि माओवादीले सशस्त्र द्वन्द्वको बेला निजीकरणको विरोध गरेको पाखण्डमात्र भएको र बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि सरकारमा गएका दलहरूले नै सार्वजनिक संस्थानलाई घाटामा पठाई कमिशन खाएर सस्तोमा बिक्री गरेकोलाई समर्थन गरेकोमा आश्चर्य व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *