भर्खरै :

“स्वदेशी वस्तुको प्रयोगलाई प्राथमिकतामा राख्नुपर्छ”

काठमाडौँ, २५ पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् पूर्व सांसद नारायणमान बिजुक्छें
(रोहित) ले मानव सभ्यताको विकासमा महिलाहरूमा भएको सीपले समाजलाई अगाडि बढाउन मद्दत पुगेको र समाज विकासमा महिलाहरूको भूमिका महत्वपूर्ण भएको बताउनुभयो ।
भक्तपुर घरेलु तथा साना उद्योग सङ्घको १४ औँ तथा महिला उद्यमी समितिको १३ औँ जिल्ला अधिवेशन २०७५ को उद्घाटन समारोहमा प्रमुख अतिथि बिजुक्छेंले स्थानीय उत्पादनलाई सरकारले सम्वद्र्धन र प्रवद्र्धन गर्नुपर्ने तथा विदेशी वस्तु उपभोगलाई निरूत्साहित गर्दै स्वदेशी वस्तुको प्रयोगलाई प्राथमिकतामा राख्नुपर्र्नेे आवश्यकता औँल्याउनुभयो ।
घरेलु तथा साना उद्योगले जनताको स–साना आवश्यकता पूरा गर्ने र भविष्यमा आइपर्ने सड्ढटमा आत्मनिर्भर भएर स्वदेशी उत्पादन गर्न मद्दत पुग्ने बताउनुहुँदै अतिथि बिजुक्छेंले यस्ता उद्योगहरूलाई संरक्षण गर्ने जिम्मा सरकारको भएको बताउनुभयो ।
सरकारले यसको संरक्षण र सम्वद्र्धनमा जोड दिनुपर्ने बताउनुहुँदै उहाँले देशको आर्थिक पक्ष बलियो बनाउन स–साना उद्योगहरूलाई जोगाउन आवश्यक रहेको औँल्याउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशको आर्थिक पक्ष कहालीलाग्दो स्थितिमा पुग्नुमा सरकार जिम्मेवार भएको बताउनुभयो । उहाँले सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’ नारामा मात्र सीमित रहेको बताउनुहुँदै युवाहरूलाई रोजगारी दिने उद्योगहरूको स्थापना आवश्यक रहेको बताउनुभयो ।
भक्तपुर नगर पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास भइरहेको एवम् मौलिक वस्तु उत्पादन र उपभोगमा पनि नगरपालिकाले सकारात्मक कदम चालिरहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भक्तपुरमा अवस्थित उद्योग–व्यवसायहरू व्यवस्थितरूपमा दर्ता गरी स्थानीय सरकारसँग समन्वय गरी अगाडि बढ्न उद्योग व्यवसायीहरूमाझ आग्रह गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि नेपाल घरेलु उद्योग तथा साना उद्योग सङ्घका कार्यबाहक अध्यक्ष उमेशप्रसाद सिंहले भक्तपुर घरेलु तथा साना उद्योग सङ्घले देशभरिका जिल्लाका लागि उदाहरणीय कार्य गरिरहेको र नेपाल सरकारले उद्योगहरू सञ्चालन गरी युवाहरूलाई स्वदेशमै रोजगारी दिने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । भक्तपुरका प्रजिअ नारायणप्रसाद भट्टले भक्तपुर जिल्ला धेरै सम्भावना बोकेको जिल्ला भएको र भक्तपुर नगरपालिकाले मौलिक वस्तु उत्पादन एवम् सम्पदाको सम्वद्र्धनमा महत्वपूर्ण योगदान दिइरहेको बताउनुभयो ।
भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका अध्यक्ष विरेन्द्र जतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सङ्घका पूर्वअध्यक्ष सत्यनारायण प्रजापति, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, भक्तपुर घरेलु सङ्घ प्रदेश नं. ३ का अध्यक्ष सूर्यकिरण श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग महासङ्घका विभिन्न प्रतिनिधिहरूलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग सङ्घको नवनिर्मित भवन निर्माण कार्यमा सहयोग गर्ने महानुभावहरूलाई प्रमुख अतिथि बिजुक्छेंले मायाको चिनो प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *