मोबाइल स्क्रिनमार्फत हुने अपराध बढ्दो ‘अपराधमा महिला’ दोस्रो राष्ट्रिय सम्मेलन
- जेष्ठ २५, २०८३
भक्तपुर, २६ पुस । नेपाल क्रान्तिकारी ट्रयाक्टर तथा पिकअप दुवानी व्यवसायी सङ्घका अध्यक्ष हरिनारायण लाखाको बुधबार निधन भयो ।
उहाँको जन्म २०२४ पुस ५ गते चोर्चा टोलमा भएको थियो । चारजना छोरीहरू र श्रीमती केशरी लाखाको निगरानीमा क्यान्सर रोगबाट पीडि लाखाको उपचार भइरहेकोमा बुधबार बिहान उहाँको निधन भयो ।
मृत्तक लाखाको बुधबारै हनुमानघाटमा अन्येष्ठि गरिएको छ । उहाँको पार्थिव शरीरमा नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष उपेन्द्र सुवाल र सचिव रमेश दुमरुले सङ्घको झण्डा ओढाएर सम्मान गर्नुभएको थियो ।
उहाँ २०३८ सालदेखि नेपाल क्रान्तिकारी विद्यार्थी सङ्गठनमा लाग्दै २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाउनुको साथै २०५० सालमा नेक्रायुसङ्घ ६ ख चोर्चा एकाइ समितिमा सदस्य भई टोल, समाजको हरेक कार्यक्रममा सक्रिय भइरहने कार्यकर्ता हुनुहुन्थ्यो ।
२०६२÷६३ को जन आन्दोलनमा पनि पार्टीको निर्देशनअनुसार आन्दोलनमा सहभागी जनाइ राख्नुहुने उहाँ पेशाले पिकअप गाडी चलाई गुजारा चलाउनु हुने व्यक्ति हाल नेपाल क्रान्तिकारी ट्रयाक्टर तथा पिकअप व्यवसायी सङ्घमा अध्यक्ष कार्य गर्दै हुनुहुन्थ्यो ।
Leave a Reply