मोबाइल स्क्रिनमार्फत हुने अपराध बढ्दो ‘अपराधमा महिला’ दोस्रो राष्ट्रिय सम्मेलन
- जेष्ठ २५, २०८३
काठमाडौँ, २५ पुस । नेपाल–फ्रान्स राजनीतिक परामर्श बुधबार अपराह्न राजधानीमा सम्पन्न भएको छ ।
दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा सौहार्दपूर्ण वातावरणमा भएको परामर्श बैठकमा द्विपक्षीय हित र चासोका सबै विषयमा गहन विचारविमर्श भएको थियो । दुवै पक्षले पारस्परिक सम्बन्धलाई अझ घनीभूत तुल्याउँदै दुई देशका राष्ट्रिय स्वार्थ पूरा हुने सबै क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य गर्ने सहमति गरेका छन् ।
फ्रान्सका विदेश सचिव मोरिस गर्दो मोन्तानो नेतृत्वको पाँच सदस्यीय फ्रान्सेली प्रतिनिधिमण्डल र उहाँका नेपाली समकक्षी शङ्करदास वैरागी नेतृत्वको टोलीबीच परराष्ट्र मन्त्रालयमा भएको बैठकमा ऊर्जा, व्यापार, पर्यटन, शहरी विकास, सूचना तथा सञ्चार, जलवायु परिवर्तन, संस्कृतिलगायत विषयमा छलफल भएको सचिवद्वयले संयुक्त पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
अर्थ, उद्योग र वाणिज्य, वन तथा वातावरण, भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी सहभागी उक्त बैठकमा भएको छलफलबारे जानकारी दिंदै दुवै देशका सचिवले बहुपक्षीयवादमा साझेदारी विस्तार गर्ने र अन्तर्राष्ट्रिय शान्ति स्थापनामा योगदान गर्ने सहमति गरेको बताउनुभयो ।
फ्रान्सेली कूटनीतिज्ञले नेपालीहरू शान्तिका निर्माता हुन् भन्दै बहादुर नेपाली सेनाको प्रशंसा मात्र गर्नुभएन संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा सहभागी भएर विश्व शान्ति स्थापनामा गरेको योगदानको प्रशंसा गर्नुभयो ।
युरोपेली सङ्घको संस्थापक राष्ट्र फ्रान्स बहुपक्षीयवाद र क्षेत्रीय सङ्गठनको सधैं प्रवद्र्धनमा रहेको चर्चा गर्दै उहाँले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क), बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गगालको खाडीको प्रयास (बिम्स्टेक) जस्ता क्षेत्रीय संस्थाको महत्व बढेको बताउनुभयो ।
नेपाल–फ्रान्स कूटनीतिक सम्बन्धको ७० औँ वर्ष प्रवेश आगामी अप्रिल २० तारिखमा हुने सन्दर्भमा नेपाल–फ्रान्स सम्बन्ध प्रवद्र्धनका निम्ति नेपाल सुन्दरी शृङ्खला खतिवडालाई सद्भावना दूतमा नियुक्त गरिएको पत्र सचिवद्वयले हस्तान्तरण गर्नुभयो ।
दुवै देशका परराष्ट्र सचिवसँगै सद्भावनादूत खतिवडाले संयुक्तरुपमा नेपाल–फ्रान्स कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवसम्बन्धी संस्मरणात्मक प्रतीकको अनावरण पनि गर्नुभयो ।
बूढानीलकण्ठ नगरपालिकास्थित एक माध्यमिक विद्यालयका विद्यार्थीले बनाएको उक्त लोगोका बारेमा नेपालका लागि फ्रान्सका राजदूत फस्वाँ जाभिए लेजेले जानकारी दिनाका साथै यो वर्षभरि आयोजना हुने कार्यक्रमबारे सङ्क्षिप्त चर्चा गर्नुभयो । सद्भावनादूत खतिवडाले नेपाल र फ्रान्सबीचको सम्बन्ध सुदृढीकरण अनेकतामा एकता नेपालको विशेषता प्रवद्र्धनमा आफूले इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
Leave a Reply