भर्खरै :

सर्वसुलभ सहकारीलाई राष्ट्रिय पुरस्कार

काठमाडौं, २५ पुस । भक्तपुर कमलविनायक –१० स्थित सर्वसुलभ उपभोक्ता सहकारी संस्था लि.लाई राष्ट्रिय सहकारी महासङ्घको २६ औं साधारणसभाबाट उत्कृष्ट सहकारी पसलको रुपमा मान्यता प्रदान गरी पुरस्कार प्रदान गरिएको छ ।
नेपाल सरकारको भूमि कृषि तथा सहकारी गरिबी निवारण मन्त्रालयको सहकारी प्रवद्र्धन कार्यक्रमअन्तर्गत राष्ट्रिय सहकारी महासङ्घले नेपालमा पहिलोपटक नगद रु.२५ लाख सहित पुरस्कार प्रदान गरिएको हो ।
प्रमुख अतिथि भूमि व्यवस्था कृषि सहकारी तथा गरिब निवारण मन्त्री पदमा अर्यालले पुरस्कार वितरण गर्दै सहकारीलाई उत्पादनसँग जोड्न जोड दिनुपर्ने बताउनुभयो ।
देशभरिका ७७ जिल्लाका विभिन्न विषयगत तथा जिल्ला सहकारी सङ्घका प्रतिनिधिहरू उपस्थिति रहेको उक्त साधारण सभामा सर्वसुलभ उपभोक्ता सहकारीले सहकारीको भावना अनुरुप सामूहिकतालाई जोड दिँदै सहकारी पसल सञ्चालन गरेकोमा वक्ताहरूले प्रशंसा गरेका थिए ।
२०७२ साल कार्तिक २२ गते डिभिजन सहकारी कार्यालयमा एक सयजनाबाट सुरुवात भएको उक्त सहकारीमा हाल ५१७ जना सदस्य रहेका छन् । भक्तपुर नगरपालिकाभरि कार्यक्षेत्र रहेको यस संस्था उपभोक्ताहरूलाई गुणस्तरीय तथा सुलभ रुपमा उपभोग्य वस्तु बिक्री वितरण गर्ने मुख्य उद्देश्य राखिएको छ । सहकारी संस्थाबाट महिला समूहमार्फत खाद्य वस्तुहरूलाई सफाई गरी तौलमा सुनिश्चित समेत गर्ने गरिएको छ । उपभोक्तालाई ग्राहकका उपलब्ध गराइएको वस्तु खरिद गरिएको रिकर्ड राखी सोको वर्षमा एक पटक एक प्रतिशत नगद फिर्ता (संरक्षित फिर्ताकोष) समेत दिने गरिएको छ र एक हजारभन्दा बढी वस्तु खरिदमा होमडेलिभरीको व्यवस्था गरिएको छ ।
राष्ट्रिय सहकारी महासङ्घद्वारा मिति ०७५÷७÷३० गते सहकारी पसलको लागि मान्यता प्रदान गर्ने प्रस्ताव आह्वान गरी सूचना प्रकाशित गरिएको थियो । उक्त सूचनाअनुसार प्रस्ताव पेशागत सहकारी संस्थाहरू उपभोक्तासम्बन्धी संस्था हुनुपर्ने, सहकारी मूल्य मान्यता सिद्धान्त ऐन र नियमावलीअनुसार सञ्चालन भएको हुनुपर्ने । न्यूनतम पाँच सत्न्दा बढी सदस्य भएको हुनुपर्ने र शेयर पुँजी ५० लाख भएको हुनुपर्ने र लगातार ३ वर्षदेखि मुनाफामा सञ्चालन भएको हुनुपर्ने जस्ता न्यूनतम योग्यता तोकिएकोमा उक्त संस्थाको न्यूनतम योग्यता पुगेको महसुस गरी सञ्चालम समितिले प्रस्ताव पेस गर्न निर्णय गरी राष्ट्रिय सहकारी महासङ्घमा प्रस्ताव पेश गरिएको थियो । एक हप्ता अगाडि महासङ्घका उपाध्यक्ष ओमदेवी मल्ल, महाप्रबन्धक चित्राकुमारी सुब्बा र मन्त्रालयका उपसचिव दिपक खड्काले स्थलगत अनुगमन गरी नेपालको यस संस्थालाई उत्कृष्ट उपभोक्ता सहकारी पसल घोषणा गरी–नगद पुँजीगत अनुदान पुरस्कार समेत दिएको सञ्चालक समितिले जानकारी दिएको छ ।
उक्त पुँजीगत अनुदान पुरस्कारबाट संस्थाको भौतिक सुधार तथा उपभोग्य वस्तु वृद्धि गर्न सक्नेसमेत उल्लेख गरिएको छ ।
यस पुरस्कारबाट सञ्चालक समितिलाई थप जिम्मेवारी भएको महसुस गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *