नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, ३० पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले भक्तपुर नगरपालिकाको चौथो नगरसभाको सोमबार एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो ।
अध्यक्ष बिजुक्छेंले देशमा स्थिर सरकार बनेको भनिए तापनि सरकारमा बस्नेहरूको अज्ञानता र अदूरदर्शिताको कारण देशको हरेक क्षेत्रमा निराशाजनक स्थिति रहेको बताउनुभयो ।
शासकहरू आ–आफ्नो व्यक्तित्व र दलगत स्वार्थमा लाग्दा संरा अमेरिका, भारत, युरोपेली पुँजीवादी देशहरूमा जस्तै नेपालमा गन्जागोल देखिएको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेंले वर्तमान ओली सरकारले देशलाई जानी नजानी अमेरिकी र भारतीय सुरक्षा छाताभित्र पु¥याउन खोजेको बताउनुभयो ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कलाई कोमामा पु¥याएर बिम्स्टेकको सम्मेलन गर्नु, युनाइटेड पिस फेडरेसनको आयोजनामा एसिया प्यासिफिक शिखर सम्मेलन गर्नु, परराष्ट्रमन्त्रीले अमेरिकामा इन्डो प्यासिफिक सम्झौतामा हस्ताक्षर गरेर आउनु, जापानी विदेशमन्त्रीले समेत नेपालमा एसिया प्यासिफिकको राजधानी राख्ने प्रस्ताव गर्नुले नेपाल संरा अमेरिका सैन्य गठबन्धनको जालोमा पर्दै गएको देखापर्छ उहाँले भन्नुभयो । उहाँले यसबारे नेपाली जनतालाई सचेत र सजग पार्नुपर्नेमा जोड दिनुभयो ।
एक हप्ताको अन्तरालमा नेपालका भूपू र बहालवाला प्रधानसेनापतिहरूले भारतको भ्रमण गरेबाट के परिणाम निस्कने हो ? उहाँले आशङ्का व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेमकिपाका सचिव एवम् सांसद प्रेम सुवालले संसद्मा छलफल नगराई सरकारले अध्यादेश जारी गर्नु प्रजातन्त्रविपरीत निरङ्कुसता भएको बताउनुभयो ।
उहाँले निजी कलेजको नाममा ठगी गर्नेहरूको भनाइमा लागेर सरकारले ख्वप विश्वविद्यालय सञ्चालनको अनुमति नदिएको उल्लेख गर्दै टोल–टोलमा पुस्तकालय स्थापना गरी नयाँ पुस्तालाई शिक्षित र दीक्षित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रदेश नं. ३ सांसद सुरेन्द्रराज गोसाईले देशमा सर्वत्र निराशा छाएको अवस्थामा पनि भनपाको सदाचारपूर्ण गतिविधिले आशाको उज्यालो देखिने गरेको बताउनुभयो ।
उहाँले भक्तपुर नगरलाई संस्कृति र सभ्यताको नमुना सहर बनाउन संस्कार र संस्कृतिका सकारात्मक पक्षलाई बढावा दिंदै नकारात्मक पक्षहरूलाई त्याग्दै जानुपर्ने औँल्याउनुभयो ।
प्रदेशसभाका अर्का सदस्य सृजना सैंजूले केन्द्रीय र प्रादेशिक सरकारका मन्त्री र सत्तारुढ दलका सांसदहरू भ्रष्टाचार र अनियमितताका अनेक काण्डमा फसेका छन् भन्नुभयो ।
उहाँले प्रदेशमन्त्रीहरू आफ्नो स्वार्थअनुसार नचल्ने कर्मचारीहरूलाई धाकधम्की र कुटपिटमा उत्रेका घटनाले वास्तविकता छर्लङ्ग हुँदै गएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भक्तपुर नगरपालिकाले बजेट प्रस्तुत गर्दा महत्वाकाङ्क्षी लागे तापनि अहिले कार्यान्वयन उत्साहजनक रूपमा अगाडि बढेको देख्दा खुसी लागेको बताउनुभयो । उहाँले सम्पदा संरक्षण र पुनःनिर्माणमा भनपा देशमै अग्रणी नपा रहेको औँल्याउनुभयो ।
सम्पदाविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठले भक्तपुर नगरले राजनीतिक राजधानीको हैसियत २५० वर्षअगाडि नै गुमाए पनि सांस्कृतिक र सम्पदाको राजधानी कायमै रहेको बताउनुभयो ।
उहाँले भक्तपुरको गौरवको पुनरुत्थान गर्न ऐतिहासिक सम्पदाहरू एकएक गरी उठाउँदै जानुपर्ने बताउनुभयो ।
सभापतिको आसनबाट भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निर्वाचन घोषणापत्र र जनताबीच गरेको प्रतिबद्धताका आधारमा भक्तपुर नगरपालिका अगाडि बढिरहेको बताउनुभयो ।
गाउँगाउँमा सिंह दरबार भनिए पनि जनताले सो अनुभूति गर्न नपाएको बताउँदै उहाँले सङ्घीय सरकारका उच्च पदाधिकारीहरू संविधानले स्थानीय तहलाई दिएका अधिकार छोड्न चाहिरहेका छैनन् भन्नुभयो ।
उहाँले भन्नुभयो, “सङ्घीय सरकारका उच्च पदाधिकारीहरू स्थानीय तहहरू विगतमा झैँ केन्द्रकै मातहतमा सञ्चालन हुनुपर्ने मानसिकतामा छन् । नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले प्रदान गरेका अधिकारहरूसमेत विभिन्न बहानामा एकएक गरी नियन्त्रण गर्न खोजिँदै छ ।”
कार्यक्रममा भनपाका वडाध्यक्षहरू उकेश कवां र रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
नगरसभाले भक्तपुर नगरपालिकाको अर्ध वार्षिक कार्य प्रगतिको समीक्षा गर्नुका साथै नगरपालिकास्तरीय ऐनहरू तर्जुमा गर्ने बताइएको छ ।
Leave a Reply