भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत
- जेष्ठ १९, २०८३
भक्तपुर, १ माघ । नेपाल मजदुर किसान पार्टीले आउँदो माघ १० गते आफ्नो ४५ औँ स्थापना दिवस जिल्ला–जिल्लामा विभिन्न सैद्धान्तिक, रचनात्मक र जनपरिचालनका गतिविधि गरेर मनाउँदै छ । पार्टीका विभिन्न जनवर्गीय सङ्गठनले विविध गतिविधि गरी पार्टी स्थापना दिवस मनाउने तयारी गरिरहेको छ । जिल्ला –जिल्लामा स्थापना दिवसको अवसरमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी बन्न पार्टीका केन्द्रीय नेता कार्यकर्ता सहभागी हुने पार्टी केन्द्रीय कार्यालय स्रोतले जनाएको छ । स्थापना दिवसलाई आगामी चैत १–३ गते हुने नेमकिपाको सातौँ महाधिवेशनको तयारीलाई पार्टीको स्थापना दिवस सहयोगी हुने बताइएको छ ।
नेमकिपाको ४५ आँै स्थापना दिवसको अवसरमा मङ्गलबार नेपाल क्रान्तिकारी डकर्मी मजदुर सङ्घको आयोजनामा श्रम ऐन र सामाजिक सुरक्षा कोष ऐनबारे अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव तथा सांसद प्रेम सुवालले पार्टीले पञ्चायतकालदेखि प्रतिक्रियावादी सङ्घ–संस्थाको उपयोग गरी देश र जनताको इमानदारीपूर्वक सेवा गर्दै आएको बताउनुभयो ।
मोहियानी हक र भर्पाई आन्दोलनमा नेमकिपाका अग्रजहरूले जोताहा किसानको पक्षमा सङ्घर्ष गरेको चर्चा गर्नुभयो ।
भारतीय विस्तारवादले पाकिस्तानबाट बङ्गलादेश टुक्राउँदा र सिक्किम भारतमा विलय गराउँदा नेमकिपाले भारतीय विस्तारवादको विरोध गरेको ऐतिहासिक प्रसङ्गबारे प्रकाश पार्नुभयो ।
पुँजीवादी सरकारले बनाएको श्रम ऐन र सामाजिक सुरक्षा कोष ऐनको हल्ला बढी तर कामदार वर्गको हितमा ती ऐन नबनेको प्रस्ट पार्नुभयो ।
सुवालले समाजवादी व्यवस्थामा मात्र कामदार जनताको वास्तविक हित हुनसक्ने धारणा प्रस्ट पार्नुभयो ।
आयोजक समितिका अध्यक्ष विष्णुराम दुमरुको सभापतित्वमा भएको कार्यक्रममा नेक्रामसङ्घका केन्द्रीय उपाध्यक्ष उपेन्द्र सुवाल, नेपाल क्रान्तिकारी सिकर्मी सङ्घका विक्रम ढुकुछु, अधिवक्ता अनिता जधारी, राजु कैटी, विक्रम कासिछ्वालगायतले बोल्नुभएको थियो ।
Leave a Reply