भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत
- जेष्ठ १९, २०८३
भक्तपुर, १ माघ । भक्तपुर नगरपालिकाको चौथो नगरसभाको बैठक मङ्गलबार भनपा सभाकक्षमा बस्यो ।
बैठकमा सभाअध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले टौमढी क्षेत्रमा सरोकारवालाहरूस“ग आवश्यक छलफल गरी चारपाङ्ग्रे सवारी प्रवेश निषेधको व्यवस्था गरेको, सल्लाघारीस्थित १०८ रोपनी जग्गामा नगरपालिकाले विभिन्न कार्यक्रमहरू गर्न स्वीकृति प्रदान गरी राजश्व सङ्कलन गर्दै आएको स्मरण गर्दै यसको संरक्षणको लागि बजेट विनियोजन गरेको स्पष्ट पार्नुभयो ।
विशेष समयमा सभासद्हरूले मङ्गलबारदेखि टौमढी क्षेत्रमा चारपाङ्ग्रे सवारी प्रवेश निषेधपछि चासुखेल र खला“मा सवारी चाप बढ्ने र सवारी जाम हुनसक्ने, बिस्केट जात्रा व्यवस्थित सञ्चालन गर्न ढुङ्गाको खम्बा व्यवस्थापन गर्नुपर्ने, वडाका लेखापालहरूलाई तालिम दिनुपर्ने, जनस्वास्थ्यको प्रयोगशालामा आधुनिक यन्त्रको व्यवस्था गर्नुपर्ने, मेनहोलका स्लाबहरू फेर्नुपर्ने, लिबाली क्षेत्रको खोला छेउको बाटो शीघ्र निर्माण गर्नुपर्ने र लिबाली क्षेत्रमा खानेपानी र सडक पीच यथाशीघ्र गर्नुपर्नेलगायत विविध सुझावहरू दिनुभएको थियो ।
सभामा सभासद्हरूले उठाउनुभएको विविध विषयहरूको आर्थिक समितिका संयोजक हरिप्रसाद बासुकला, खानेपानी समितिका संयोजक महेन्द्र खायमली, निर्माण समितिका संयोजक उकेश कवां र वातावरण तथा पर्यटन समितिका संयोजक रवीन्द्र ज्याख्वले प्रस्ट पार्नुभएको थियो ।
त्यसपछि सभाअध्यक्ष प्रजापतिले आ.व. २०७५÷७६ को लागि विनियोजित वार्षिक बजेटको रकमान्तरण प्रस्तावमाथि छलफल गर्न सभासद्हरूलाई समय प्रदान गर्नुभयो । छलफलमा नगरसभासद्हरू ज्ञानकुमार मगजु, राजेन्द्र माक र सिद्धिराम अवालले कमलविनायकको राजकुलोको लागि बजेट छुट्याउनुपर्ने, हनुमन्ते खोलाको सुधारको बजेट ब्रह्मायणी खोलामा रकमान्तरणको उपयुक्त कारण प्रष्ट्याउनुपर्ने र पा“चतले मन्दिर जीर्णोद्धारको रकम अन्यत्र रकमान्तरण गर्न उचित कारण प्रस्ट पार्नुपर्ने सुझावहरू राख्नुभयो ।
सभासद्हरूले उठाएका विभिन्न विषयहरूलाई स्पष्ट पार्र्दै निर्माण समितिका संयोजक उकेश कवांले राजकुलोको विषयमा छलफल भएको तर धेरै बजेट लाग्ने भएकोले चालू आ.व.मा सम्भव नभएको, प्राविधिक कारणले यो वर्ष पा“चतले मन्दिर जीर्णोद्धार सम्भव नहुने भएकोले यसको रकमान्तरण गरेको र हनुमन्त्ते खोला ब्रम्हायणीदेखि सफा गर्नुपर्ने स्पष्ट पार्नुभयो ।
यसैगरी बैठकमा नवदुर्गाको मुकुन्दो निर्माण अक्षय कोष व्यवस्थापन निर्देशिका २०७५ बारे छलफलमा भाग लिंदै सभासद्हरूले अक्षय कोष जम्मा गर्न खोलिने बैङ्क खातासम्बन्धी जिज्ञासा, मुकुन्दो निर्माणको लागि पहिलेदेखिको गुठीको जग्गाको स्रोतको सोधखोज गरी सदुपयोग गर्नुपर्ने, गुठी संस्थानलाई भक्तपुरको चाडपर्व र जात्रा सञ्चालनमा जिम्मेवार बनाउन आवश्यक पहल गर्नुपर्ने, निर्देशिकाको दफा १.२ मा अष्टमीसम्म मुकुन्दो निर्माण गरिसकी नवमीको दिन प्रदर्शनी गर्ने गरी संशोधन गर्नुपर्ने, दफा ८ मा ब्याज खर्च गर्ने उल्लेख गर्नुपर्ने, नवदुर्गा नाच सञ्चालनको लागि आवश्यक विभिन्न पक्षहरूलाई सम्बोधन हुने गरी निर्देशिका बनाउनुपर्ने र काठमाडौ“ उपत्यकाका अन्य विभिन्न ठाउ“मा प्रचलित मुकुन्दो नाचको अध्ययन अनुसन्धान गरी नवदुर्गा नाचमा लागू गर्नुपर्नेलगायतका सुझावहरू दिनुभएको थियो ।
सभासद्हरूका सुझाव एवम् जिज्ञासाहरूलाई स्पष्ट पार्दै विधायन समितिका संयोजक हरिराम सुवालले अक्षय कोषको रकम ‘क’ वर्गको बढी ब्याज दिने बैङ्कमा जम्मा गर्ने तयारी भइरहेको स्पष्ट पार्नुभयो ।
छलफलपश्चात् बैठकले आर्थिक वर्ष २०७५÷७६ को लागि विनियोजित वार्षिक बजेटको रकमान्तरण प्रस्ताव र नवदुर्गाको मुकुन्दो निर्माण कोष व्यवस्थापन निर्देशिका २०७५ प्रस्ताव सर्वसम्मतिबाट पारित ग¥यो । सभाको अर्को बैठक माघ २ गते बुधबार दिनको १ बजे बस्ने बताइएको छ ।
Leave a Reply