भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत
- जेष्ठ १९, २०८३
भक्तपुर, १ माघ । भक्तपुर नगरपालिकाले भक्तपुरको विश्व सम्पदा स्थल टौमढी परिसरमा माघ १ देखि चारपाङ्ग्रे सवारी साधन प्रवेश निषेध गरेको छ । नेपालकै सबभन्दा अग्लो पाँचतले मन्दिर रहेको सो स्थानको सम्पदा जोगाउने उद्देश्यले नपाले चारपाङ्ग्रे गाडी निषेध गरेको हो । सवारी साधन निषेधसम्बन्धी जानकारी दिन र सरसफाइसम्बन्धी जनचेतना जगाउने उद्देश्यले भक्तपुर नगरपालिकाले मङ्गलबार बिहान जनचेतना ¥यालीको आयोजना ग¥यो ।
खौमाबाट सुरु भएको ¥याली बजार परिक्रमा गर्दै टौमढीको प्राङ्गणमा समापन भएको थियो ।
उक्त समापन कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विश्व सम्पदामा सूचिकृत सम्पदा संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहको भएको हुँदा टौमढी परिसरमा चारपाङ्ग्रे गाडी निषेध गरेको जानकारी दिनुभयो ।
ठूलठूला गाडीहरू सम्पदा स्थलमा चलाउँदा भूमि चर्केर पाँचतले (ङातापोल) र भैरवनाथको मन्दिर क्षति हुने सम्भावना भएको हुँदा सम्पदा जोगाउन गाडी निषेध गरेको उल्लेख गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरमा सन्तुलितरुपमा विकास कार्य गरिरहेको बताउनुभयो ।
सम्पदा सुरक्षित भए आन्तरिक र बाह्य पर्यटकहरूको बढी आगमन हुने र यसले आय आर्जन बढ्ने र रोजगारीको अवसर मिल्ने विचार व्यक्त गर्दै उहाँले गाडी प्रवेश निषेधमा स्थानीय जनताको सहयोग र साथ हुने विश्वास व्यक्त गर्नुभयो ।
भनपा वडा नं ४ का वडा अध्यक्ष कुमार चवालले अमूल्य निधिको रुपमा रहेको सम्पदा संरक्षण गर्न स्थानीय जनता, बुद्धिजीवी र संस्कृतिविद्हरूको सल्लाहअनुसार गाडी प्रवेश निषेध गर्न लागेको बताउनुभयो ।
विश्व विख्यात पाँचतले मन्दिर र भैरवनाथ मन्दिर भत्के बिग्रेमा करोडौं रकम खर्च हुने हुँदा गाडी आवतजावत रोक्न अति आवश्यक भएको उल्लेख गर्दै वडाध्यक्ष चवालले ठूलठूला गाडी चलाएको कारण सम्पदा क्षेत्रको जग्गा चार पाँच इञ्च तल धसेको बताउनुभयो ।
कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्यले नगरलाई सुन्दर, स्वच्छ र सफा बनाउन नपाका जनप्रतिनिधि, कर्मचारी तथा जनसमुदायलाई परिचालन गर्ने उद्देश्यले सफाइ अभियानलाई निरन्तरता दिइरहेको बताउनुभयो ।
सफाइ अभियानमा पाएको नगरवासीको सहभागिता र साथझैं गाडी निषेधमा पनि सहयोग पाउने विचार उहाँले व्यक्त गर्नुभयो ।
भनपाले टौमढी परिसरमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म गाडी प्रवेश निषेध गर्नेछ ।
भनपाद्वारा आयोजित उक्त ¥यालीमा भनपा वडा नं. ९ स्थित पासा पुचः को लाखे नाच पनि प्रदर्शन गरिएको थियो । ¥यालीमा टौमढी परिसरमा गाडी प्रवेश नगरौँ, मोटरसाइकल पार्किङ्ग नगरौँ, पेटी र पेटीमुनि पसलका सामानहरू नराखाँै, घर र पसलको फोहर बाटो र नालीमा नफालौँ आदि नारा लेखिएका प्लेकार्डहरू प्रदर्शनकारीले बोकेका थिए ।
Leave a Reply