शिक्षा र स्वास्थ्यमा निराशाजनक बजेट !
- जेष्ठ १८, २०८३
काठमाडौं, २ माघ । नेपाल मजदुर किसान पार्टीको ४५ औँ स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ टोखा नगर समितिको आयोजनामा बुधबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं नेक्रामहिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले महिलाहरु राजनीतिक र सैद्धान्तिकरुपमा सचेत हुनसके पुँजीवादी–प्रतिक्रियावादीहरुले जनतालाई झुक्याउन नसकिने र चुनावमा पनि जित्न नसकिने बताउनुभयो ।
समाजवादी व्यवस्थामा मात्र हरेक कामदार वर्गका महिलाहरुको मुक्ति हुने भएकोले समाजवादी व्यवस्थाबारे सबै कामदार वर्गका महिलाहरुलाई सचेत पार्ने काम नेमकिपाले गर्दै आइरहेको बताउनभुयो ।
सत्तासीन पार्टीहरुले नेमकिपाप्रति झूटो प्रचार गरिरहेकाले महिलाहरु सचेत भई अगाडि बढ्न उहाँले आग्रह गर्नुभयो ।
देशमा समाजवाद स्थापनाको लागि मजदुर–किसानको पक्षमा सङ्घर्ष गर्दै आएको इतिहास स्मरण गराउँदै उहाँले सारा कामदार वर्गका महिलाहरु राजनैतिकरुपमा सचेत र सङ्गठित हुनुपर्छ भन्नुभयो ।
नेमकिपा काठमाडौँका सचिव राजवीर डंगोलले पार्टी प्रकाशन अध्ययनमा जोड दिई पार्टी निर्देशनअनुसार सङ्गठित भई कार्य गर्न कार्यकर्ताहरुमा आग्रह गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष कृष्णमाया डंगोलको सभापतित्वमा भएको कार्यक्रममा कृष्णमान श्रेष्ठ, मीना डंगोल, सन्माया डंगोल, गणेशमाया डंगोल श्रेष्ठले पनि बोल्नुभएको थियो ।
Leave a Reply